सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

October 17, 2005

मापदण्ड

Filed under: लघुकथा
  • गतवर्षहरूमा झैँ यस वर्ष पनि परिणाम घोषणा गरिनुभन्दा एक हप्ताअगावै शिक्षकहरूको सरसल्लाह बैठक बस्यो। मूल प्रश्न थियो, ‘कस्ता विद्यार्थीहरूलाई उत्तीर्ण गराउने?’ प्रायः सबैको चिन्ताचाहिँ एउटै थियोः ‘हाम्रा विद्यार्थीहरू किन यति कमजोर भए?’ तर पढाउनेहरू आफैँ भएको हुँदा यो विषयमाथि धेरै छलफल भएन । बरू सरहरू शिर झुकाउन बाध्य भए। जे भए पनि बढीभन्दा बढी विद्यार्थीहरूलाई पास गराउनुपर्छ भन्ने कुरामा भने सबैको मतैक्य रह्यो ।हेडसरले प्रश्न राखे-‘पास त गराउने, तर यसको आधार र मापदण्ड पनि त चाहियो नि….।’
    तुरुन्तै, सरहरूबाट आ-आफ्ना मत र सुझावहरू आउन थाले-

  • ‘बिहे उमेर भएकालाई पास गराउने।’
  • ‘सेनामा भर्ना हुन र विदेश जान चाहनेलाई किन रोक्नु …..।’
  • ‘पोहोर फेल भएकालाई हुत्याइदिनुपर्छ।’
  • ‘कक्षामा दादागिरी देखाउनेलाई फेल गराउनुहुँदैन।’
  • पढ्न मनै नगर्नेलाई कक्षा चढाइदिएकै राम्रो।’
  • इन्द्रकुमार श्रेष्ठ
    -दियाले-3, ओखलढुङ्गा

    Comments »

    The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2005/10/17/mapdanda/trackback/

    No comments yet.

    RSS feed for comments on this post.

    Leave a comment

    Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























    Get free blog up and running in minutes with Blogsome | Theme designs available here