गजल
कुमार कार्की
काँडा माझ फुलेको फुल झार्ने मान्छे देखेको छु ।
परदेशिएर माया मार्ने मान्छे देखेको छु ।
देशभक्ति साथसाथै वोकी हिड्छु भनेपनि ,
झुक्याएर माटोलाई टार्ने मान्छे देखेको छु ।
नाटकीय वचनले खोक्रो आशा देखाएर ,
स्वाभिमानलाई सिमा तार्ने मान्छे देखेको छु ।
घुम्टो ओढि अभिमन्यु बन्न खोजे पनि ,
आफन्तलाई जालमा पार्ने मान्छे देखेको छु ।
असत्यको पक्ष लिई जति लडे पनि ,
आखिरीमा आफैँ सँग हार्ने मान्छे देखेको छु ।
दोहा कतार
kumar1985karki@yahoo.com


