सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

December 28, 2005

यस्तो दुख पाइयो रेडीयो ब्लग तयार पार्दा

इन्टरनेट र कम्प्युटर सम्बन्धि भएको मेरो अल्पज्ञानको कारणले यो हप्ता साह्रै दुख पाउनुपर्यो । रहरै रहरमा रेडीयो ब्लग चलाँउछु भनेर पहिलो हप्ता गरेको विज्ञापनको कारणले दुख पाँए के गर्छस मंगले आफ्नै ढंगले भनेdmै भयो। कुरा के भने मेरो कम्प्युटरमा पहिलेदेखीनै एउटा अडियो रेकर्डर थियो जसमा मिक्सीगं र एडिटीगं गर्नपनि मिल्थ्यो । मैले रेडियो ब्लग यसैबाट तयार पार्छु भनेर लागें । जब पाँच मिनेटको आवाज रेकर्ड गरेर सेभ गर्न लागेको त सेभ नै भएन , पछि पो थाहा पाँए उक्त सफ्टवेयर त ट्रायल भर्सनको लागी मात्र उपलब्ध रहेछ । जसमा जम्मा दुइ मिनेटको मात्र सेभ गर्न मिल्ने रहेछ । पुरा चलाउनको लागी त दर्ता गर्नु पर्ने रहेछ जस्कोलागी तीस डलर तिर्नु पर्ने रहेछ । तर्सथ मेरो सबै योजना त्यही भताभुगं भयो । अर्को दिन गुगलमा गएर खोज्नथालें फ्री सप्टवेयर पाइन्छ कि भनेर । शुरुमा हेदा सबै प्रिm लेखेको भेटिन्छ तर जब उक्त प्रोगा्म डाउनलोड गर्यो र हेर्यो त्यो पनि त्यस्तै दर्ता गर्नैपर्ने , लगभग तीस डलर तिर्नै पर्ने । त्यो रात पनि खोज्दा खोज्दै बित्यो र अर्को रात खोज्न निस्कें याहु तिर र लामो खोज पश्चात एउटा पुण् रुपमा निशुल्क सफ्टवेयर भेट्टाएं र त्यसलाइ डाउनलोड गरेर चेक गरे नभन्दै यस्मा चाँहि लामो समय सम्मको लागी रेकर्ड गर्न मिल्ने र एडीट गर्न पनि मिल्ने रहेछ । अब भने षन्तोसको सास फेरें । त्यसपछी म शुक्रबार कुरेर बसें कार्यक्रम रेकर्ड गर्नको लागी किनकी मेरो बिदाको दिन शुक्रवार भएको हुँदा अन्य दिनमा रेकर्ड गर्न सम्भब थिएन । कम्पनिले दिएको एउटा कोठामा चारजना साथीहरु बस्दछौं तर्सथ कोठामा जतीबेलापनि फिल्म, गीत , संगीत बजीरहेको हुन्छ तर्सथ रेकर्डको लागी शुक्रबार भन्दा अरुबार सम्भब थिएन । शुकबारको दिन शुरुगरें केही कबिता र हरिभक्त कटुवालको बारेमा लेखीएको लेख वाचन गरेर रेकर्ड गर्न ।रेकर्ड गरेर पछि सुनेको त मेरो आवाज भन्दा अरुनै आवाज ठुलो आइरहेको रहेछ , त्यो केको आवाज होला भनेर चारैतिर हेरें आखीर कोठामा चलीरहेको एयरकण्डिसनको आवाज रहेछ । नेपालमा यतीबेला जती जाडो भएपनि कतारमा भने गर्मीनै छ । कोठाभन्दा बाहिर खासै गर्मी नभएपनि कोठामा चाँहि ए सि चलाउनै पर्छ । अब फेरी समस्या पर्यो एसि नचालाउँ भने पसीना खल्खल्ती बग्ने चलाउँ भने रेकर्ड गर्न नमील्ने । त्यसपछी एकपटक नुहाउन गएँ र नुहाएर आएपछि अली गर्मी कम भएको मौका छोपेर ए सी बन्द गरेर रेकर्ड गर्न थाल्ों तैपनि पसिनाभने आइरहेको थियो । पसिना बगाउँदै भएपनि सात आठ क्लिप अडियो रेकर्ड गरें । अब पालो थियो यी क्लिपहरु र गीत हरुलाइ मिक्स गर्ने तर फेरी अर्को समस्या उत्पन्न भयो त्यो के भने गीतहरुलाइ कसरी कम्प्युटरमा अपलोड गराउने भन्ने । मिक्स गर्नको लागी मलाइ गीत हरु एम पी थ्री मा चाहियो तर म सँग जती गीत सँगीत छन सबै भिडीयोमा मात्र । फेरी गुगलमा गएँ कतै भिसिडी फाइल लाइ एम पि थ्री मा कर्न्भर्ट गर्न मिल्छ कि भनेर । हजारौ यस्ता सफ्टवेयर त भेट्टाएँ तर ती र्सबै उहि पहिलाको जस्तै किन्न मात्र पाइने रहेछ निशुल्क नमिल्ने रहेछ । दुइरात सम्म खोज्दा पनि नपाए पछि आफ्नै डीभीडी बाट रेकर्ड गर्ने बिचार गरे यही माइक्रो फोनबाट जुनबाट आवाज रेकर्ड गरेको थीएँ । तर समस्या फेरी के आयो भने मेरो कोठामा कम्प्युटर एउटा कुनामा छ भने डिभिडी अर्को कुनामा , यी दुइलाइ र्सार्नपनि नमील्नेगरी सेट गरेको छ । तै पनि भैहाल्छ कि भनी पैतीस सय वाटको डिभिडी को आवाज पुरा खोलें र रेकर्ड गर्न थालें तर मेरो कानले त्यो आवाज पचाउन नसकेको कारणले गर्दा म चाँहि कानमा कपडा कोचेर बसें । अब यसपछी मलाइ केहि धुनहरुको आबश्यकता पर्यो मिक्र्स गर्नको लागी तर मैले कतै धुन पाउन सकिन । धेरै नेपाली तथा भारतीय साइटहरुबाट धुनहरु त डाउनलोड गरें तर ती फाइलहरुलाइ मेरो उक्त रेकर्डरले स्विकारेन र उक्त धुनहरुलाइ अपलोड गर्न सकीन । धेरै बेरको प्रयासपछी पनि असफल भएपछि मैले फेरी केहि गीतहरुका धुनलाइ नै काटकुट गरी जोडजाड गरी बिच बिचमा टालटुल पारें । अब भने गीत र आफ्ने रेकर्ड आवाजलाइ मिक्सगरें र फाइलपनि सेभ गरें । तयार भएपछि कस्तो भएछ त भनेर सुन्दा त फेरी ज्वरो आयो आफ्नो आवाज सुनेर कारण के भने हरेक अडियो क्लिप भिन्न भिन्नै समयमा रेकर्ड गरेको हुँदा कुनै क्लिपमा सानो स्वर, कुनैमा धोद्रे , कुनैमा नाके , कुनैमा नुन खाएको कुखुराजस्तो । अब म थाकीसकेको थीए यो ब्लग तयार पार्दा पार्दा तर्सथ जस्तो भएपनि होस भनेर यसलाइ यत्तिकै छोडीदिँए । अब अर्को दिन यसैलाइ भएनि राख्नुपर्यो भन्ने मनसायले निशुल्क होस्टगर्ने साइटहरु खोज्न थाले फेरि पनि गुगलमा गएर ।हजारौ साइट मध्ये केहि साइटहरुमा केशीस गरें तर समस्या dmन बढेर गयो । कुनै साइटमा फाइल फर्म्याट स्विकारेन , कसैमा फाइलको साइज ठुलो भयो , कसैमा एकहप्ताको लागी मात्र स्टोर गर्ने अनुमती त कुनैमा एकमहिना पछी स्वत फाइल डिलेट हुने , कसैमा डाउनलोड गर्न नमिल्ने । कती साइटमा त अपलोड गरयो र रिपोर्टको लागी कुदा कुर्दै दुइ तीन घण्ट बित्ने र अन्तमा अनसक्सेस , इरोर आदी इत्यादी भनेर रिपोर्ट आउने । तथापी लामो समय लागाएर दुइ साइटमा अपलोड गराए जुन अहिले सम्म लगभग सय पटक डाउनलोड गरीएको छ । यती तयार पार्दा मेरो एक हप्ताको निन्द्रा उड्यो । हरेक रात चार घण्ट भन्दा सुत्न पाइन तर अब भने यो दुख भोग्नु नपर्ला किनकी धेरैकुरा यो रेडियो ब्लगबाट सिक्ने मौका पाएँ । मलाइ थाहा छ यो समस्या मेरो अल्प ज्ञानको कारण आएको हो भनेर । कम्प्युटर र इन्टरनेट सम्बन्धि राम्रो ज्ञान हुनेहरुको लागी त यो समस्या हैन तर मेरो लागी पहाड फोर्नु जस्तै गाह्रो भयो । फेरी अरुलाइ केही सोधौ भनें म सँग बस्ने र कामगर्ने साथीहरु कसैलाइ पनि कम्प्युटरको बारेमा केहि थाहा छैन यती सम्म कि इमेल इन्टरनेट भनेको कुन चरिको नाम हो भन्छन । तर्सथ यदी तपाँइहरुले कथं कदाचित यो मेरो समस्याको पोको पढ्नुभयो भने र यदी तपाँइलाइ भिसिडी देखी एम पि थ्री कर्न्भर्ट गर्ने प|mी सफ्टवेयर इन्टरनेट बाट डाउनलोड गर्न म्ािल्छ भने कृपया यस्को जानकारी दिनुहोला । र फि्र अडियो होस्ट गर्ने भरपर्दो र सजीलो कुनै साइट छ भने जानकारी दिनुहोला । लौ त फेरी अर्को रेडीयो ब्लगमा भेटौंला । अहिले लाइ बिदा ।
चहल सयपत्री , कतार ।

3 Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2005/12/28/yasto-dhukha-paeyo/trackback/

  1. तपाईँको अनुभव पढ्दा तिहारताका आफूले गरेको पडकास्टको याद आयो। रहरै रहरमा सुरु गरेको थिएँ, सार्‍है दुःख पाइएको थियो। तर पछि बिस्तारै सजिलो हुँदै आयो। यद्यपि आफ्नै कारणले मैले त्यसलाई निरन्तरता दिन सकिरहेको छैन।

    तपाईँले सोध्नुभए जस्तो भीसीडी टु एमपीथ्रीको सफ्टवेयर त खोज्नै पर्ला। तर मसँग तपाईँले सोध्नुभएका अरु केही प्रश्नको उत्तर भने छ जस्तो लाग्यो। अडियो होस्ट गर्न धेरै ठाउँ छन्, तपाईँले गुगलमा पडकास्ट फ्री होस्ट भनेर सर्च गर्नुभएको भए निकै नै पाइन्थे होलान्। मलाई सबैभन्दा मन पर्ने भने blastpodcast.com हो। यसमा अडियो अपलोड र होस्ट गर्न निकै सजिलो र छिटो पनि छ। अडियो एडिटिङको लागि भने मलाई Wavepad सजिलो लाग्छ। त्यो किन्नु पर्ने सफ्टवेयर त हो, तर त्यसलाई चोरी (क्र्याक) गर्न पनि त मिल्छ नि। मैले चाहिँ क्र्याक गरी नै चलाएको हुँ।

    जे होस्, नेपाली भाषामा एउटा अर्को पडकास्ट आउँदा म निकै खुशी छु। सक्नुहुन्छ भने निरन्तर गर्नुहोला। प्रगतिको कामना।

    Comment by उमेश — December 28, 2005 @ 6:38 pm

  2. अनि अर्को कुरा, तपाईँले अडियो फाइललाई एमपीथ्रीमा नभई वेभ एक्सटेन्सनमा सेभ गर्नुभएको रहेछ। यसको कुनै कारण ? त्यो होस्ट गर्ने ठाउँले एमपीथ्री फाइल लिन नमानेकोले कि के हो ? त्यसो हो भने ब्लास्टपडकास्ट तपाईँको लागि ठीक हुन्छ। पडकास्ट भनेको सामान्यतया एमपीथ्रीमा नै हुन्छ। त्यसैले निःशुल्क पडकास्ट होस्ट गर्ने जुनसुकै ठाउँमा पनि तपाईँ एमपीथ्री होस्ट गर्न सक्नुहुन्छ।

    उमेश जी, सल्लाहको लागी धेरै धेरै धन्यवाद । हुनत मैले पनि wevpad मानै रेकर्ड गरेको हो तर सेभगर्दा mp3 मा नगरेर अर्कैमा गरीछु । होस्ट गर्दा भने मैले पोडकास्ट नरोजेर अन्य साइट रोज्नाले यो भएको हो । होरौं अर्को पटक सायद पोडकास्टमा आँउछुकि । चहल सयपत्री

    Comment by उमेश — December 28, 2005 @ 6:44 pm

  3. खुब मिहिनेत गर्नु भएछ। मिहिनेतको फल अवश्यनै मीठो हुन्छ। मैले गर्न सक्ने सहयोग गरौँला नै। उमेश जीको सहयोग पनि त छ नि ।

    Comment by सँकल्प पोख्रेल — July 3, 2006 @ 6:02 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here