स्रष्टाहरू पक्राउ
लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च नेपालले हिजो बानेश्वरमा आयोजना गरेको लोकतान्त्रिक सिर्जनायात्रामा शाही सरकारले लेखककलाकारलाई दमन गर्ने, अपमान गर्ने, वृद्धवृद्धा र महिलाहरुलाई बेइज्जतीका साथ गिरफ्तार गर्नेजस्ता निन्दनीय कार्य गरेपछि स्रस्टाहरु थप आन्दोलित भएका छन् । उक्त कार्यक्रमबाट प्रगतिशील लेखक संघका अध्यक्ष आनन्ददेव भट्ट, उपाध्यक्ष रुद्र खरेल, हरिगोविन्द लुइ“टेल, अर्जुन पराजुली, डा. तुलसी भट्टर्राई, कुसुम ज्ञावली, विष्णुदेवी -मुक्ता) श्रेष्ठ, नन्दकृष्ण जोशी, विमल अर्याल, भाष्कर गौतम, रुपक अधिकारीलगायतका स्रष्टाहरुलाई गिरफ्तार गरिएको छ । त्यस क्रममा प्रलेसका सल्लाहकार निनु चापागाईंको हात भा“च्चिएको छ । सचिव रमेश भट्टर्राई, कोषाध्यक्ष मातृका पोखरेललगायतका स्रष्टाहरु घाइते भएका छन् । शाही सरकारले देशमा बर्बर दमन गरी राजनीतिक पार्टी नागरिक समाज र प्राज्ञिक क्षेत्रका व्यक्तित्त्वहरुलाई गिरङ्खतार गर्ने, दमन गर्ने र लाठीचार्ज गर्नेजस्ता कार्य गरी आङ्खनो निरंकुश अनुहारलाई र्छलंग पारेको प्रगतिशील लेखक संघले जनाएको छ । विज्ञप्तिमा भनिएको छ- ‘जनता र राजनीतिक पार्टी आयोजना गर्ने शान्तिपूण्ा जुलुसमाथि दमन गर्न कायरतापूण् ढंगले निषेधाज्ञा लागू गर्ने, कफर््र्यु लगाउनेजस्ता कार्य गरी मानवअधिकार र स्वतन्त्रताको अपहरण गर्ने शाही सरकारको कार्यको प्रगतिशील लेखक संघ नेपाल तीव्र निन्दा, भर्त्सना र विरोध गर्दछ ।’ यसैगरी निरंकुशताविरोधी लोकतान्त्रिक आन्दोलनले उत्कर्षा लिइरहेकै अवस्थामा काठमाडौंमा आयोजना गरिएका शान्तिपूण्ा विरोध प्रदर्शनहरुलाई असफल बनाउने उद्देश्यले सरकारले राजनीतिक नेताहरु, नागरिक आन्दोलनका अगुवाहरु मानवअधिकारकर्मीहरुलगायत आमनागरिकलाई धरपकड गर्ने, स्थानहरु तोक गर्ने, जनतालाई आतंकित तुल्याउने र कफर््र्यु लगाउनेजस्ता घोर दमनको लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मोर्चाले तीव्र भर्त्सना गर्दै तत्काल रिहा गर्न आग्रह गरेको छ । मञ्चले निरंकुशताको अन्त र लोकतन्त्रको स्थापनाका गर्न दृढ मनोबलका साथ आन्दोलनका सबै कार्यक्रममा क्रियाशील हुन स्रष्टाहरु, राजनीतिक कर्मीहरु, मानवअधिकारकर्मीहरुलगायत आम नागरिकहरुलाई अनुरोध गरेको छ ।


