सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

October 22, 2005

प्रेमका पाँच दिनहरू

Filed under: विविध

पहिलो दिन

  • उनीहरूका आँखाहरू एक्कासी जुधे । केटाले केटीको शरिरलाइ बेस्सरी नियाल्यो । केटाले आफूलाइ हेरिरहेको थाह पाएर केटीले लाजेले शिर झुकाइ । तर केटाले उबाट आँखा हटाएन । केहीवेर पछि केटीले शिर उठाएर विस्तारै केटालाइ पुलुक्क हेरी । अभmै पनि आफैलाइ हेरिरहेको थाह पाएर केटीलार्इ कताकता भित्रैबाट रमाइलो लागेर आयो । सायद समयले आज उसलार्इ साथी दिएको थियो । जसले उसलाइ मन परायो । उनीहरूको प्रेमको शुरुवात भएभmैं मलार्इ लाग्यो ।
  • दोस्रो दिन

  • आज उनीहरू बोलिरहेको देखें । दुवै जनाको मुहारमा एउटा अचम्मको चमक, एउटा अचम्मको खुशी थियो । लाग्थ्यो आज दुवै जना एक अर्कासँग बोल्न पाएर, धेरै दिनका आफ्ना भावनाहरू पोख्न पाएर आफूलाइ हलुका बनाइरहेका छन्‍ । आज उनीहरूको प्रेमले एउटा बाटो तय गरेको मलाइ आभाष्ा भयो ।
  • तेस्रो दिन

  • केटाले मन थामिराख्न सकेन । उसले केटीको हात समायो । केटीले पनि केटाको हात समातेर दवाइ । केटाको आँखामा अचम्मको खुशीको लहर दौडियो । उसले विस्तारै केटीलाइ आफूतिर तान्यो । केटी विना प्रतित्रिmया उतिर तानिइरही । अब उसले केटीको अधर चुम्न चाह्यो । केटीले यसमा कुनै बाधा गरिन्‍ । उफ्‍ ! मलाइ यस्तो दृष्य हेरिरहन मन लागेन । म घरतिर लागें ।
  • चौथो दिन

  • परबाट हेर्दा आज दुवैजनाको बीचको दुरी हिजो अस्तिको भन्दा बढेको लाग्यो । उनीहरू मौन देखिन्थे । एकैछिनमा केटाले आैलो ठड्‍याएर केटीलाइ केही भने जस्तो गर्‍यो । केटी पनि अचानक आवेशमा आइ । उसले केटाको गालामा हिर्काएको देखें । केटा आफ्नो ठाउँबाट जुरुक्क उठ्‍यो । उ केटीलाइ एक्लै छाडेर हिड्‍यो । केटीले केटा गएको परसम्म हेरिरही । केटीले आफ्नो आँखाको आँशु पुछी र त्यहाँबाट हिंडी ।
  • पाँचौ दिन

  • आज केटाको आँखा फेरि जुध्यो । केटीले पनि लाजले फेरि शिर झुकाइ । केटाको साथमा नयाँ केटी थिइ । केटीको साथमा अर्कै केटा थियो । केटाको मन हिजो अस्तिको भन्दा चञ्चल देखें । केटी हिजो अस्तिभन्दा खुशी थिइ । मलाइ उनीहरूको प्रेम जाँचिरहन मन लागेन । मैले उनीहरूको नयाँ जीवनको शुभकामना दिएँ । सायद उनीहरूको यो अन्तिम प्रेम होस् ।
  • मिलन दीप- झापा–नेपाल

    Comments »

    The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2005/10/22/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%ae%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8%e0%a4%b9%e0%a4%b0%e0%a5%82/trackback/

    No comments yet.

    RSS feed for comments on this post.

    Leave a comment

    Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























    Get free blog up and running in minutes with Blogsome | Theme designs available here