सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

February 27, 2006

त्यो फूल मैले, कसरी टिपूँ ?

तुलसी घिमिरे

त्यो फूल मैले, कसरी टिपूँ, काँडा नै काँडा छ
कसरी पुगूँ बादलु पारि डाँडा नै डाँडा छ।

बिहानमात्रै कोपिला थियो फूल आज फूलेछ
सुटुक्क आई बगैँचाभित्र, भँवरा डुलेछ

जुन गीत गाउँछु छेकिन्छ स्वर दुरीनै टाढा छ
कसरी पुगूँ, बादलु पारि डाँडा नै डाँडा छ।।

चरीझैँ उडूँ, दौडेर पुगूँ, मन हुन्छ दोमन
मन त थियो उडेर आउने आएनौ नभन

बुझाउँछु मन मसँग तिम्रो, तस्विर छाया छ
कसरी पुगूँ, बादलु पारि डाँडा नै डाँडा छ।।

February 23, 2006

भर्खरै प्रकाशित केही कृती हरु

Filed under: विविध

नेपालको सर्न्दर्भमा राज्यको
पुनःसंरचना
(लेख-सङ्ग्रह)
सम्पादकः सीताराम तामाङ
प्रकाशकः सामना प्रकाशन, नेपाल, २०६२
पृष्ठः ५३४±, मूल्यः रु.२७५

भावनामा राष्ट्र बोल्छ
(गजल-सङ्ग्रह)
कृतिकारः इन्द्रलाल श्रेष्ठ ‘अद्वितीय’
प्रकाशकः चितवन साहित्य परिषद्, २०६२
पृष्ठः ६५, मूल्यः रु.७५

साथीसँग वनभोज
(बालकथा-सङ्ग्रह)
लेखनः सौरभकिरण श्रेष्ठ
प्रकाशकः रत्न पुस्तक भण्डार, २०६२
पृष्ठः ३२, मूल्यः रु.४०

पोस्टमार्टम
(लघुकथा-सङ्ग्रह)
कथाकारः डा. रवीन्द्र समीर
प्रकाशिकाः दीपा पाण्डे, काठमाडौँ, २०६२
पृष्ठः ८०, मूल्यः रु.६०

एक्काइसौँ शताब्दीमा अपराध
(अपराध विधिको सामान्य विश्लेषण)
लेखक/प्रकाशकः डा. लोकेन्द्र शर्मा वाग्ले, २०६२
पृष्ठः २५०, मूल्यः रु.२००

अर्न्तर्द्वन्द्वका ज्वार-भाटा
(कविता-सङ्ग्रह)
कविः मुकुन्द पोखरेल
प्रकाशकः भक्तपुर साहित्य प्रतिष्ठान, २०६२
पृष्ठः ४१±, मूल्यः रु.५५

February 19, 2006

ग्रेटवालको ग्रेट अनुभूति

डा. रवीन्द्र समीर
‘भोलि बिहान हामी ग्रेटवाल जाने कार्यक्रम छ, ब्रेकफास्ट गरेर ८ः०० बजे तयार हुनुहोला’ स्याडीको उर्दीले मेरो मन अत्यन्तै रोमाञ्चित भयो । ‘चन्द्रमाबाट पृथ्वीमा देखिने एउटै वस्तु ग्रेटवाल हो’ मिलीको गौरवपर्ूण्ा अभिव्यक्तिले मेरो मनले भोलिको प्रतीक्षामा एक रातलाई एक वर्षतुल्यायो । गतसाल अगष्टको अन्तिम सप्ताह, होटेल हे जिङ्ग फु बेइजिङबाट बिहान ७ः३० बजे ब्रेकफास्ट लिएपछि दिउँसोको खानाको प्याकिङ, पानीका बोतलहरू, बियरका क्यानहरू र क्यामरा बोकेर म हाम्रो लागि पर्खिरहेको बसमा पुगेँ । मलाई लाग्यो, आज म ठूलो समरमा हिँडिरहेको छु, विश्वका थुप्रै आर्श्चर्यहरूमध्येको गे्रटवाललाई चुम्दैछु । ‘करिब ३ घण्टाको तूफानी बसयात्रापछि हामी ग्रेटवालको आधार शिविरमा पुग्नेछौँ, त्यसपछि ३/४ घण्टाको उकालो चढ्नुपर्नेछ ।’ कार्यक्रम संयोजक रेन चाओ याङ्गको अभिव्यक्तिले मैले रेसुङ्गाको उकालो, र्स्वर्गद्वारीको उकालो, मनकामनाको उकालो, नागार्जुनको उकालोलगायत दर्जनौँ यात्राहरूको सम्झना गरेँ र बाल्यकालमा पढेको डा. तारानाथ शर्माको घनघस्याको उकालोलाई सम्झिएँ । ‘रविन ! मलाई उकालो चढ्न साह्रै गाह्रो लाग्छ, कृपया साथ नछोड्नु है ! थाइल्याण्डकी अन्तरंग मित्र सेनीले हिमालपुत्र हुनुको जिम्मेवारीबोध गर्राई । यात्रामा हामी विभिन्न देश, विभिन्न संस्कृति र विभिन्न अनुभवको रापले पाकेका साथीहरू थियौँ । मेरो ठट्टाका हास्यपात्रहरू, जे बोले पनि ठट्टा सम्झिने श्रीलङ्काका कालीसुन्दरीहरू भन्दै थिए- ‘रविन ! उकालो चढुञ्जेल जोक गरिरहनु है ।’ संस्कृति एवं रहनसहनको सामीप्यले होला, मेरो जोकले श्रीलङ्काका साथीहरूलाई (more…)

February 14, 2006

Will you be my Valentine ?

Filed under: Uncategorized



It’s Valentine’s Day once again
And as I think of you
Wonderful thoughts fill my mind
As they always do

After all these years
I can still see and feel
The sparkle in your eyes
The love in your heart

So on this Special Day
To You, I’d like to say
Will you be my Valentine
My Special Love for all time.

February 12, 2006

कविता क्लब

Filed under: विविध

एक हुल कवि तथा पत्रकारले गठन गरेका छन्- कविता क्लब, काठमाडौं । कविहरू विमला तुम्खेवा, मणि लोहनी, पदम गौतम, नारायण श्रेष्ठ अनि अनमोलमणि मिलेर यो क्लब गठन गरेका हुन् । प्रेम दिवसको अवसर पारेर सदस्यहरूले ‘प्रेम कविता’ वाचन गर्ने भएका छन् ।
गुरुकुल र कविता क्लबको संयुक्त पहलमा शालीन र बौद्धिक श्रोता र दर्शकको उपस्थिति रहने जनाएका छन् । ‘कविता क्लब कविताको परम्परागत ढर्राबाट माथि उठेर समयानुकूल कवितालाई आम मानिससम्म पुर्‍याउने सोचका साथ उभिएका जुझारु युवाहरूको समूह हो,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘प्रेम मानवीय मूल्य मान्यताको सबैभन्दा कालजयी विषय हो भने संसारका सबै बेथितिलाई प्रेममय भावनाबाटै जित्न सकिन्छ अहंले होइन ।’

February 7, 2006

लोकतन्त्रको शंखनाद : वर्तमानको दर्पण

डा. तुलसी भट्टर्राई

देशका निमित जो मर्छ,
उसैले देश राख्तछ,
बाँचेर मर्नुभन्दा त मरेर बाँच्नु बेश छ ।
जबसम्म निरो रहिरहन्छ देश जलिरहन्छ ।
अन्धो धृतराष्ट्रलाई भनिदिए हुन्छ-
अब हामी पनि सक्षम छौं राजकाज चलाउन ।
प्रतिगमनका हिमायती र मतियारहरु
आगोसँग जिस्कने प्रयास नगर
जनता भनेका आगो हुन् ।
झुक्न पटक्कै मान्दैन यो अटेरी मन
रिसानी माफ होस् महाराज
यसले त स्वाधीनताको बाटो समातेको छ ।
र् ‘वर्तमानको पुल्ठोमा राँको सल्काएर
तिमीले खेदे हुन्छ त्यसलाई ।’ (more…)

February 2, 2006

झिल्को

राजेन्द्र खनाल

बन्नु पर्छ आगोको राता लप्काहरु
दन्दन् दन्काउदै बनमारा घारीहरुलाई
ध्वस्त पार्दै स्याल र व्वाँसाका हिंस्रक गुडहरु
अनि पलाउनु पर्छ, सालका कलकलाउँदा
मुनाहरु
त्यसपछि
पालुवा हालेका मैनाका रुखहरुबाट
कुलर्नु पर्छ ताँवे ढुकुरहरु
ढुकुर कुर ! ढुकुर कुर !
अनि
लयमा लय हालेर उफ्रनु पर्छ
मृगका चनमते बच्चाहरु
र हरियो र्फकनु पर्छ, थकौलीका
लहराहरुमा पनि
झिल्को
झोसिनुहुँदैन
वर्षौदेखि पोचिएका सिमलका मुडाहरुमा
घुसपैठ हुनसक्छ
सेपमा ओसिएका पातबाट पनि
चट्ट्ट् यस्तै हुनुपर्छ आवाज
र पस्नु पर्छ, काला गोमन लुक्ने
प्वालहरुभित्रपनि
तर, खरायो जल्नु हुँदैन
झिल्को
हावा आउन सक्छ, मोड्न मोडाउन
अनि
भड्काउन, तर्काउन सक्छ
तर निभ्नु हुँदैन
वरु खरघारीलाई सहयोग मागेर
जल्नै पर्छ, जलाउनै पर्छ
तर वस्तीमा पस्नु हुँदैन
सम्झ
वस्तीमा आमा हुन्छिन्
गाइ हुन्छिन् र परेवाहरु हुन्छन् ।

February 1, 2006

मेरो मोल

आरोह अवरोह मोल जगतको घरि घरि ।
गर्छन् मानिस मेरो मोल यहाँ थरिथरि ।।

लामो केश भए बीस रुपैयाँ मोल्छ नाई ।
रोगी भए चिकित्सकको दुहुनो गाई ।।

मात्र एक खिलि पान सोच्छ पान पसले ।
विकल्पमा दोश्रो छैन मुटुमा राख्या छ जसले ।।
(more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here