मेरो मोल
आरोह अवरोह मोल जगतको घरि घरि ।
गर्छन् मानिस मेरो मोल यहाँ थरिथरि ।।
लामो केश भए बीस रुपैयाँ मोल्छ नाई ।
रोगी भए चिकित्सकको दुहुनो गाई ।।
मात्र एक खिलि पान सोच्छ पान पसले ।
विकल्पमा दोश्रो छैन मुटुमा राख्या छ जसले ।।
पादुका पसलमा मिल्छ संज्ञा एक जोर ।
मेरो दौलत मेरै मोल ठान्छ दुष्ट चोर ।।
यात्रा दर्रि्रीको सधै बिकट ।
सवारीमा चढाए पाउ एक टिकट ।।
पासपोर्टमा भिजा भए विदेशीको साथ ।
मानव बिक्रि केन्द्रको म एक लाख ।।
- अप्जसी


