महँगी
चन्द्र सिंग गुरुङ्ग
आजभोली
हर दिन,
हर पल,
हर मोड
र हर गल्लीमा
महँगी संग मेरो जम्काभेट हुन्छ ।
म हिंडी रहेको हुन्छु
जीवनको बाटोमा र
महँगी उडी रहेको हुन्छ
आकाश छुनलाई ।
हाम्रो बाटोहरु नितान्त पृथक
हाम्रो गंतव्यहरु नितान्त बेग्लै
तरपनि आजभोली
हर दिन,
हर पल,
हर मोड
र हर गल्लीमा
महँगीसंग मेरो जम्काभेट हुन्छ ।
महँगी संगको प्रत्येक भेटमा
तनको लागी नाना,
पेटको लागी माना र
ओतको लागि छानाको
मेरो संसारिकर इच्छाहरु
मनको डाँडाहरुमाथि चिहानमा
जिउँदो लासझै गाडिन्छन् ।
त्यसैले सधैं म
महँगी संग बचेर,जोगिएर
हिड्न खोज्छु तर
जहिले पनि राशन,
ग्याँस,
पानी र
बिजुलीको लाईनमा
महँगीसंग मेरो जम्काभेट हुन्छ ।
गोर्खा
- हाल साउदी अरब



एक दम राम्रो छ लेख्दै जानुस्
Comment by Keshab Ghimire — August 21, 2007 @ 8:16 am
तिम्रो काखवाट टाढीनुपर्दा
यो मुटु पोलिरहेको छ
तर सेवाबाट भागेको होइन
आमा मलाइ गली नदेउ ।
Comment by ishwar thapa — December 23, 2007 @ 10:24 am
तिम्रो काखवाट टाढीनुपर्दा
यो मुटु पोलिरहेको छ
तर सेवाबाट भागेको होइन
आमा मलाइ गली नदेउ ।
Comment by ishwar thapa — December 23, 2007 @ 10:25 am