सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

November 26, 2005

जाउँ है त अमेरिका ????


ए हजुर पुव जाउ भने पुवैबाट आको ,
पश्चिम जाँउ भने चिनजानै नभाको ,
उत्तर तिर जाँउ भने हिँउले खाको ,
दक्षीण तिर जाँउ भने पनि औलो को राँको ,
घरमै बसीरहँभने श्रीमतीले भन्छिन खेर गाको
आमाको लाम्टा चुस्दानि नभएर बाबुको घुँडा चुस्न लाको
यती गर्दा नि नभएपछि भुत्रैसिती अमेरिका जानलाइ डि भि भर्न लाको
रोइ रोइ बाच्नु भन्दा हाँसी मर्नु निको भन्ने महान ब्यंगकार भैरब अर्याल बिचरा अमेरीका नगइ र्स्वर्ग जानुभयो रे । सबै कुकुर काँसी गए नर्क कस्ले खाला भन्ने सोचेर आफुपनि देसकै मायाले कतै भासीने मन गरीएन । नांगो रुखलाइ चराले छोडे, मरेको बार्खालाइ उंपियाले छोडे, भत्केको घरलाय दुनियाले छोडे तर आफुभने सुकेको पोखरिमा लुकेको माछो जस्तै देश छोडेर जाने मन गरिएन । यि कुराहरु कलम चलाउने र बन्दुक चलाउने ऐरे गैरे नथ्थु खैरे हरुले कहिल्यै बुझेनन् ।
मान्छे अनुसारको कुरा, कपाल अनुसारको छुरा भएजस्तै सबैको विचार एउटै हुँदो रहेनछ । आफु रोएपनि देस चाँहि हाँसोस भन्ने सोचाइ सबैमा हुँदो हो त ति आफ्नो बँगैचामा फुल गोड्नका लाजले अर्काको घरमा यसरी भात पकाउन पक्कै पनि आउने थिएनौ होला । आज तेरो आची चाहिन्छ है भनेको दिन चाँही कुकुरले पनि सात डाँडा पारी गएर लिंड पर्सार्छ रे । त्यस्तै देशलाइ हाम्रो खाँचो परेको बेला हामी हरु बीदेश गएर हराउने थिएनौ होला । भै गो अब छोडी सकेको पोइ र हिँडी सकेको स्वास्नीको के कुरा गर्नु । भग्यले साथ दिएछ भने लाटाको खुट्टा पनि एकदिन बाटामा कसो नपर्ला भन्ने सोचेर दुइचार देश चर्दा चर्दै उन्यु फुल्यो , ढुंगा टुसायो , सुकिसकेको धारामा पानी रसायो तर म गरिबको दाउ र खहरे खोलामा नाउ कहिल्यै लागेन । छेपारोलाइ जाडो भयो भनेर राती घाम नलाग्ने रहेछ भन्ने कुरा मैले पनि बल्ल बुँझे ।अहिले सम्म सिगं जुरो पलाउन नसकेको भएपनि बुद्दि बंगारो चाँही एकदम सहि बेलामा पलाएर मेरा आँखा खुले ।बल्ल मेरो सोचाइ पनि बदलियो ।
वास्तबमा लक्कु बिनाको धक्कु र मसला बिनाको पक्कु काम लाग्दो रहेनछ । भोको पेटले धेरै दिन सम्म श्रीमान गम्भिर गाउन सक्दो रहेनछ भताभुंगे देशको लथालिंग चाला कहिल्यै नसुध्रिने रहेछ । दुइ चार वटा जुनकिरीले पिंध बाल्दैमा देश उज्यालो हुँदो रहेनछ । मरुन्जेल कुटाइ खाँदा समेत ऐया भन्न नपाइने देशमा गोदाइ खाँदै लौ त गोद भन्दै को बस्न सक्ला र । आफ्नो देश र्स्वर्ग भन्दा ठुलो हुन्छ भन्दैमा र्स्वर्गको दास भएर बस्नु राम्रो कि नर्कको राजा । दुधै नआउने आमाको छाती चुस्नु भन्दा पसिना गनाउने बाबुको घुँडो चुस्दा भोक नमेटि पनि दुधको तलतल त मेटिन्छ । देशको लागी सोच्नेले जती सोची सक्यो ,गर्नेले जती गरिसक्यो अब हुनेवाला केहिछैन । लाग्ने खुकुरि बिँडैले चिनिन्छ ,बलियो सुँगुर लिँडैले चिनिन्छ , हैन र ? सांढेको पछाडी स्याल लागे जस्तै झर्लान र खाँउला भनेर नेता र पाटीको पछी लाग्नेले कुकुरले नपाएको दुख पाएका छन । हामी जस्ता लाटाको देशमा धेरै गाँडाहरु तन्नेरी भए । हामी भने लाटाले पापा हेरे जसरी ट्वाल्ल परेर हेरेको हेर्यै छौँ । बाहीर बाट हेदा देश छ , सरकार छैन , घर छ मानिस छैन , नदि छ पानी छैन , खेत छ खेती छैन , हिमाल छ उचाइ छैन , बुद्द छ सान्ति छैन , गाँउखाने कथा छ तर त्यसको उत्तर छैन , अब तपाँइहरु भन्नुस त्यस्तो देशमा के रुँगेर बस्ने ?
बिनासकाले बिपरित बुद्दि भनेझै देशका सबै ठुलाबडाहरु प्रतिगमनको बाटो हुँदै आँखा चिम्लेर उल्टो दिसातिर कुदिरहेका छन । ग्लोब लाइ घुमाएर हेदा पनि नेपालको ठ्यक्कै उल्टो दिसामा अमेरिका पर्छ । त्यसैले जानेर या नजानेर होस् हामी सोझै
अमेरिका दौडिरहेका छौ । त्यसैले लौ साथी हो अब आफु त कसैको कुरा नसुनी थपक्क डि भी भरिन्छ । चिठ्ठा पर्नासाथ कुम्लो कसेर लुसुक्क अमेरिका छिरिन्छ । धेरै ठुलो देशभक्त बन्न खोजेर सहिद बनेर बस्ने कुरो पनि त भएननि ? कस्तो लाग्यो त तपाँइहरुलाइ मेरो कुरा ? भर्ने हैन त डि भी ? जाने हैन त अमेरिका ? त्यसो भए यहाँ छ है त अमेरिका जानको लागी भर्नुपर्ने फारम । लौ यहाँ क्लिक गरेर सिधै अमेरिका हँइकिंउ है त ? उप्रान्त अमेरिका मै भेटौंला । लौ बिदा हैत
नेपाल बाट अहिलेलाइ ?
नेपाल खाल्टो बाट

10 Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2005/11/26/dv-lottery-2007/trackback/

  1. Chahal ji,
    Thanks for this above article. It is so nice to find something new in ur blog. i really enjoyed reading it
    with thanks, Chandra from Saudi.

    Comment by Chandra S. Gurung — November 27, 2005 @ 6:33 am

  2. Dherai ramro.

    chandra from saudi

    Comment by chandra — November 27, 2005 @ 10:11 am

  3. Congratulation,i don’t have anywords to express and felt it also i hope all of nepali..
    But i just i say don’t stop your nepali kalam (pen)…wish you all the bes

    Comment by dDik bdr karki ,spain — December 10, 2005 @ 7:14 pm

  4. Congratulation,i don’t have anywords to express and felt it also i hope all of nepali..
    But i just i say don’t stop your nepali kalam (pen)…wish you all the best.

    Comment by dDik bdr karki ,spain — December 10, 2005 @ 7:19 pm

  5. Lovly,very sweet and touchable..
    wish you all the best for your pen….

    Comment by dDik bdr karki ,spain — December 10, 2005 @ 7:22 pm

  6. Excellent Dear friend Mohen don’t stop your pen…

    Comment by Dik bdr. karki ,spain — December 10, 2005 @ 7:32 pm

  7. congratch,but it should be forward to madhav nepal and girija koirala pls

    Comment by sarala — December 11, 2005 @ 6:46 pm

  8. Thanks a lot to mohan ji for your briliante article in “Chuassa Chussa” which is base on reality.I’m sure that it will really touch to the people who read this page. Thanx again and I wish you to be contineu here in this page for your such a great article.

    Comment by Basant Rana — January 8, 2006 @ 5:53 am

  9. thanx for writer, i am very glad.
    I wish you all the best for your pen……….
    from qatar.

    Comment by mukti prasad sharma — January 21, 2006 @ 10:19 am

  10. hahahah Congratulation poem,i like keep it up :P

    Comment by Nirmal Thapa — October 6, 2007 @ 12:38 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here