चट्ट रुमाल क्या माइली कोटैको खल्तीमा
प्यारोडीकारः उही कुमार लामा
१९ पुस २०६२, लण्डन
मालदाइः चट्ट रुमाल क्या माइली कोटैको खल्तीमा
माफी हुन्छ, क्या माइली मायाको गल्तीमा।
माइलीभाउजूः खाने बेलामा क्या माइला भटट गरेर
अंग्रेजीमा क्या माइला रेटेटे गरेर।
मालदाइः उहिलेको बाजेको पालामा मकै थिएनन् डालामा
माइलीभाउजूः अहिलेको हाम्रो पालामा डलर र युरो स्वीट्जरल्याण्डमा
मालदाइः लाली सकियो क्या माइली तिम्रो गालामा
माइलीभाउजूः फोक्सेमास हो कि क्या माइला तिम्रो गालामा?
मालदाइः जुलुस देख्ता डर लाग्छ, मुटु काम्ने थर्-थर्-थर्-थर्
माइलीभाउजूः रक्सीले हो कि गाँजाले हो, माइला किन बर्-बर्-बर्-बर्?
मालदाइः पाल्पाली ढाका टोपी ढल्पल सिरैमा
माइलीभाउजूः के-के हुन्छ खै कुन्नि, ट्वाकको सुरैमा?
मालदाइः उहिलेको बाजेको पालामा…।
माइलीभाउजूः अहिलेको हाम्रो पालामा…।
मालदाइः माइली तिम्रो हेराइले छातिभित्र ढुक्-ढुक्-ढुक्-ढुक्
माइलीभाउजूः जे भो भैगो अब माइला, गर्नु छैन चुक्-चुक्-चुक्-चुक्
मालदाइः पहाडतिर मुर्दावाद भन्छन्, शहरतिर मुर्तीचोर
माइलीभाउजूः जस्ले जे भने ‘नि माइला त सातै जुनी मेरै
मालदाइः उहिलेको बाजेको पालामा…।
माइलीभाउजूः अहिलेको हाम्रो पालामा…।
मालदाइः चट्ट रुमाल क्या माइली कोटैको खल्तीमा।
माइलीभाउजूः माफी हुन्छ, क्या माइली मायाको गल्तीमा।
चट्ट रुमाल क्या माइली
रचनाः माल्दाइ, संगीतः डिस्को विक्रम, स्वरः मालदाइ र माइलीभाउजू। सधन्यवादः चलचित्र आफ्नो मान्छेको गीत “चट्ट रुमाल क्या मालुम्”।
साभार–गणतन्त्र नेपाल



हैन मेरो दाइको बारेमा तेस्तो गीत लेख्न त पाइएन नि कुमार जी अब देखी तेस्तो नलेख्नु है
Comment by कान्छो भाइ — January 2, 2006 @ 11:30 pm
यो प्यारोडी चाहिँ अर्को पडकास्टमा चहल सयपत्रीजीको स्वरमा सुन्न पाउँ !
Comment by उमेश — January 5, 2006 @ 4:46 pm