सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

August 19, 2008

भ्वाइलन बजायो

राकेश कार्की लस् एन्जेलस्

भ्वाइलन बजायो बिरक्त तालमा कसैले
दु:खमा पर्यो की हार्यो माया जालमा कसैले

समुद्रको छेउमा एक्लै के के सोचेर
पर पर बगायो की आँशु छालमा कसैले

लोभ्याएर झुक्याएर नफुस्कने गरेर
बिचरालाई फसायो की चालमा कसैले

पकाएर तुलाएर ख्वाउँला जस्तो गरेर
प्रेमको विष पस्क्योकी थालमा कसैले

चटक्कै बिर्सेर हरे बैरागिने पारेर
छाडीदियो की त्यस्लाई त्यो हालमा कसैले

कस्तो सम्योग

बिमल गिरी

कस्तो सम्योग जुरो आज भेटभो तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग

पिडादयी नहोस् यात्रा गन्तब्यमा पुग्नलाई
जिबन हाम्रो बिम्ब बनोस जुन ताराले थाहानपाई
साझ बिहान मुस्काइरहु सधैं तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग

मुहार भरी अचम्मको चमक छायो आज
खुशी फुल्यो चारैतिर बिह्वल भयो लाज
जोसजागर झुल्क्यो मनमा भेट भयो तिमीसँग
दुई आँखाको मिलन सँगइ मन भयो उमङग

चारपाने झापा
(अनेसास) बेल्जियम च्याप्टर

June 7, 2008

मान्छेहरु

आसुको भेल बगाउदै खसम खाने ले ..
हाँस्दै हाँस्दै बिदा गरे को पनि त देखियो
पाउ भरी माया को भिख माग्ने ले
उल्टै दान दिएर हिंडेको पनि त देखियो
संखा मानी मानी देउता छुवाएर खसम खुवाउने ले

उलटै बिसवास् घात गर्दै कसम तोडेको पनि त देखियो

बाहना गर्छन यहाँ मान्छे हरु
आफु ले चाहेजस्तो भएन भने
उपाहास गर्छन् यहाँ मान्छे हरु
आफु ले भने जस्तो भएन छोडि दिन्छन यहाँ साथ हरु
आफु ले भने जस्तो भएन भने

कृष्ण पोखरेल मोरङ दुलारी -८
हाल -साउथ ईराक नासेरिया

June 2, 2008

आज माया मार्यौ क्यारे….!

रामबाबु नेउपाने

नछुटि्टने प्रमिस गरी डेरा अन्तै सार्यौ क्यारे…!
नव प्रेमको बानी परी, आज माया मार्यौ क्यारे….!

मनै मेरो पगालेर, बात गर्थ्यौ हिजो तिमी,
त्यो बोलीको मैना चरी समुन्द्र पार तार्यौ क्यारे…..!

भन्ने गर्थ्यौ तिमी आफैं, तिमी मेरो दिलको राजा,
द्रौपदीको रुप धरी, दोधारे मन पार्यौ क्यारे……..!

धेरै भयो छैन भेट, दुख्छ मुटु तिम्रो यादमा,
मेरो नाममा तिल छरी, मूल बाटो बार्यौ क्यारे……!

नछुटि्टने प्रमिस गरी डेरा अन्तै सार्यौ क्यारे..

यस्तै भो मायामा फसेपछि

राकेश कार्की
लस् एन्जेलस्

बिदेशीसँग माया बसे पछि
यस्तै भो मायामा फसे पछि

नजिक गई ब्युटीफुल भन्छु
दश थरी मेक्अप् घसे पछि

नोलाई पनि ऐस् भन्ने भएँ
फणा फिजाएर डसे पछि

छोड्नै पर्यो नि आफ्नो पन
मेरीको पनले कसे पछि

कमाए जति सबै दिनुपर्छ
खप्नुहुन्न आँशु खसे पछि

बा आमाले रोज्या काँ पाउनु
कमाउन बिदेश पसे पछि

May 21, 2008

“गरीबको ब्यथा”

कहिले आउला गरीबको हास्ने खेल्ने दिन आमा
साढेसाती लागि राख्ने हाम्लाई मात्रै किन आमा

दु:ख बिमार ठुला रोग गरीबलाई लाग्नु पर्ने
के गरेर तिर्ने होला साहुको सबै रिन आमा

धेरै कुरा गुमाई सक्यौ अझै के के गुमाउनु छ
सुख सँग सास फेर्ने कहिले आउला दिन आमा

सबको रगत रातै हुन्छ भेदभाब अझै किन?
गरीब माथि सबै जना गर्दा रैछन् घिन आमा

दु:ख माथि दु:ख अनी चोट माथि चोट दिन्छ
काल पनि आएन खै म गरीबलाई लिन आमा

“बिबश” राङ्खानी
ईराकको ताजी बाट

bibash_sharma139@yahoo.com

May 7, 2008

भित्ते राष्ट्रपतीको अवतरण

बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्नेहरु
ब्यालेट बक्सको मोहर देखी सैधान्तिक पराजय भोग्दै छन
बिजय उत्सव सँग सँगै धसिएको सिन्दुर र मालाहरु
पन्ध्र हजार निर्दोश नेपाली रगतले बनेको खुनी दाउपेचका सफलताहरु
कायल छन भित्ते राष्ट्रपती यती बेला आफ्नै झुटको पर्दा भित्र
चुनावी आश्वासन एउटा रणनिती हुनसक्छ उस्को लागि
सोझा जनता झुक्काउने ५२ सुत्रिय मागपत्र जस्तै
जानार्दनले डाडु पन्यो दि सके ,
अब त्यो ५२ सुत्रिय माग पुरा गर आँफै

अब सडक तिम्रो सदन तिम्रो जंगल पनि त तिम्रो
अब सपना तिम्रो कार्यपत्र तिम्रो संविधान पनि तिम्रो ढंगको
एक युगको एक दिन तिम्रो पोल्टा मा परी सकेको छ
अब भित्ते राष्ट्रपती होइन कोठे राष्ट्रपती बन्छौ होला नै

आश्वासनको पोका फुकाउ तिमी आँफै नै
स्विजरल्यान्ड मलेसिया भिएतनाम वा कम्बोडिया
सपनाको बाटोमा छलाङ मार तिमी आँफै नै
पुर्वी युरोप क्युबा , उत्तर कोरिया वा नयाँ नेपाल नै
भित्ते राष्ट्रपतीको अवतरण हामी पर्खि रहन्छौ
नेपालीले सम्पूर्णता गुमाएको यो १७ बर्ष सम्झिरहन्छौ
सान्ती क्षेत्र मेरो देश बुद्धको मेरो देश शिवको मेरो देश
रोग भोक र सोकले जर्जर भएर मारकाट हत्या हिंशाले जरा हाली
नयाँ शिवत्वको रुप मा हिशा स्विकारेका छौ,प्रतिहिंशाको साटो

अझ पनि हामी त सान्तीका पूजारी हौ
साच्चै बन्दुक झुक्ने आश मा मोहोर लगाइदिएका छौ
चाहे तिमी हाम्रो आस्थाको गद्दी त्याग
भित्ते राष्ट्रपती को अवतरण पस्चात त्यो आस्थाले पुन शिवत्त्व प्राप्त गर्छ

शिवत्व संसारका खुशीका लागि विष पिउने हरुले नै प्राप्त गर्छन
मेरो आस्थाको गद्दीले पनी असक्षमका टिका लगाउनेहरुका विष पिएका हुन
त्यसैले गद्दी नै त्याग्नु परे पनि हामी खुशी छौ
ईतिहास साक्षी छ ,हामी जनचाहना बदल्न बन्दुक तेर्साउन सक्दैनौ
जनताको नाम मा जनता लाई अधकल्चो अधमरो छाडन सक्दैनौ ।

- अशोक ” खलान को मान्छे ”
ड्राम्स्टाड जर्मनी

“बिबश्”राङ्खानी का तीन ग़ज़ल

एक
थाहा थियो गरीब भन्ने यो संसारमा आयेउ किन?
बिश्वासघाति माया प्रेम तिम्ले सानु लायेउ किन?

छोड्नु थियो साथ भने मित्रता नै काफी थियो
घात गर्नु रैछ आखिर मेरो माया मायेउ किन?

पापि बिचार् मनम राखि भेट्न भनि अाउदि रहिछौ
एक्लो सन्सार् खुसि थिए म मायाको गीत् गायेउ किन?

हात माथि हात राखि सगै-सगै जिउछु भनि
झुटा कसम खान आखिर् मन्दिरम धायेउ किन?

तिम्रै भलो होस भनि भगावनलाई माग्ने गर्थे
बरबादिको खाडल मेरो तिम्ले देख्न चाहेउ किन?

दुई
मर्नु परे देशमै मरौ देशकै नाम लिए हुन्छ
देशले चाहे मेरो बली हासी-हासी दिए हुन्छ

रुदिनन मेरी आमा नेपालीकी छोरी उनी
एक,दुई शब्द इतीहासमा मेरा नामले सिए हुन्छ

चार जात छत्तिस बर्ण फुलबारी हो नेपाल हाम्रो
सगरमाथा सान-सगै सबै जना जिए हुन्छ

भाई-भाइको अन्तर-बिरोध आजै देखी मिलाएर
बुद्धले झै शान्ती ल्याउने कसम सबले पिए हुन्छ

मर्नु परे देशमै मरौ देशकै नाम लिए हुन्छ
देशले चाहे मेरो बली हासी-हासी दिए हुन्छ

तीन
यो जिबनको सहयात्री तिमीलाई नै पाउन पाए
कस्तो हुन्थ्यो आजै देखी माया प्रिती लाउन पाए

यो मन खाने सहयात्री अझैसम्म पाको छैन
राम्रो हुन्थियो होला हगी ? सगै-सगै धाउन पाए

यो मन मेरो तिमी सँग नजिकिन खोज्दैछनी?
हामी दुइले मायाको घर बनाएर छाउन पाए

डुब्छु अचेल दिन राती तिम्रै मात्रै कल्पनामा
कस्तो हुन्थियो तिमीसगै यो ज्यानलाई दाउन पाए

तिम्ले हुन्छ सुन्न पाए घरमा आई कुरा गर्थे
खुशी हुन्थियो यो बिबश तिम्रो हात माउन पाए

January 16, 2008

माली बन्न नखोज भो ……..

सपनिमा किन खोज्नू बिपनिमै तर्कनेले
आलोघाउ देख्दा देख्दै नूनचूक छर्कनेले

नजरको जालहानी मधहोस पारिहाल्यौ
सफाईपो किन दिनू एक्लोपारी फर्कनेले

दैबइच्छा मारिमारि अन्तैफूल रोप्यौ पि्रया
माली बन्न नखोजभो घामझै चर्कनेले

कःतो बिश्वास खोज्यौ पि्रया अलिअलि बताउन
माया छाडि जता बैभव उतै उतै सर्कनेले

धिरललित…………………

December 28, 2007

बेनजीर भुट्टो

मुशर्रफ की मेहरबानी हो गई
लोकशाही बेजुबानी हो गई
आतंक की गोली चली और देखिये
बेगम भुट्टो खुद कहानी हो गई
By Rajesh Chetan

December 23, 2007

मेरो छोरो

छत्र के सी
त्यो काले मोरो कस्तो कस्तो ?
अनुहार हेर्‍यो शिशाको लिपि जस्तो
रूपरङ्ग हेर्‍यो बौलाहाको ढिपी जस्तो
जाँघ हेर्दा चिसोचिसो हिउँ जस्तो
बेहोरा हेर्दा भएभरका बङ्गगारा झारिदिउँ जस्तो

भने जति पुर्‍याइदिए जहिले पनि राइट भन्छ
अलिकति रिस उठे बाबुसँगै सिङ्गल फाइट भन्छ
पाखुरा हेर्दा धमिराले खाएको खम्बा जस्तो
गाला हेर्दा चमेराले खाएको अम्बा जस्तो
मेरो छोरो खै कस्तो कस्तो ?
सर्वश्व नै सुम्पे पनि लक्ष्मीको बासै नहोला जस्तो
सरस्वती नै सुम्पे पनि प्रवेशिका पासै नहोला जस्तो
कहिले लाग्छ वडासाहेवको पाल्तु नोकर जस्तो
कहिले लाग्छ पप्लुको फाल्तु जोकर जस्तो
र्झलक्क हेर्दा हाँडीको पिँध जस्तो
सर्लक्क हेर्दा झण्डाको बिंड जस्तो
अझै के के पो देखिन्छ खै कस्तो कस्तो
कहिले लाग्छ भक्कुको राँगो जस्तो
कहिले लाग्छ फलेदारको हाँगो जस्तो
मेरो छोरो खै कस्तो कस्तो ?
दुधे दाँत नझर्दै ठिटी भनेपछि हुरुक्कै हुने
अगाडि पर्दा भने होस हराएर लुरुक्कै हुने
आकाशमा उडाइदिए असिनै बर्साउला जस्तो
एक्लाएक्लै कतै फेला पारे दिउँसै तर्साउला जस्तो
मेरो छोरो खै कस्तो कस्तो ?
मैले भनें, सबै कुरा बुझ्नु पर्छ तैले
मुस्कुराउदै भन्छ, बुझेकै छु मैले
उल्टै छोरो मलाई भन्छ तपाईं पनि कस्तो कस्तो ?
मेरो छोरो खै कस्तो कस्तो ?

सयपत्रीमा पुन स्वागत गर्दछु

सयपत्रीमा सम्पूर्ण साहित्य प्रति लगनसिल हातहरुलाई पुन स्वागत छ । लामो समयको अंतराल पछि आज फेरी जापानको हिरोशिमा बाट सयपत्रीलाई जसरी तसरी अपडेट गर्ने बिचार गरेको छू । क़तारको मरुभूमिमा रोपेको सयपत्री क़तारमा फक्रिदै फुल्दै गरेपनी नेपालमा गयपछि लगभग ओइलायको थियो र जापान पसेपछि त झन हालत ख़राब भयको थियो तर पुन मेरो हातमा केही समयको लागीमात्र भय पनी इंटरनेट कनेक्शन आई पुगेको हुंदा हाल सम्म प्राप्त भयर पनी अपडेट नभई बसेका रचनाहरुलाई प्रकाशन गर्ने छू र नयाँ रचनाहरु पठाउन पनी अनुरोध गर्दछु ।
चहल सयपत्री
हिरोशिमा जापान

April 8, 2007

हेप्छौ किन ?

मन्जील दिप शुब्बा (गरिव)

हेप्छौ किन जिउदा म सडकको पेटी हरुमा!
मैले पनि त देश रुदा आशुले आँखा धोएको छु!!
थुक्छौ किन मेरा ति बाच्ने आधार हरुमा!
मैले पनि त भोको पेट र लाज छोपेकै छु!!

निधार भरि तिमीले अन्न र अवीरको टिका लाउदा!
रगत र पसिनाले मुछिएको माटोको टिका लाएकै छु!!
रमाउदा तिमीले बाहिरी सस्कृतिहरुमा!
नेपाली पन र नेपाली सस्कृतिमा नाचेकै छु!!

त्यसैले साथी खाते नभन्नु है घरि-घरि!
मैले पनि त आफ्नै संसार सजाएकै छु!!
यो भुमिमा तिमीले जस्तो गर्यौ उसै गरी!
नेपाल आमाको दश धारा दुध चुसेकै छु!!

पछारिन खोज्दा बिदेशी वर्दिका बुटहरु यहाँ!
विशालु काडा बनी नाकाभरि छेकेकै छु!!
नेपाली हुँ तिम्रै जस्तो अस्तित्व र प्रतिष्ठा छ यहाँ!
गरीबिले पिल्सिएर के भो मुटुभरि देशको माया साचेकै छु!!

आङ्सराङ् - ५ बरबोटे पाँचथर।

March 9, 2007

महानगर

Filed under: कथा घर

राम प्रसाद दाहाल

रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरु सुनसान र निस्प्राण हुनु पर्ने समय अझ नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा पारेको रण्डी कोठी जस्तो निस्तेज र चिसो थियो । सडकको बत्तीको प्रकाशमा देखिने धमिलो हुस्सुले त्यो भयावहता र चिसो पनमा अझै मात्रा थपिदिएको थियो । टोलका भुस्याहा कुकुर छिडी, कोप्चो अन्तर कन्तरमा लुक्न पुगिसके पनि कहीं कहीं बाट अल्छि पाराको भुक्क भुक्क भने सुनिंदै थियो । हावा, थिएन, त्यसैले तापको चिसोपन त कम नै थियो तापनि वातावरणको गर्हँगोपन भने सडकमा ओछ्याइए जस्तो लाग्दथ्यो । यही आर्द्र र भारी सडकको छातीमा आफ्ना जुत्ताको डाम छोड्दै माधवी छिटो चालले पाइला चालिरहेकी थिई । महानगर भन्दा पनि बत्ती बालेर सडक ओछ्याइएको गाउँ जस्तो निर्जीव र निस्तेज काठमाडौं उसको जन्म थलो थियो, उसको कामकाजको थलो थियो र यसलाई जति नै मन नपराए पनि छोडेर जान सक्दिनथी ऊ ।
आज झमक्क साँझ परे देखि नै माधवीलाई आफ्नो घर छोड्न मन थिएन र उसले शंृगार पनि गरेकी थिइन । आज दिन धेरै उज्यालो थियो र पछिल्लो प्रहर झ्यालको डण्डी समाएर वाहिर मानिसको सिलिंग मिलिंग ओहोर दोहोर हेर्दै बिताएकी थिई । यस्तो भिडमा उसलाई जहिले पनि विरक्त लाग्दथ्यो र मानिसको हुलमा हिंड्नु पर्दा ऊ पाइलै पिच्छे तर्सिन्थी । साँझ पर्दै गएपछि भने मानिसको चहल पहल सेलाउँदै गयो र झमक्क साँझ पर्दा त फाट्ट फुट्ट मात्र मानिस देखा परेथे । यसरी मानिस हतार हतार आफ्नो ओसारोमा घुस्रेको देखेर अचम्म लागेयो उसलाई ।
किन- किन- माधवीलाई लागेथ्यो -कोही त आउनु पर्ने हो । को- थाहा छैन उसलाई । प्रतिक्षा त एउटा चाहनाको अनुभूती मात्र थियो । मनको भित्री कुनामा एउटा सजीव मूर्ति आउनु पर्ने आभाष हुन्थ्यो तर त्यो मूर्तिको रुप आँखा सम्म आएर अड्किए जस्तै । चारुमतिको फोन आउँदा माधवी सोफामा लम्पसार परेकी थिई र घन्टी सुनेर सोफा बाट हात तन्काएर रिसिभर उठाउँदै अल्छि पाराले भनेकी थिई -माधवी हेयर ।
उसको स्वर सुनेर चारुमतिले भनी -तँ तुरुन्त तयार भएर यहाँ आइज त । यहीं म कहाँ ।
माधवीले आलस्य भरिएको स्वरले भनी - आज मलाई केही गर्न मन नै छैन ।
त्यसो भन्नै मिलेन, माधवी । ग्राहक आज अलि बढी नै छन्, त्यसमा पनि सेवा अस्विकार गर्नै नमिल्ने ग्राहकहरु । बरु यसो गरुँला । तँ पार्ट टाइम सर्भिस गर, फूल टाइम अरुलाई दिउँला -चारुमतीले सुझाव राखी ।
पेशा आखिर पेशै ठहर्यो ढाडै अस्विकार गर्न नमिल्ने । आपसी सहयोग अत्यावश्यक थियो । त्यसैले उसले चारुमतीको प्रस्ताव अस्विकार गर्न नसकेर हतार हतार सिंगार गरेर फेरी र घरवाट निस्किएकी थिई ।

माधवीका अभ्यस्त कानले कहींवाट आएका पदचाप सुने । निशाचर भएपछि रातमा निस्कने कुनै आवाजलाई सुनेर छुट्याउन पर्ने हुनाले प्रत्येक पदचापलाई सुनेर पनि चिन्न सक्नु पथ्र्यो । मानिसका पदचाप सँग माधवी सधैं सशंङ्कित हुन्थी त्यसमा पनि प्रहरी पदचाप सँग । प्रत्येक निशाचरका आतंक पनि यिनै पदचापहरु हुन्छन् ।
आफ्नो पछाडी प्रहरी पछ्याइरहेको छ भन्ने बुझे पछि माधवीले आफ्नो पाइला अझ छिटो छिटो बढाई । उसलाई थाहा थियो -केही समय पछि नै उनीहरुको बिचको दूरी क्रमश घट्दै गएर भेटिने छ तर त्यो समयलाई जति लम्ब्याउन सक्थी त्यती नै उसको उम्कन सक्ने सम्भावना बढ्न सक्थ्यो ।
पहिलो पटक ऊ अनुभव नहुनाको कारणले प्रहरी हातमा परेकी थिई । अज्ञात व्यत्तिहरुद्वारा जिीक्याइएकी र लखेटिएकीले ऊ शरण लिन प्रहरी कहाँ पुगेकी थिई । उसलाई देख्ने वित्तिकै पहिलो प्रहरीले भनेथ्यो - के पर्यो, बहिनी, यो राती -
माधवी यस्ता प्रश्नको निम्ति तयार थिइन । ऊ त असिना पर्दा नजिकैको ओतमा लुक्न पुगेकी थिई र त्यहँा प्रश्न हुन सक्छन् भन्ने सोचेकी पनि थिइन ।
को हो ए माने - -कसैले भित्रवाट प्रश्न गरेथ्यो ।
अरु को हुन्छ, साप, यो मध्य रातमा र उही त होला नि । मानेको भनाइमा व्यंग्यात्मक मुस्कुराहट थियो ।
त्यसपछिको केरकार, अश्लिल शब्द र त्यसपछिको अनुभव स्वयम् एउटा कथा थियो । त्यो अनुभव फेरी दोहोर्याउन नचाहे पनि फेरी एक पटक गल्तीले र अर्को पटक दुर्भाग्यले प्रहरी पन्जामा परेकी थिई । अहिले ऊ बच्न चाहन्थी र त्यो कुरा भाग्यमा निर्भर थियो । ऊ त्यो भाग्यलाई आफ्नो पक्षमा ल्याउन चाहन्थी ।
पदचाप वढ्दे क्रमश नजिक हुदै आइरहेका थिए । माधवीले चारैतिर कान लगाई । कहीं कोही बराबराइरहेको थियो ।
राधा पियारी, भनेको मान्दिनौ, राधा पियारी ।
माधवीले सोची ऊ वचावटको ढाल बन्न सक्थ्यो । ऊ छिटो छिटो पाइला चालेर उसको नजिक पुगी । जँड्याहा बत्तीको खम्बालाई अँगालो मारेर भट्भट्याइरहेको थियो ।
सत्ते, गाली नगरन । आज साथी भाईले खाउँ न भनिहालेर पो त, नत्र म खाने नै थिइनँ ।
माधवीले उसलाई घच्घच्याएर भनी - हिंड, हिंड, घर हिंड । कति घिच्नु- आधा रातसम्म यसरी बस्नु हुन्छ-
एकाएक प्रत्यक्षमा स्वास्नी अगाडि उभिएकी देखेर जँड्याहा जिल्लियो, तर्सियो र विनित भावमा भन्न थाल्यो -हेर न, राधा । अव त सत्ते खान्न नि । तेरो मासु खाने खान्न ।
म्ाधवीले राधाको नक्कल गर्दै भनी -मुखले त कहिले पो हाल्दैनौ र- कामले सधैं घिचेकै छौ ।
जँड्याहालाई एक काँध तिर भर दिएर माधवीले उठाउन खोजी र जँड्याहा लरबरिंदै उठ्यो । जड्याहा भारी थियो निकै भारी तर त्यो भार उठाउन माधवी तयार थिई ।
तलब पा’को कि अनि पो यस्तो भयो त ।-उसको स्वरमा क्षमायाचना थियो ।
पदचापहरु नजिक आईपुगे । एउटा स्वर सुनियो ।
ए, को हँ तिमीहरु यो आधी रातमा -
माधवीले एउटी गृहिणीको नकल गर्दै भनी-मेरा जहान सा’प । अलि बढी खाएछन् आज । घर लिएर जानलागेकी ।
कहाँ बाट आएका त यो आधी रातमा -
हिड्दै ढिलो भयो, सा’प । फेरि फलामे ढिको जस्ता गहौं छन् यी । - माधवीले कति पनि नआत्तिई जवाफ दिई । समय र वाध्यताले उसलाई परिपक्व बनाएको थियो ।
के घिसार्छेस् त मोरालाई - बैंस छ त अझै ।- एउटाले व्यंग्य कस्यो ।
के गर्नु, हजुर - घरका दुइटा छाउराका निम्ति पनि घिसार्नै परेको छ । - माधवीले वाध्यता देखाई ।
जड्याहाको आधा नसा प्रहरीको उपस्थितिले नै हराइसकेको थियो तापनि मरेको मुर्दा झै भएर माधवीको काँधमा अडेस लागेको थियो । कति पटक भोगिसकेको चिसो छिडी फेरि भोग्न उसलाई रहर थिएन । माधवी स्वास्नी होईन भन्ने निश्चित भए पनि त्यसलाई स्विकार्रगर्न श्रेय ठानेर ऊ मौन थियो ।
त्यो जँड्याहाकी स्वास्नीलाई के केरकार गर्छस्, ए हस्ते - बरु त्यो अघिकी माल कता लागी सोध्न ।-हस्तेको साहेबले भन्यो ।
एउटी आइमाई यता लागेकी थिई । कता गई, हँ - देखिस् तैंले –हस्तेले माधवीलाई सोध्यो ।
यी घोक्रो फुटुन्जेल कराउदै थिए म सँग । कोही आए गएको थाहा पाईनँ, सा’प । यो फलामे ढिको बोकेको बेला त बरियातै गएको पनि के थाहा हुन्छ र –माधवीले देखेशो पोखी ।
पुर्याई दिउँ त त्यसलाई हामी –एउटाले ठट्टा गर्यो ।
भै हाल्यो । सा’पहरुलाई किन दुख - यहाँ सम्म घिसारें भने अब त कति नै छ र - फेरि जिन्दगी भर घिर्सार्नु पर्नेले यति दुख के मान्नु –माधवीले कृत्रिम पीर व्यक्त गरी ।
प्रहरी पदचापहरु हट्न सुरु गरे । अघि मरे जस्तो गरेर चलमलाउन छोडेको जँड्याहा बिम्तदै गयो र नजानिदो किसिमले माधवीको शरिर सँग खेल्न थाल्यो । माधवीले कुनै आपत्ति गरिन । त्यो शरिर भनिने काँचो मासु एउटाले आभा रात सम्म मोल तिरेर लेछेको थियो र त्या मासु सित्तै खान खोज्ने एक हुललाई एक छिन अघि मात्र शब्द र अभिनय जालले पन्साएर पठाएकी थिई । अघि भर्खरै मात्र लुछिएको जुठो सिनोलाई एउटा लोभी श्यालले मौका पाएर चाटदैमा उसलाई के आपत्ति हुन सक्थ्यो र - त्यसलाई त ऊ जहिले पनि पन्साउन सक्थी तर अहिले नै पन्साउन चाहन्नथी किनकि उसको अँगालोमा बाँधिएर एकछिन उसकी स्वास्नी बनिदिदा ऊ अरुबाट सुरक्षित थिई ।
जँड्याहा माधवी सँग डोहोरिदै गयो ।
राधा पियारी, भनेको मानिनौ, राधा पियारी ।
माधवीको घर आइपुग्न अब धेरै टाडा थिएन । प्रहरी पनि अब बिलाइसकेका थिए तर जँड्याहाको हातपात भने बढ्दै गइरहेको थियो । त्यो देखेर माधवीले मनमनै हाँस्दै भनी-ए , के गरेको – बोलाइदिऊँ प्रहरी -
जड्याहा अलिकति हच्कियो तैपनि भन्दै थियो- तिमी राधा पियारी ।
माधवीले दह्रो स्वरमा भनी - जँाड खाएर जो भेट्यो त्यसैलाई राधा पियारी भन्दै हिड्ने - जुत्ताले बजाउछु थाप्लोमा अनि ।
तिमीले अघि स्वास्नी भनेको होइन - - जड्याहाले सुरका कुरा गर्यो ।

लौ । हिडने सकिन भन्यो भनेर झन यहाँ सम्म लिएर आइदिएँ त झन उल्टो मलाई नै स्वास्नी भन्ने - बोलाऊँ मेरा टोलका केटाहरुलाई - - माधवीले पर सरेर धम्क्याई ।
आधी नसा छुटेको जँड्याहा कस्ता कस्ता हुन्छन् आइमाई पनि - भन्दै धरफरिदै आफ्नो बाटो लाग्यो । माधवी एक्लै हाँस्दै घरको मूल ढोका भित्र पसी र आफ्नो कोठाको साँचो खोल्न थाली । उसको ढोका बजेको सुनेर घरबूढीले सोधिन्-आज किन चाँडै त, नानी -
पेट दुखेकोले छुट्टी लिएर आएकी, आमा । आज जान मन नै थिएन । अफिसबाट फोन आयो र मात्रै गएकी । - माधवीले जवाफ दिई ।
खै भनेको मान्नुहुन्न रातिको डिप्टी नगर्नोस् भन्दा । राति काम गर्दा त जिउ पो बिग्र्न्छ त । -बुढीले आफ्नो राय प्रकट गरिन् ।
माधवीले जवाफ दिइन । बुढिया फेरि निदाइन् । माधवी पनि ओछ्यानमा गएर पल्टिई । सहर मरे जस्तै सुनसान थियो । रात क्रमश छिप्पिदै गयो ।

बिराटनगर
२०५०।२।३२

March 2, 2007

फूलको आवाज

दीपक जडित

ए गुलाब
जुन माटोमा टुसायौ तिमी
किन बुdmेनौ अdmै
सयपत्री पनि त्यहि माटोमा
टुसाएको हो
एकै फूलबारीमा
उहि पानीले सिंचित भएर
उहि गृष्मको
उस्तै ताप अनि
उहि हिउंदको
उस्तै शीत सहंदै
संगै हुर्किएर
संगै फूल्दा
तिमी गुलाबी भयौ र
दुनियांले तिमीलाई
गुलाबको संज्ञा दियो
किन मान्दैनौ आज तिमी
रंगको भेदले
अपहेलना गरेर
त्रि्रो नाम राखेको हैन
यदि हुंदो हो त
पंहेलै फूल्ने सयपत्रीलाई
सयपत्रीको शट्टा
पंहेली भनिन्थ्यो
एउटै फूलबारीमा
बराबर सौंदर्य र्छर्दै
सयपत्री संगै फूलीराख तिमी
अस्तित्व रक्षाको ढोंगमा
संगै हुर्किएको
सयपत्रीलाई
ब्यर्थै किन
कांढे अस्त्र प्रहार गर्र्छौ ?
सुन ए गुलाब
बनमाराले त आज
तिमीलाई मात्र हैन
सयपत्री लगायत
सबै फूलहरुलाई
पिरोलेको छ
फूलकै आवाज सुन्यौ तिमीले ?
सयपत्री भन्दैछ
ए गुलाब
कांढाले त घोच्यौ घोच्यौ
सहन्छु , मलाई टाढा नपार
सुन्दर हाम्रो यो फूलबारीलाई
छुट्याएर बिचमा पर्खाल नबार ।

February 11, 2007

दिप् आफै बल्छ

मन्जील दिप शुब्बा ,(गरिब्)

कसैले बाल्नु पर्दैन दिप् लाँई यहाँ
अन्धकार् कालो रात्रीहरुमा
जुनकीरि झै ज्योति जोगाई
दिप् आफै बल्छ

भो बजार्न पर्दैन यहाँ
अन्याय अत्याचारको बिरुद्द मा
विशाल् चटाँन् बनि
दिप् आफै बज्रन्छ

शन्देषहरु लोकत्तन्त्रका
तुफाँन् बनि छर्छन्
नाराहरु गणतन्त्रका
मेघ् गर्जन् झै गजार्छन्

रच्ने षडयन्त्रका सिर्जनाहरु
जलाई खरानी पार्छन् दिप्
थाप्ने पाषोका जालहरु
बनि करौती रेड्छन् दिप्

छ मृत्यु अभष्य उस्को
जहाँ निर अमर् छ
दिप् आफै बल्छ,जल्छ,निभ्छ
पर्दैन चित्ता मा रखि जलाऊन यहाँ
आङसराङ्-५ बर् बोटे पाँचथर्

February 10, 2007

जीवन र मृत्यु

मृत्यु त जीवन आसन्न लक्ष हो
बाँच्नेले यसलाई कुर्नै पर्छ
जीवन निर्धारित कोशेढुंगा हो
मर्न चाहे पनि यसलाई तुर्नै पर्छ ।

हामी आफैले आफैलाई ढाँटेर बाँच्न चाहन्छौं,
या आफैलाई ढाँटेर मर्न चाह्रन्छौं ।
कोही वटवृक्ष झैं शताव्दिै नाघ्दै रमाउछौं,
कोही पानी झार झैं कलकलाउदैमा बिलाउछौं
हामी बाँचुन्जेल बाँचेर बस्छौं
र शताव्दि या सोर्‍ह दिन पछि
ढल्छौ् र मर्र्छौ् ।

बाँचेकैछ - भनी चौरासी हर्ेन आउने निम्तालु भन्दा त
वैंसमा मलामी हुन आउने चोखा हुन्छन,
सुखले मोटाएका भन्दा त
दुखले खँगारिएका बढी भोका हुन्छन ।
त्यसैले आफ्नो निम्ति बाँच्न सजिलो छैन भने
अर्कोको निम्ति बाँच्न झन सारो हुन्छ
वर्त र पूजा त कष्टसाध्य शोख हो भने
श्राद्ध र तर्पणको लागि अभागी वाध्य हुन्छ ।

बाँचेकैछु भनि जनाउन पनि केही त भन्नै पर्दोरहेछ,
भएको दिन्छु भन्न पनि उठेर तम्सनृ पर्दो रहेछ
र पानीझार होस या वटवृक्ष दुवैले
केही दिएर नै जानुपर्दो रहेछ ।

राम दाहाल
दिल्ली

January 19, 2007

गल्ति त मेरो होइन समयको दोश थियो

रोहित रानामगर

जानिनजनि मैले प्रीत लाए किन
बिना सुर बिना ताल गीत गाए किन।

गल्ति त मेरो होइन समयको दोश थियो
झुठा बाचा अनि कसम रित लाए किन।

छाडि जाने भए मनमा किन किन बस्नु
हार्नु पर्यो जिवनबाटै जित पाए किन

जिवनका हर इच्छा पुरा गर्छु भन्थिन
मोति टिप्ने चाहाना सित पाए किन।

तिम्रो अनि मेरो कस्तो थियो सपना
बिच मै टुट्नु नाता मित लाए किन।

,बुटवल्,हाल अफ्गानिस्तान

January 16, 2007

जिन्दगीको गोरेटोमा……

देव गुरुङ

जिन्दगीको गोरेटोमा दुखै दुखको खात लाग्यो
के गरेर पन्छाउने खै दशा साढे सात लाग्यो ।

ज्योतिषीलाई हेराउंदा भाग्यमानी हुन्छ भन्थे
अहिले भाग्य हेदा खेरी सवै झुटो वात लाग्यो ।

देश विदेश सवै भोगें कतै भएन सोचे जस्तो
जहां गएनि सुख पाइन दुखै मात्र हात लाग्यो ।

धर्म कर्म सवै गरें फेरिएन यो जिन्दगानी
लाग्छ पक्कै भाग्यमा विधाताको लात लाग्यो ।

दुइ पाईला उंभो लागे तीन पाईला उंधो र्झछ
विफल भयो सवै प्रयास जिन्दगीमा घात लाग्यो ।

December 26, 2006

मलाई माफ गर

सुषमा घिमिरे

प्रिय,
मलाई माफ गर
सौभाग्य या भनौं तिम्रो दिर्घायुको मागमा
म भगवानको आडमा
अनशन बस्न सक्दिन
भोक त्याग्न सक्दिन
प्रिय, म व्रत बस्न सक्दिन ।

एउटा कालो रातमा,
भयंकर हावा हूरीमा,
विकट मरुभूमिमा
समय बदल्न अग्रसर मेरा पाइलाहरू
तिम्रो साथ लागेका थिए
अंकुश तोड्न तयार मेरा हातहरूले
तिम्रो हात थामेका थिए
तर, तिम्रा निकृष्ट हातहरू मैमाथि उठे
तिम्रा रुखा वचनहरूले मैलाई घोचे
तिम्रा हातहरू, अनि तिम्रा वचनहरू
जतिखेर ममाथि उठ्छन्
म एउटा मृत्यु अनुभव गर्छु
आफ्नो आत्मसम्मानको मृत्यु ।

यसरी म धेरैचोटि मरिसकें
एउटा जिन्दगी सयौं चोटि मर्नुको
दुर्भाग्य भोगिसकें ।
अनि, तिम्रा हत्यारा हातहरू
अघोषित उत्सव मनाउँदै
ताली बजाइरहेको
तिम्रा क्रुर वचनहरू
आफ्नै अस्तित्व जनाउँदै
लाली फिँजाइरहेको
म कसरी सहन सक्छु ?
मलाई मान्छे नगन्नेले
महानता आश नगरे हुन्छ
म शास्त्रका महान् नारीझैँ
तिम्रा दुष्कर्म भुलेर
तिम्रो पूजा गर्न सक्दिनँ
तिम्रा चोटहरूलाई
वरदान मान्न सक्दिन
तिमी जति नै अनुनय-विनय गर
प्रिय, म व्रत बस्न सक्दिन ।

December 22, 2006

आफ्नै गजल

December 21, 2006

गजल

December 9, 2006

भ्रूँण

कुरा नसुन्ने अरुको, कुरा राख्ने आफ्नो ।
पूरा नहुने विषयमा, खोचे थाप्ने ज्याद्रो ।।
विषै सेवन गरेमा, कहाँ पो जिवन छर ।
विषै वमन गरेमा, कोही कसको रहन्न ।।

सत्य भावना आफुमा, सबै यहाँ आफन्त ।
आफु सत्य नभएमा, कोही हुन्न आफन्त ।।
कुरा सुन्नु अरुको, बुझ्नु मुख्य कर्तव्य ।
राख्नु कुरा सुमान्य , पोख्नु सत्य मन्तव्य ।।

रुचि कसको के मा छ, हुन्न भुल्नु कदापि ।
इच्छा अरुको के पो छ, सुन्नु गुन्नु हे साथि ।।
मेरै कुरामा अर्थ छ, अरु सबै हुन् र्ब्यर्थ ।
यस्तो सोचाई गुणीमा, हुनु पर्छ है र्सतर्क ।।

वाचा नगर्नु त्यत्तिकै, मन अरुको बुभ्नु ।
सबै आफन्त मान्नु है, बुद्धि सबैको सुझ्नु ।।
मै हुँ विव्दान सुयोग्य, भन्ने नगर्नु घमण्ड ।
भ्रूँण प्रथम सुसत्य, किन र्ब्यर्थको उद्धण्ड ।।

गोपालप्रसाद पौडेल
कपन साहित्य समाज

December 8, 2006

हाँस्दी रैछ्यौ मलाइ बोकी मलामी झर्दा सानु

अग्यात बस्तु खित्खितायो हामले खेति गर्दा सानु ।
काँडाहरु उम्रिएछन फूल भनि छर्दा सानु ।।

सपनीमा कस्ले थिच्यो बोल्न पनि गाह्रो पर्यो ।
भैसीँ रैछ लगारेछु आङ समाती चर्दा सानु ।।

“मेरो हजुर” भनि आँत्ति अँगालोमा पर्दि रैछ्यौ ।
रुँदारैछु गहभरी आँसु तिम्ले भर्दा सानु ।।

युद्ध गर्न गाको रैछु सपनीमा साहस लिदै ।
ठूलो स्वरमा चिच्याइछ्यौ युद्धमा म मर्दा सानु ।।

नरमाइलो भेष रैछ तिम्रो पनि एकान्तमा ।
हाँस्दी रैछ्यौ मलाइ बोकी मलामी झर्दा सानु ।।

दिनेशराज पुरी

December 7, 2006

बिपनी मै छाडे पछी सपनीमा आउँछ्यौ किन ?

बिपनी मै छाडे पछी सपनीमा आउँछ्यौ किन ?
जता जता छायाँ मेरो उतै उतै धाउँछौ किन ?

एकै नदि दुइ किनार पारी मलाई गए पछी
नदी बिचमै मलाई डुवाई डुङ्गा तिमी ख्याउँछौ किन ?

गरीवी नै अभिशाप भो तिम्लाई मैले रोज्दा खेरी
सपनी मै पटक पटक चोटको प्याला प्याउँछौ किन ?

बसन्त त्यो जीवन मेरो शिशीर बनाई छाडेपछी
थुनी मलाई कोठरीमा बाहीरबाट च्याउँछौ किन ?

चोटै चोटले विहोस भई सडक नै प्यारो भयो
सेवादाही बन्दै तिमी मलम पट्टी ल्याउँछौ किन ?

छिया छिया भयो शरीर तिम्रै चोट उपहारले
आँफै चुडि माया डोरी च्व.. च्व.. लोरी गाउँछौ किन ?

- “इखालु” रमेश गेलाल

December 1, 2006

कसम !

सुको साइबर

मान्छे त

मान्छे भइहाल्यो’नि !

भो

म मान्छेको कुरा गर्दिनँ ।

मान्छेकै

दूधको मुन्टोबाट

चुपु-चुपु

एड्स चुसिरहेका

नाबालकहरूको कसम !

खै कहाँ छ ?

त्यो नालायक इश्वर !

एकै छप्कोमा

खत्तम गरिदिन्छु ।

- निजगढ (बारा), ७

November 30, 2006

उनको दीलमा मेरो माया, रोप्न पाए हुन्थ्यो

राई रमेश “गाउले”

उनकै सामु मनको भाव, पोख्न पाए हुन्थ्यो
कतिमाया गर्छु उनलाई , जोख्न पाए हुन्थ्यो

क्षितिज वारी क्षितिज पारी, हामी दुइको यात्रा
दोबाटोमा भेट भई ,रोक्न पाए हुन्थ्यो

बत्ति सामु पुतली झैं, देखे झुम्मिन्छन् सबै
जोगाउनलाई खोकिला मै, छोप्न पाए हुन्थ्यो

कति बगाउ मनमा मात्र, कल्पनाका ज्वार भाटा
उनको दीलमा मेरो माया, रोप्न पाए हुन्थ्यो

धेरै हिउद बर्षा काटे उनलाई पाउने आशै आशमा
कति कुर्ने त्यसको पनि, सीमा तोक्न पाए हुन्थ्यो

गाउलेगोठ लिच्कीराम्चे ६ खोटाङ्ग
rai_rameshgaunle@yahoo.com

के गर्छौ बाबु …… सहनै नसके पछि ?

दीपक जडित

म पनि सहन सक्छु
थाहा छ तिमीपनि सहन सक्छौ
तर सहनुको पनि हद हुन्छ
कती सहने अझै
सहेरै हामीले
दुईसय सैंतिस बर्ष बित्यो ।
सहेरै प्रत्येक बर्ष
म हरु गिजेरी रुखमा
झुण्डिएर मरिरहयौं
सहेरै प्रत्येक बर्ष
तिमीहरु भिरबाट
हामफालेर मरिरहयौ
अब झुण्डिनु नपरोस
म हरु गिजेरी रुखमा फेरी
अब हामफाल्नु नपरोस
तिमीहरु भिरबाट फेरी
त्यसैले सोच एकपटक
के गर्छौ बाबु …… सहनै नसके पछि ?
प्रस्तुत कविता विजय सिंह थापाले लेख्नु भएको सहु सहु बाबु…… को कविताको प्रत्युतर कविता हो

November 29, 2006

सहु, सहु…

विजयसिंह थापा

तिमी

तुरुन्त भीरबाट

हामफालेर मर

घर नजिकको गिजेरी रूखमा

झुन्डिएर मर

तर

चिन्ता लिएर नबाँच

प्लिज् ।

तिनीहरू

राष्ट्र लुछ्न नै जन्मिएका हुन्

त्यसै किन रिसाउँछौ ?

हामीलाई सताउन नै जन्मिएका हुन्

व्यर्थ किन विरोध गर्र्छौ ?

सहु

सहु

सहु बाबु सहनै नसके पनि ।

November 27, 2006

देश छाडें प्रदेशी यो माटो अर्कैभो

सवाल
देश छाडें प्रदेशी यो माटो अर्कैभो
स्वदेश प्रति प्रेमको पाटो अर्कैभो
दुखै दुख जीन्दगी बिताउनु छैन मलाई
अब बल्ल हिड्ने मेरो बाटो अर्कैभो

वाग्ले पकाश “बगर

जवाफ
नयाँ ठाउ परिवेशमा माटो नबिर्स
स्वदेश प्रति कर्तव्यको पाटो नबिर्स
राम छाँया हो दुइदिनको मोजमस्ति साथी
गरीबिको चहयाउने खाटो नबिर्स

दिपक देवकोटा “दिपु”

November 26, 2006

खबरदार !!!

अर्पण तामाङ

खबरदार!
भोका नाङ्गा जनताहो!!
अझै सकिएको छैन क्रान्ति!
हात बाधेर नबसहै आयो भन्दै सान्ति!
त्यसैले मेरो यहा हरुलाइ
एउटा खबरदारि।
गिरि बिस्ट र थापा हरुको
सकुनि रथ मा बुइ चढेर
नारायणहिटिको बंश बिनास गरि
५८ को कालो इतिहास रच्ने
माइला काकाको बिस्वास नगरहै।
जङ्गेलेत बिरोधिको लागि
गर्यो कोत पर्ब!
तैलेत गरिस आफ्नै बंशको
नारायणहिटि पर्ब।
त्यसैले संकात लागेकै थियो
हनुमानढोकाको कास्टमन्डप भित्र
फिस्स मुस्कान छोडि
भरौटे हरुको सुका मोहोर दान लिएर
चौरिको पुच्छर ताज पहिरेपछि
रगतले पोतिएको नारायणहिटि छिरे पछि
आफ्नै बंशको सदगदिमा
कर्फ्यु घोसणा गरेपछि
रानाभाटले -याटाटाको
प्रतिबेदन बुझाएपछि
अनि!सुरुभो कौरब हरुको
तान्डब नृत्यको कालो रातृ
त्यसैले!जनताहो!! (more…)

November 25, 2006

मेरो प्रेमले कोईली भयौ तिमी

वाग्ले प्रकाश “बगर”

मेरो मायाको भाग मन परेनकी ?
नढाँट दिलको बाग मन परेनकी ?

खै के सोच्यौ लाजवाब भयौ
साँच्चै भन मेरो अनुराग मन परेनकी ?

आलिङ्गनमा मायाको प्रतिबिम्ब साट्दा
फ्याक्यौ यौवनको पराग मन परेनकी ?

मेरो प्रेमले कोईली भयौ तिमी
भन पागल भाको काले काग मन परेनकी ?

मेरो दिलमा बसि सँगै डुल्छु भन्थ्यौ तिमी
अरबी “बगर”को भु भाग मन परेनकी ?

शिवनगर- चितवन , नेपाल

November 23, 2006

अब जीवनको हिसाब नखोज

दीपक जडित

बेहिसाब नै बितीसक्यो अब जीवनको हिसाब नखोज
जती दुख्नु दुखी सकें म , कति दुख्छौ - भनेर नसोध ।

सुनबुट्टे रहरहरु आंखैमा फुटेर रगतको आंशु झरीरहें
पाईला पाईलामा टेकेर आफैंले फूलाएको सपना मारीरहें
खाली खाली भै रित्तिसकें , कती बांकी छु - अब नखोज
जती दुख्नु दुखी सकें म , कति दुख्छौ - भनेर नसोध ।

आफ्नै नियतीको भुमरीमा परेर बालुवाको अक्षरझैं मेटिईगएं
कण कण भै उडेर धुलो संगै आफ्नै भाग्य संग रेटिईरहें
टुक्रा टुक्रा भै बांडिईसकें , कहां सिंगो छु - भै गो नखोज
जती दुख्नु दुखी सकें म , कति दुख्छौ - भनेर नसोध ।

November 21, 2006

तिम्लाई खुसि मिल्छ भने एकान्त मै रोई दिन्छु

“इखालु”रमेश गेलाल

तिम्लाई खुसि मिल्छ भने एकान्त मै रोई दिन्छु
मेरा सपना इच्छा सबै आँशुले नै धोई दिन्छु ।

तिम्रो जीवन मेरो खुसि आँशु कत्ति बग्नु हुन्न
त्रि्रो मधुर मुस्कानलाई अन्त कतै लग्नु हुन्न
मनका पिडा तड्पन बरु अध्यारो मै रोई दिन्छु
मेरा सपना इच्छा सबै आँशुले नै धोई दिन्छु

शितको थोपा जस्तै तिमी म बाट विल्नु हुन्न
मेरो मुटु चपाएर अरुलाई नै निल्नु हुन्न
सत्य कसम धरो धर्म तामा तुल्सी छोई दिन्छु
मेरा सपना इच्छा सबै आँशुले नै धोई दिन्छु ।

खोटाङ्ग बजार-१, खोटाङ्ग

November 16, 2006

कस्तो यो जीन्दगी

अप्जसी

अधुरो यो जीन्दगी
बीट नमारीएको डोको जस्तो ।
भौतारीएको यो जीन्दगी
धेरै छाकको भोको जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी ।
डलेलोले पिल्सिएको वन जस्तो ।
विरक्त लाग्दो यो जीन्दगी
विधवाको मन जस्तो ।।
व्यार्थ छ यो जीन्दगी
रालो बीनाको घण्टि जस्तो ।
कति कमजोर यो जीन्दगी
सुकेको सण्टि जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी
नढाक्ने खोल जस्तो ।
घृणित छ यो जीन्दगी
पत्रुको मोल जस्तो ।।
वेसहरा छ यो जीन्दगी
शुन्यको यान जस्तो ।
नमुना मात्र छ यो जीन्दगी
बहिराको कान जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी
हावा वीनाको साइकल जस्तो ।
कति कठोर छ यो जीन्दगी
लडाकुको र्राईफल जस्तो ।।
कति उदास छ यो जीन्दगी
गाला अड्याउने हात जस्तो ।
यो जीन्दगी खै के जीन्दगी
औशीको रात जस्तो ।।

खुदुनावारी ८,झापा

November 13, 2006

गिद्घहरु

चन्द्र गुरुंग

आजभोली,
मेरो देशको आकाशमाथि
लालच र पदलोलुपताका दुइ पखेटाहरु फिंजाई
निर्दयी गिद्घहरु फेरी विचरण गर्न थालेका छन्
जसका तीक्ष्ण लोभी नजरले
प्रत्येक अवसररुपी चल्लालाई देख्न सक्छन्
टाढैबाट चिन्न सक्छन् र
मौका पाउन साथ झम्टिन्छन् ।

जब, दरबार भित्रको शिकारीले
यी गिद्घहरुलाई आफ्नो चालको जालमा पारे
र यिनका दुइ शानदार पखेटाहरु काटेर
आकाशैभरिको स्वतन्त्र उडानलाई खोसे ।
तब, यी गिद्घहरु
मुकुटधारी शिकारीको विरोधमा
दिन-दिनै रत्नापार्कमा भेला हून्थे,
आफ्नो खोस्सिएको आसन फिर्ता पाउन
खुल्लामञ्च थर्काउने भाषण ठोक्थे,
लुटिएको सुख-शान्तिका निम्ति
चोक-चोकमा आन्दोलित हुन्थे र
सहयोगको लागि हामी जनतालाई गुहार्थे ।

अब फेरि,
त्यो क्रुर शिकारीको चंगुलबाट फुत्केर
यी गिद्घहरुका बदनाम नाकले
अवसरको गन्धलाई सुघ्न थालेका छन्
कुइएका आलु जस्ता दिमाग बोकेका शिरलाई
परम स्वामीको पाउमा नै र्समर्पण गर्न थालेका छन्
र फेरि
यी गिद्घहरुले अबलाहरुका बेइज्जत गरेर
ठूला-ठूलार् इज्जत पुरस्कारमा थाप्न सक्छन्
हाम्रो विश्वासलाई तोडेर
भ्रष्ट चरित्र बापत थुप्रोई तक्मा जोड्न सक्छन्
र, आफ्नो स्वार्थ्र्ााे थैली भर्न
पापी हातले सामन्तीको गोडा धुन पनि सक्छन् ।
तर खबरदार !
निरंकुश शिकारीको जाललाई
धुजा-धुजा पार्न सक्ने परेवाहरुले
यी लोभी गिद्घहरुलाई पनि लखेटन सक्छन् ।

गोर्खा हाल काठमाण्डौ

November 11, 2006

आउ उठ मुक्ति खोज्दै जुटौँ सबै सर्बहारा


आउ, उठ मुक्ति खोज्दै जुटौँ सबै सर्बहारा,
आफ्ना शर्त पूरा गर्न संघर्षको लाऔँ नारा ।।

किन गरीब ओइली झर्ने रु धनी फुल्ने आकाशमा,
समान रुपले प्रकाश छर्ने उस्तै हुन जुनतारा ।।

लोकतान्त्रिक गणतन्त्र स्थापना गरीकन,
युग बदल्न अघि सरौँ आजैदेखि जनसारा।।

देश हाम्रो, हामी देशको धेरै ऋणी भएका छौँ,
जीवन अन्त्य किन नहोस् पूरा गरौँ अभिभारा ।।

बोक्रे भाषण, झुटा कुरा म्याद सार्छन् निर्णयको,
आफ्नै शूर गरौँ अब फेरिएन तिन्को पारा
आउ, उठ मुक्ति खोज्दै जुटौँ सबै सर्बहारा ।।।

दिनेशराज पुरी
सुनारपानी-९ मन्थली रामेछाप
हाल - आर आर क्याम्पस

November 10, 2006

म कबि होइन

अर्पन तामाङ

म कबि होइन
तैपनि मनको बह बिसाउछु
एउटा कपि को चौतारिमा
तर दोस नठानिदिनु कबि भनेर
एउटा भुल सम्झि दिनु! निर्दोस कलम सम्झेर!!
त्यसैले आफुदोसि ठानौ भने
सुइकार्न सक्दिन
कलम दोसि ठानौ भने
निर्जिब बस्तु कसरि?
मनको पिदा पोख्छर
तैपनि चलिरहन्छ निरन्तर
एउता बिना प्रानको
सेतो कोरा कागजमा!जिबन पोखिरहेछ!!
एउटा हातको सहारामा
औलाहरुको बैसाखिलिएर
निर्जिब सब्द हरुलाइ
प्रान् को सन्जिबनिछरिरहेछ
एउटा कबिता बनेर ।
त्यसैले कबि भनौ भने
अनि भाब हरु पोखौ भने
सब्द सजाउन सक्दिन
उर्बरा मरुभुमि झैसेतो कागजमा
आफै निरन्तर पोखिरहन्छ
एउटा मन को भाब बनेर
कहिले माया प्रेम को सब्द बनेर
ओकलिन्छ कबिता
कहिले बिछोड र रोदनको समिस्स्रनबनेर
बगिदिन्छ कबिता !
अभाब मा पिल्सिएको जिउनु को अर्थ
जिन्दगि बनेर बगिदिन्छ कबिता
महासागर हरुको बिचमा
नदिको किनारा बनेर
बगिदिन्छ कबिता!
कहिले अन्याय र अदमनमा
पिल्सिएको घाउ बोकेर
बिद्द्रोहको नारा उराल्छ कबिता
कहिले सिता जानकि र बृकुटिको
गित बनेर आउछ कबिता
कहिले बुद्ध को सन्देसत कहिले देस को
राजनिति लिएर आउछ कबिता
यसरि अवातर लिएर आइरहन्छ
बार-बार कबिता!
त्यसैले मत भाबक मात्र हु
कबि नभन्देउ साथि
म कबिहोइन!
सब्दमा पोखिएको भाबहो त्यो
त्यो कबिता होइन
साचै होस या ख्याल ठट्टामा
कबि नभन्देउ साथि
म कबि होइन

सुन्सरि,तरहरा-२