सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

January 29, 2006

लोकतन्त्रको आगो

विष्णुविभु घिमिरे
अहिले नेपाली जनजनका मनमा आगो छ, मनको आगो अब बाहिर निस्केर जताततै दन्क“दैछ । हिजोअस्तिसम्म भूसको आगो थियो- अहिले त्यो आगोले ड“ढेलोको बेग समातिसकेको छ । लोकतन्त्रका पक्षमा दन्केको यो आगो आन्दोलनका रुपमा अहिले देशभर व्याप्त भइसकेको छ । सरकारमा बस्ने बुख्या“चाहरु यो आगोबाट सबभन्दा त्रसित र भयभीत भई नानाथरी प्रलाप प्रलापिरहेछन् । पहिले राजधानी काठमाडौं उपत्यकामा मात्र विशेष रुपमा देखिने यो लोकतन्त्रको आगो अहिले पोखरा, विराटनगर, झापा, धनगढी, पाल्पा, बुटवल, चितवन, दाङ, इलाम, धनकुटा, धरान, जनकपुर, हेटांैडा आदि अनेकौं ठाउ“मा, पर्ूव मेचीदेखि महाकालीसम्मको प्रत्येक क्षेत्रमा निरन्तर एकपछि अर्को ठूलो ड“ढेलो भएर सल्किरहेछ । अहिले आगोको यो रुप छ, भोलि कस्तो रुप लिने हो - दिनहु“ प्रहरी दमन र बर्बर यातना भोग्न तयार भएर आन्दोलनमा निस्केका लाखौं युवाहरुको साहस र बलिदान हर्ेदा अब नेपाली जनताले चाहेको लोकतन्त्र त्यति टाढा देखि“दैन । प्रहरीको बन्दुकको कुञ्जो, टियरग्या“स, निर्मम लाठी प्रहार र यातनाबाट अलिकति पनि विचलित नभई आप\mनो गन्तव्यमा निरन्तर हुङ्कार गर्दै हि“डेको लोकतान्त्रिक क्रान्तिका योद्धाहरु देख्ता यस्तो लाग्छ- स्याल र प\mयाउराहरुले सिंहहरुलाई कहिलेसम्म ललाकार्ने र नियन्त्रणमा लिने प्रयास गर्ने - क्रान्ति योद्धाहरुका लागि आप\mनो मुटुभन्दा माटो प्यारो हुन्छ, माटोजत्तिकै मानिस भई बा“च्न पाउने आप\mनो स्वतन्त्रता प्यारो हुन्छ । मध्ययुगीन बर्बर निरकुंश शासक र शासनबारे इतिहासमा पढिन्थ्यो, त्यो अहिले हाम्रो देशमा यथार्थ रुपमा प्रतिगमन भएको छ । हजारौं मानिसहरु अहिले बन्दीहगृहमा छन्, दिनहु“जसो सयौं मानिसको टाउको फोरिन्छन्, हातखुट्टा भा“चिन्छन् र निरकुंश तानाशाहीको स्तुति नगरेकोमा तिनीहरुलाई कठोर दानवीय यातना दिइन्छ । तैपनि लोकतन्त्रको मूल्यमा क्रान्ति योद्धाहरु यस्ता यातनाहरुलाई आप\mनो परीक्षाको समय मानी निडिर भएर बा“चिरहेछन् । लोकतन्त्र एउटा उत्तम चेतना हो, एउटा विशिष्ट र सर्वोपरी विवेक हो । निरकुंश ब्वा“साहरु र निर्दयी बाजहरु अहिले त्यही चेतना र विवेकमाथि आप\mनो सारा युक्ति र शक्ति पर््रदर्शन गर्दै आक्रमण गरिरहेछन् । यो गर्नु उनीहरुको स्वभावै हो । तर आजसम्म यस्तो चेतना र विवेकका लागि यी जाबो त के, कहिल्यै घाम नअस्ताउने विशाल साम्राज्यका शासकसमेत हारेका छन् । निरकुंश, निष्ठुर, निर्दयीहरुको शासन कहिलेसम्म टिक्ला - हिटलर, मुसोलोनी, बोकासा, दादा इदिअमिन, अझ पौराणिक कालमा जाने हो भने हिरण्युकशिपु, कंस, रावण आदि अनेकौं यस्ता खलपात्रहरु भेटिन्छन्- तर दमनको शासनमा शासकको आसन कहिलेसम्म - यो प्रश्न पनि र उत्तर पनि हो ।
अब सम्झौतापरस्त परिवर्तनको दिनगन्ती अन्तिममा पुगिसकेको छ, खुट्टा कमाएर जंघार पार गर्न सकि“दैन । अब परिवर्तन अवश्यम्भावी छ, नया“ स्वादको आमूल परिवर्तन । जहा“ हामी माथि आकाश मात्र हुनेछ र हामी उभिने धर्तीमा हाम्रो स्वाभिमान हाम्रो परिचय हुनेछ । आन्दोलनको यो आगो कुनै निरंकुश हावाबतासले निभाउन सक्तैन । अब घडी बा“धेर समय रोक्न सकि“दैन । प्रलय हुनुअघि, इतिहासले कोल्टे फेर्नुअघि यस्तै आगो र्सवत्र दन्दनाउने गर्छ, जुन आगो अहिले हाम्रो देशमा र्सवत्र फैल“दैछ ।
“एउटा पिटाइ खान्छ, हामी हजार जुट्छौं”
एउटा मरेर जान्छ, हामी हजार हुन्छौं
एउटा पिटाइ खान्छ, हामी हजार जुट्छौं
कवि रामचन्द्र भट्टर्राईद्वारा रचित चलचित्र बलिदानको यो शर्ीष्ा गीतले भनेझैं यतिखेर लोकतान्त्रिक स्रष्टाहरु सत्ताको पिटाइ खाएर हतोत्साहित भएका छैनन् । बरु लोकतन्त्रको पक्षमा झन्-झन् गोलबन्द हुदैछन् ।
यसै सर्न्दर्भमा आज आइतबार दिउ“सो १ बजे सहिद दिवसको दिन स्रष्टाहरुले जोरपाटीस्थित भैरव अर्यालचोकमा कविता र गीतहरु प्रस्तुत गर्ने भएका छन् । यसैगरी माघ १७ गते यलमाया केन्द्र, पाटनढोकामा १ बजेदेखि दिनभरि नै लोकतान्त्रिक व्यङ्ग्यचित्र, चित्रकला, फोटो एवं मर्ूर्तिकला र सडकनाटक प्रदर्शनीको आयोजना पनि गर्नेछन् । सा“झ सोही स्थानमा लोकतान्त्रिक आन्दोलन केन्द्रित वृत्तचित्र प्रदर्शनी गरिनेछ ।
गत माघ ८ गते शनिबार लोकतान्त्रिक स्रष्टाहरुद्वारा कविता तथा गीत प्रस्तुत भइरहदा बानेश्वरचोकमा सरकारले निर्मम लाठी प्रहार गरी स्रष्टाहरु तथा उपस्थित श्रोतार्-दर्शकमाथि जघन्य व्यवहार प्रदर्शन गर्‍यो । सो समारोहबाट आततायी सत्तँका रक्ष्ँकहरुले १५ जना स्रष्टाहरुलाई लछारपछार गर्दै गिरफ्तारसमेत गर्‍यो । त्यसरी लछारपछार गरेर स्रष्टाहरुलाई गिरफ्तार गर्ने सुरक्षाकर्मीहरुको रर्ेकर्ड राखिएको र लोकतन्त्र स्थापनापछि कडा कारबाही गरिने सात दलका दलका नेताहरुले जनाएका छन् ।
स्रष्टाहरुमाथि निर्मम लाठी प्रहारको दृश्यले राजाको वर्तमान सरकारको निरंकुशताको अत्यन्तलाई सटीक प्रकटीकरण गरेको ठहर स्रष्टाहरुको छ । लोकतान्त्रिक स्रष्टाहरुले कविता र गीतहरु प्रस्तुत गर्दागर्दै निरंकुश सत्ताले आफ्नो घिनलाग्दो पञ्जा फैलाउन थाल्यो । बिल्कुलै निहत्था कविकलाकारहरु आआङ्खना कलात्मक रचनाहरु प्रस्तुत गर्दैथिए । उनीहरु ढुंगामुढा गरिरहेका थिएनन्, उनीहरु कुनै नाराबाजी पनि गरिरहेका थिएनन् । उनीहरु केवल आङ्खना रचनाहरु पाठ गरिरहेका थिए । रचनाहरुमार्फ लोकतन्त्र र शान्तिको आवाजलाई मुखरित गरिरहेका थिए । यत्तिकैमा एकाएक नृशंस लाठी प्रहार भयो । कार्यक्रमका सभापति वरिष्ठ समालोचक तथा लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चको अध्यक्ष सभा सदस्य निनु चापागाईंमाथि लाठीको वषा हुदा उहाको दाहिने हातको कान्छी आंला दुइ ठाउ“मा फ्याक्चर भएको छ । चिकित्सकहरुका अनुसार उहा“को हात ठीक हुन करिब तीन महिना लाग्नेछ । यसैगरी उक्त कार्यक्रममा उद्घोषक एवं मञ्चका महासचिव रमेश भट्टर्राई तथा कार्यक्रम सहयोगी तथा सचिव मातृका पोखरेललाई खुट्टा र पिठ्यूमा नीलडाम बस्ने गरी लाठी प्रहार गरियो । अन्य कवि एवं श्रोतासमेतलाई निर्ममतापर्ूवक लाठी प्रहार गरियो । ‘लेखकको औंला भाचिने गरी सरकारले गरेको यस प्रहारलाई हामीले गम्भीर र प्रतीकात्मक अर्थमा लिएका छौं । ‘तानाशाहले स्रष्टाहरुका हातहरु भाच्दैमा स्रष्टाका सिर्जना रोकिने छैनन् । तिनले लोकतन्त्र र शान्तिका पक्षमा निरन्तर आवाज दिइरहनेछन् भन्ने उद्घोष हामी गन चाहन्छौं,’ लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चको अध्यक्षसभा सदस्य डा. तुलसी भट्टर्राईले भन्नुभयो । आन्दोलनरत असंख्य नेता तथा कार्यकर्ता र नागरिकहरुलाई थुन्ने, कुट्ने र कर्यु एवं अनेक तवरका प्रतिबन्धहरु लगाउने जुन कुकार्य सरकारले गरिरहेको छ, त्यो तानाशाहीको पराजित मानसिकताको द्योतक हो भन्ने स्रष्टाहरुको ठहर छ । त्यसैले त्यतिखेर लोकतान्त्रिक आन्दोलनलाई अबिराम र सम्झौताविहीन ढंगले अघि बढाउनु जरुरी भएको पनि उनीहरुको ठहर छ । तानाशाही सरकारका तमाम कुकृत्यहरुको निन्दा गर्दै स्रष्टाहरुको मञ्चले उद्घोष गरेको छ- ‘नेपाली जनता रोकिने छैनन्, लोकतान्त्रिक स्रष्टाहरु रोकिने छैनन् ।’

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/01/29/loktantra-ko-aago/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here