जाउँ है त अमेरिका ????
ए हजुर पुव जाउ भने पुवैबाट आको ,
पश्चिम जाँउ भने चिनजानै नभाको ,
उत्तर तिर जाँउ भने हिँउले खाको ,
दक्षीण तिर जाँउ भने पनि औलो को राँको ,
घरमै बसीरहँभने श्रीमतीले भन्छिन खेर गाको
आमाको लाम्टा चुस्दानि नभएर बाबुको घुँडा चुस्न लाको
यती गर्दा नि नभएपछि भुत्रैसिती अमेरिका जानलाइ डि भि भर्न लाको रोइ रोइ बाच्नु भन्दा हाँसी मर्नु निको भन्ने महान ब्यंगकार भैरब अर्याल बिचरा अमेरीका नगइ र्स्वर्ग जानुभयो रे । सबै कुकुर काँसी गए नर्क कस्ले खाला भन्ने सोचेर आफुपनि देसकै मायाले कतै भासीने मन गरीएन । नांगो रुखलाइ चराले छोडे, मरेको बार्खालाइ उंपियाले छोडे, भत्केको घरलाय दुनियाले छोडे तर आफुभने सुकेको पोखरिमा लुकेको माछो जस्तै देश छोडेर जाने मन गरिएन । यि कुराहरु कलम चलाउने र बन्दुक चलाउने ऐरे गैरे नथ्थु खैरे हरुले कहिल्यै बुझेनन् ।
मान्छे अनुसारको कुरा, कपाल अनुसारको छुरा भएजस्तै सबैको विचार एउटै हुँदो रहेनछ । आफु रोएपनि देस चाँहि हाँसोस भन्ने सोचाइ सबैमा हुँदो हो त ति आफ्नो बँगैचामा फुल गोड्नका लाजले अर्काको घरमा यसरी भात पकाउन पक्कै पनि आउने थिएनौ होला । आज तेरो आची चाहिन्छ है भनेको दिन चाँही कुकुरले पनि सात डाँडा पारी गएर लिंड पर्सार्छ रे । त्यस्तै देशलाइ हाम्रो खाँचो परेको बेला हामी हरु बीदेश गएर हराउने थिएनौ होला । भै गो अब छोडी सकेको पोइ र हिँडी सकेको स्वास्नीको के कुरा गर्नु । भग्यले साथ दिएछ भने लाटाको खुट्टा पनि एकदिन बाटामा कसो नपर्ला भन्ने सोचेर दुइचार देश चर्दा चर्दै उन्यु फुल्यो , ढुंगा टुसायो , सुकिसकेको धारामा पानी रसायो तर म गरिबको दाउ र खहरे खोलामा नाउ कहिल्यै लागेन । छेपारोलाइ जाडो भयो भनेर राती घाम नलाग्ने रहेछ भन्ने कुरा मैले पनि बल्ल बुँझे ।अहिले सम्म सिगं जुरो पलाउन नसकेको भएपनि बुद्दि बंगारो चाँही एकदम सहि बेलामा पलाएर मेरा आँखा खुले (more…)



