यस्तो दुख पाइयो रेडीयो ब्लग तयार पार्दा
इन्टरनेट र कम्प्युटर सम्बन्धि भएको मेरो अल्पज्ञानको कारणले यो हप्ता साह्रै दुख पाउनुपर्यो । रहरै रहरमा रेडीयो ब्लग चलाँउछु भनेर पहिलो हप्ता गरेको विज्ञापनको कारणले दुख पाँए के गर्छस मंगले आफ्नै ढंगले भनेdmै भयो। कुरा के भने मेरो कम्प्युटरमा पहिलेदेखीनै एउटा अडियो रेकर्डर थियो जसमा मिक्सीगं र एडिटीगं गर्नपनि मिल्थ्यो । मैले रेडियो ब्लग यसैबाट तयार पार्छु भनेर लागें । जब पाँच मिनेटको आवाज रेकर्ड गरेर सेभ गर्न लागेको त सेभ नै भएन , पछि पो थाहा पाँए उक्त सफ्टवेयर त ट्रायल भर्सनको लागी मात्र उपलब्ध रहेछ । जसमा जम्मा दुइ मिनेटको मात्र सेभ गर्न मिल्ने रहेछ । पुरा चलाउनको लागी त दर्ता गर्नु पर्ने रहेछ जस्कोलागी तीस डलर तिर्नु पर्ने रहेछ (more…)


