सयपत्रीमा आउनुहुने साहित्यिकार तथा साहित्य प्रति रुची राख्नुहुने महानुभावहरुको बारेमा जानकारी पाउने हीसाबले मैले आज देखी याँहा पाहुना पुस्तिका राखेको छु तपाँइ यो साइटमा आइसकेपछि कृपया एकपटक पाहुना पातो भरेर मात्र जानुहोला भन्ने आग्रह गर्दछु । सयपत्रीलाइ कस्तो बनाउदा राम्रो हुन्छ ? यसमा हाल के के गल्ती कमी कमजोरीहरु छन ? सबै औंल्याइदिनुहोला ।
सयपत्रीमा भिडीयो ब्लग राख्छु भन्दाभन्दै धेरै दिन त्यत्तिकै बित्यो । आज भिडीयो तयार गर्छु भन्दाभन्दै त्यत्तिकै बित्यो । सुत्नलागेको थिए निन्द्रा लागेन त्यै भएर फेरि उठें र कम्प्युटर खोलें । कतारमा बिस्तारै गर्मी कम हुन थालेको छ । सायद बिस्तारै जाडो पनि सुरुहोला तर नेपालमा यतीबेला साह्रै जाडो छ । यो मौसम विबाह , ब्रतबन्ध, भोज को हो तर्सथ यो मौसममा मदिरा खुबै चल्छ । आज मैलेपनि अली अली मदिरा पान गरेर हो की के हो मदिराको बारेमा ब्लग गर्न मन लाग्यो र सुतेपछि पनि उठें। आधारातमा कविता वाचन गर्ने त कुरा भएन त्यै भएर मदिरा सम्बन्धि गाइएका तीन गजललाइ मैले भिडीयोमा राख्ने जमर्को गरें । आधा घण्टाको बिचमा तयार पारेको यो भिडीयोमा प्रसस्त गल्तीहरु छन । आशा गर्छु तपाँइहरुले यसलाइ संच्याउनु हुन्छ भन्ने । यो भिडीयोमा पंकज उदास द्दारा गाइएका तीन गजल लाइ राखेको छु जो मदिरा सँग मात्र सम्बन्धित छ । हेर्नुस र रमाउनुर पँकज उदासका यी गजलहरुसँग , यदी तपाँइलाइ गजल मन पर्दैन भने मलाइ लेखी पठाउनुस के मनपर्छ अर्को अंकमा म राख्ने कोशीस गर्ने छु । गुगलमा हेर्ने हो भने याँहा क्लिक गर्नुहोला
प्रथम नेपाली साहित्यक ब्लग पत्रिका "सयपत्री" मा म चहल सयपत्री को साहित्यक अभिबादन। । मैले आफ्ने ब्लग लाइ साहित्यीक रचनाले मात्र भर्ने विचार गरें किनकी यो भन्दा अगाडी मैले कुनै साहित्यक ब्लग भएको पाइनं यर्सथ "सयपत्री "लाइ मैले प्रथम नेपाली साहित्यक ब्लग घोषणा गरेको छु । आशा गर्छु "सयपत्री" लाइ तपाइहरुबाट सल्लाह ,सुझाब, प्रतिक्रिया र रचनाहरु बारम्बार पाइरहने छु भन्ने र कहिलेकाही रचनाहरु मैले साभार पनि गर्ने गरेको छु त्यस्कोलागी लेखक तथा प्रकाशकहरुबाट अनुमती पाइरहन्छु भन्ने आशा गर्दछु। उहि तपाइँहरुको--" चहल सयपत्री "