सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

January 19, 2006

प्रेम आयो, किन आयो ?

Filed under: कथा घर

समाचार यत्ति थियो ः उसको छोराको बिहे हुन लागेको छ।
तैपनि काठमाडाँै हल्लिरहेको थियो, एउटै वाक्यले । र, मैले बुझ्न सकिनँ, त्यो सूचनामूलक वाक्य थियो कि समाचारमूलक ? सूचनामूलक वाक्य भए पनि त्यसले उग्र ‘ब्रेकिङ् न्युज’ को रूप धारण गरिसकेको थियो ।

अर्को त्यस्तै ‘ब्रेकिङ् न्युज’ थियो, त्यसैसित गाँसिएको, ऊ स्वयम् पनि आउँदैछ । प्रेम आउँदैछ । धेरै दिनलाई होइन, केवल तीन दिनलाई । काठमाडौँलाई प्रदान गर्न उसित समय छैन । यस अखिल विश्वमै उसित कुनै मुलुकका लागि समय छैन । केवल आफू हुने जुन समय हो, त्यही समय उसको नाउँमा बित्दै जान्छ ।

स्टेट्समा उसको समय जहाँजहाँ चाहियो, ऊबाट छुट्टदिै त्यहाँत्यहाँ पुग्छ, आवश्यक मात्रामा । ऊ सेकेन्डमा भएको छ । मान्छे कोमामा गएजस्तै । समय ऊसित अनुमति नलिएरै छुट्टन्िछ । त्यसले गर्दा उसलाई थाहा छैन, ऊसित कति समय छ वा छैन । त्यसकारण ऊसित समय छैन, केवल सास छ, जुन ऊ सेकेन्डको दरभाउमा फेरिरहेको छ । हवाईजहाजमा चढ्न, एलिमेटरमा पस्न वा मातहतका मान्छेलाई निर्देशन दिन आवश्यक थियो । ऊ ती सब काम ऊबाट छुट्टएिर स्वयम् उसको समयले गर्दथ्यो ।

उसका बारेमा समयले किंवदन्तीहरू दिएको छ, होइन प्रसारण गर्ने गरेको छ । सब काठमाडाँैको प्रत्येक एन्टेनाबाट चुहिन्छन् ।

प्रेम वास्तविक अर्थमा मल्टिनेसनल उद्योगपति हो । नेपाली कुनै पनि व्यक्तिले त्यति उन्नति गरेको छैन, दुनियाँमै । उपेन्द्र महतो ? उपेन्द्र महतो त प्रेमका सामु केही पनि होइन ।

“उपेन्द्र महतो पनि त ठूलै मान्छे हो,” कसैले उपेन्द्र महतोका लागि सहानुभूति दर्शायो ।

“ठूलो मान्छे थियो तर अब होइन ।”

“अब ऊ नेपालमा लगानी गर्न थाल्यो ।” पक्षवालले भन्यो, “प्रेमलाई सोधेँ एकदिन, भन्यो, नेपालमा मैले लगानी गर्ने दिन आएको छैन अहिले ।”

“यसको के अर्थ भयो, के नेपालको नाफा नाफा होइन ?”

“उसका लागि होइन । ऊ अहिले केनिया, बुरुन्डीजस्ता देशमा पस्न चाहन्छ, मैले उपेन्द्र महतोबारे पनि सोधेको थिएँ ।”

“के भन्यो त ?”

“पहिले त भन्यो, को उपेन्द्र महतो ? म त चिन्दिनँ । सम्झाएपछि भन्यो, ए त्यो ? त्यो पनि मसित कुनै काममा गाँसिन चाहन्थ्यो । मैले भनिदिएँ, तपाईंले रुसबाट थाल्नुभएको थियो, होइन ? म अन्त्यमा रुससँग गाँसिन्छु, त्यसबखत सोचुँला ।”

सबले आश्चर्य प्रकट गरे, हेर उपेन्द्र महतोलाई समेत त्यस्तो भन्न सक्ने मानिस कस्तो होला ? जबकि यहाँ डा उपेन्द्र महतो भनेको डा उपेन्द्र महतो मात्र हुन सक्छ भन्छन् ।

त्यसैको छोराको बिहेमा ऊ आउँदैछ । उसका पूर्वपरिचित मित्रहरू पुलकित छन् । वास्तवमा भनुँ भने सारा काठमाडौँ पुलकित थियो । केही मित्रले मिलेर एक दिन उसको आगमनलाई सुललित, सुरुचिपूर्ण बनाउन, ‘प्रेमराज स्वागत समिति’ नै बनाइदिए । त्यो पनि एन्टेनाबाट चुहियो । स्वागत समिति एक सय एक जनाको थियो । अखबारहरूले गनेरै एक सय एक महानुभावको नाउँ नबिराएर छापे, कुनै पनि एउटा बिरियो भने त्यही उसको बढी नजिकको हुन सक्छ । त्यो त अन्याय हुन्छ । झारझुरका दृष्टिले त झन् अत्याचारै हुन्छ । त भाइ, रिस्क किन लिने ? छापिदिने । बरु दुई-चार नाउँ बढी भए पनि केही बिगि्रन्न । ऊ पन्छाएर पढ्ला, के छ ?

तिनीहरू उसकी स्वास्नीको समेत नाउँ हालेर स्वागत समिति बनाउन चाहन्थे । अफसोच के भयो भने, उसकी स्वास्नी खबर नगरेरै पहिले नै काठमाडौँ भित्रिइसकेकी रहिछ । बिहाको तयारी गर्न ।

मित्रहरूले जनाउ दिएअनुसार जुन दिन प्रेमकी स्वास्नी काठमाडौँ आएकी थिई, त्यसै दिन म एउटा कार्यालयमा आफ्नो एउटा लेखको पारिश्रमिक प्राप्त गर्न दिनभरि बसेको थिएँ । अरू भाउचर आदि सब भइसकेको थियो । एकाउन्टेन्ट आएको थिएन । दिनभरि नै आएन । म निराश र्फकन थालेको थिएँ । पाँच बजिसकेको थियो । एकाउन्टेन्ट गेटमा भेट भयो । निकै प्रसन्न थियो । थाहा भयो, ऊ पनि प्रेमकी स्वास्नीलाई रिसिभ गर्न गएको रहेछ ।

मैले भनेँ, “अहिले किन आएको त ?”

“हाजिर गर्न ।”

“यसबेला ?”

“केही छैन भाइ, स्वयम् जीएमले पठायो । आफूचाहिँ भाउजूसँगै गयो ।”

“यू मिन आफ्नी स्वास्न्ाीसँग ?”

“नो यार, प्रेम दाइकी श्रीमतीसँग,” एकाउन्टेन्टले भन्यो ।

मैले सोधँे, “जुन कारणले तिमी अहिले हाजिर गर्न पाइरहेछौ, त्यही कारणले मलाई मेरो पारिश्रमिक दिन सक्तैनौ ?”

एकाउन्टेन्टले भन्यो, “एउटा ठूलो कार्यमा सहभागी भएर आइरहेको छु, आज सानोतिनो काममा हात हाल्न कर नगर प्लिज ।”

मैले भनेँ, “मलाई त यही ठूलो छ तर… ।”

उसले भन्यो, “म पनि लेखक हुँ । तिम्रो कुरा बुझ्न सक्छु । तर, आज रकम बुझाउने समय मसित छैन । तत्काल बोलावट भएको छ ।”

त्यो स्वयम् कवि थियो । तर, आज कवितालाई तुच्छ देखिरहेको थियो, कविलाई झन् तुच्छ । मेरो पाँच सय रुपियाँ जम्मा त कुरै भएन । आज उसले आफूलाई करोडको प|mेममा फिट गरेको थियो ।

म रित्तै हात फर्कें । चिन्ताले सताउन थाल्यो, अब के गर्ने ? तरकारी … पनि के भन्नु, पढ्ने वा सुन्नेले भनिदिन्छ । यी लेखकहरू जहिले पनि गरिबी देखाएर लेख्छन् । त्यसको थालनीचाहिँ खानेकुरैबाट गर्छन् सधैँ, सधैँ दरिद्रता देखाएर हुन्छ ?

“अन्त्य गर्छन् फाटेको लुगाबाट,” यस्तै प्रसङ्गमा एउटाले भनेको थियो । त्यस कारण लेख्दिनँ, भइगो । तर, यसलाई लुकाउने कता हो । जीवनमै भएको तत्त्व यो ।

प्रेमतिरै जान थालेँ । त्यतिखेर काठमाडौँमा केही जना जम्मा भए कि प्रेम नै व्याप्त रहन्थ्यो । ऊ एक यस्तो नायक भइदियो, जो बिलकुल अनुपस्थित थियो तर हाम्रा राजेश हमाल आदि त छाडी भारतका अमिताभ र शाहरूखलाई समेत माथ गर्न भ्याइरहेको थियो ।

उसकी स्वास्नीको चर्चा बुद्धिजीवी, राजनीतिज्ञ सबैमा उत्तिकै थियो । भन्न थाले, “अ यङ् लुकिङ्, एलिगेन्ट इन्टेलिजेन्ट एन्ड बेल पफ्र्युम्ड ब्युटी ।”

दुई-चार जनाले त भनिदिएका थिए, “त्यसो त म यो चुनाव बहिष्कार गर्ने मानिस हुँ तर भाउजू उठिन् भने, भोट दिन जान्छु मात्र होइन, उनका तर्फबाट प्रचार पनि गर्छु ।

लगभग ४५ वर्षको उमेर हुँदो हो । प्रेमकी स्वास्नीका अघिल्तिर मिस नेपालहरू त कता हो कता भन्न थाले ।

आजसम्मका कुनै पनि मिस युनिभर्स, मिस अर्थ वा मिस वल्र्डभन्दा बीस नै छे ।

प्रेमको प्रत्येक कुरो सर्वश्रेष्ठ थियो । स्वास्नी पनि ।

मानिसलाई एउटै कुराले अलिक चिन्तित तुल्याएको थियो । प्रेमको छोरो देखिएन । बिहे कहिले थाहा भएन । प्रेम आइरहेको थिएन । कतै यो ‘वेटिङ् फर’ गरेको त हुने होइन ?

उसको अभिनन्दन गर्न पनि समिति बनिसकेको थियो । त्यो कति जनाको थियो, मलाई ज्ञान भएन । एउटा साहित्यिकहरूले गर्न लागेका थिए । उता अन्य पेसाका अलग्गै समितिहरू बनिसकेका थिए ।

हामीलाई त फोन आउँथ्यो कि चिठी, फलाना मितिमा तिम्रो अभिनन्दन छ आऊ । हामी आफूलाई महान् ठान्दै पुग्थ्यौँ । हामी राजकीय कवि थिएनौँ । राजकीय कवि त हालका मितिसम्म प्रेम पनि थिएन । तर, उसको समिति बन्यो । उसले कविता लेखेको यता आएर थाहा थिएन । जब लेख्थ्यो, करुण र भावुक कविता लेख्थ्यो तर त्यसबाट हास्यरस उत्पन्न हुन्थ्यो । यो ऊ जानेरै गथ्र्यो कि के थाहा छैन । करुण लेखेर हँसाउने कवि एकदमसित प्रतिभाविहीन त भन्न नमिल्ला । त्यही उसको पूर्वप्रतिभाको स्मरण गरेर अहिले अभिनन्दन गर्न लागेका हुन् कि ?

राजाका साथ उसको एक डिनर पनि ‘फिक्स’ गरिएको छ भन्ने सुनिन्थ्यो । ऊ प्लेन चार्टर गरेर आउँछ र सोझै सोल्टी पस्छ ।

म उसका पुराना दिनहरू सम्भिmन थालेँ । विगत उभिएको थियो । हामी नोकरी खोज्ने अनेक उपाय सोच्थ्यौँ । केही नलागेर निरास हुन्थ्यौँ । एकपटक आत्महत्या गर्ने प्रस्ताव पनि राखेको थियो । मैले मानिनँ । मैले नमान्दा ऊ आज यस्तो हुन सक्यो । एकछिन यस्तो गर्वयुक्त भाव पनि आयो मनमा । फेरि सोचेँ, म त अझै उस्तै छु ।

अन्त्यमा प्रेम आयो ।

अब एउटा नाटकीय क्षण उत्पन्न हुन्छ । सोल्टीको लाउन्जमा, प्रेम र म एकदम आमुन्ने-सामुन्ने भयौँ । यो संयोग थिएन तर त्यस्तै लागिरहेको थियो ।

प्रेमले देख्नासाथ सोध्यो, “तँ ? के छ हालचाल ?” “मेरो त पहिलेजस्तै छ, तेरोजस्तो छैन ।”

“मैले त सुनेको थिएँ… छैनस्, निकै दुःख मानेको थिएँ सुनेर ।”

“अहिले झन् लाग्यो होला देखेर,” मैले भनेँ ।

“या, आई डिन्ट एक्सपेक्ट यू… ।”

विगत सामुन्ने आउँदैन प्रायः । म तेरो विगत हुँ । नमर्नु मेरै गल्ती हुन सक्छ, तँलाई लाग्यो होला तेरो विगत अझै बाँचिरहेको छ । मेरो हैसियत छ, म तेरो विगत बनेर बाँचेको छु ।”

उसले भन्यो, “चाहन्छस् भने म तँलाई सहयोग गर्न सक्छु । पुरानो साथी होस्, तँलाई केही गर्दा मलाई प्रसन्नता नै हुन्छ ।”

त्यसपछि ऊ चारैतिरबाट विशिष्ट मानिसबाट घेरियो ।

केही दिनपछि प्रेम गयो पनि । छोरो देखिएन । बिहे भएन ।

मान्छे झन् उत्सुक भए । त्यसो भए प्रेम किन आयो ?

यसैमा किंवदन्तीहरू बन्न थाले । त्यसमा ध्यान दिनु जरुरी छैन । प्रेम लगभग हतारमा किन गयो ? यसको उत्तर खोज्न थालियो । जहाँ पुगे पनि ऊ एउटा ‘प्रेस कन्प|mेन्स’ नगरी जाँदैन थियो । यसपटक लुकेर गएजस्तै गयो ।

त्यसको उत्तर मसँग थियो । ऊ वास्तवमा मबिनाको काठमाडौँ चाहन्थ्यो । मलाई देखेर ऊ आत्तिएको थियो । त्यसकारण ऊ वास्तवमा मदेखि आत्तिएर भागेको थियो । आफ्नो विगतदेखि ।

मलाई पनि राम्रै भएको थियो । ऊ उडेकै दिन एकाउन्टेन्टले मलाई मेरो पारिश्रमिक दिएको थियो, जुन प्रेमका कारण रोकिएको थियो ।

उसको विगत थिएँ । त्यसैले ऊ भाग्यो ।

उसको विगत मेरो यथार्थ थियो । त्यसैले ऊ उडेपछि मेरो अड्किरहेको यथार्थलाई मैले झिकेर बल्ल सास फेर्न सक्ने बनाएको थिएँ । नत्र म पनि विगत बनेर बसिरहन्थेँ । अब बल्ल प्राकृतिक जीवन फर्केर आएको थियो, ऊ अनुपस्थित एउटा अन्तर अवश्य थियो, दुनियाँ र मेरोबीचमा ।

दुनियाँलाई ऊ त्यस्तरी गएको कारण थाहा थिएन, मलाई थियो ।

मलाई ऊ आयो किन, यो थाहा भएन, सके दुनियाँलाई थाहा होस् । यत्ति हो अन्तर । ल

श्रोत-नेपाल

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/01/19/prem-aayo/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here