जिन्दगी दर्ता गरेकोछु
दुःखको हिसाब मिल्न
वास बसेको घरको छानो कहिल्यै नखस्ने आकाश हुनु पर्दोरहेछ
मिल्नुको नाममा
शान्तिको फूल फुल्नुपर्दो रहेछ
त्यसैले
माटोमा
जिन्दगी दर्ता गरेको छु ।
माटोको रङ्गरङ्गमा जीवनको रुप
माटोको कणकणमा जीवनको सुख
माटोमा जन्मनुको नाता
माटोमा हर्ुकनुको खाता
खातामा ब्याज तिर्नु पर्दैन रहेछ
अमूल्य सपना खोज्न
मनदेखि मनसम्म पुग्न पुलको निर्माण भएको छ
त्यसैले
घरभित्र चुलिएको हिमालमा होस् वा
चूलो-चम्काझैं
कतै उठेको कतै लुकेको पहाडमा होस्
जताततै राष्ट्रियता
माटोको मर्म मान्छेको धर्म र कर्म रहेछ
त्यसैले
राष्ट्रको नाममा
जिन्दगी दर्ता गरेको छु ।
सुन्छौ भाइ !
छोरी एकता गुनासो पढन थालेकी छे
ूतिमी
मन दुख्ने दर्ुर्व्यसनमा परेर हो वा
मन जुट्ने योजनाको थालनीमा परेर हो
अप्रभ्रंशको रोपाइँ गर्दै छौ रेू
मलाई भने
माटो फुटे मुटु फुट्ने ब्यथा लागेको छ
इखिनुको भोक जागेको छ
त्यसैले
इतिहासको लाममा जिन्दगी दर्ता गरेको छु
वियागी बुढाथोकी


