सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

February 7, 2006

लोकतन्त्रको शंखनाद : वर्तमानको दर्पण

डा. तुलसी भट्टर्राई

देशका निमित जो मर्छ,
उसैले देश राख्तछ,
बाँचेर मर्नुभन्दा त मरेर बाँच्नु बेश छ ।
जबसम्म निरो रहिरहन्छ देश जलिरहन्छ ।
अन्धो धृतराष्ट्रलाई भनिदिए हुन्छ-
अब हामी पनि सक्षम छौं राजकाज चलाउन ।
प्रतिगमनका हिमायती र मतियारहरु
आगोसँग जिस्कने प्रयास नगर
जनता भनेका आगो हुन् ।
झुक्न पटक्कै मान्दैन यो अटेरी मन
रिसानी माफ होस् महाराज
यसले त स्वाधीनताको बाटो समातेको छ ।
र् ‘वर्तमानको पुल्ठोमा राँको सल्काएर
तिमीले खेदे हुन्छ त्यसलाई ।’
लोकतन्त्रको शंखनाद शर्ीष्ाक कविता-संग्रहका यी पंक्तिहरु पढ्दा अब धेरै दिन यो निरंकुशतन्त्र टिक्तैन भन्ने प्रस्ट हुन्छ । यतिबेला लेखकका कलम नै गोली, भाला र बन्चराभन्दा तेजिला र ओजिला बन्न थालेका छन् ।
स्रष्टाका कलमको शक्तिकथा आजमात्र देखिएको होइन । मानवसृष्टिसँगै विचार र चिन्तनहरु पनि उत्पन्न भए । विचारले विचारक र चिन्तन दर्शनले दार्शनिकहरु जन्मायो । यस्ता, चिन्तक र दर्शनहरुले युगौंदेखि मानवसमाजको मार्गदर्शन गर्दै आएका छन् ।- मनु, वाल्मीकि, व्यास, कालिदास आदि । सुकरात, प्लेटो, अरस्तु आदि । प्राचीन चिन्तक वा दार्शनिक अथवा पछिल्ला मार्क्स गान्धी आदि । यी सबैको लक्ष्य सामाजिक रुपान्तरण थियो ।
-आफूभन्दा अघिका कुरुप पक्षको समाप्ति र आङ्खनो समयको विकृति, विसंगति र अन्यायको निराकरण । निरंकुश सत्ताको समग्र परिवर्तन अथवा समयानुकूल संशोधनका निम्ति आङ्खनो सिर्जना वा कर्मद्वारा मार्ग पहिल्याउनु उद्देश्य थियो ।
- स्रष्टाहरु -चिन्तक, विचारक, कवि, कलाकार सबै) स्वभावतः स्वतन्त्र परिवेश रुचाउँछन् । बन्धन, निरंकुशतन्त्र मन पराउ“दैनन् । सामाजिक समान न्यायका पक्षमा उभिने गर्छन् ।
-विश्वको जुनसुकै मुलुकको इतिहास हेदा थाहा पाइन्छ । कुनै पनि बेला आङ्खनो मुलुकमा निरंकुशता वा अधिनायकी चलेको सर्न्दर्भमा निरंकुशतन्त्र जाग्दा त्यसका विरुद्ध स्रष्टाहरु एकजुट हुने गर्दछन् । अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि अंकुश मान्य हुँदैन भनेर शासनसत्ताको विरोध गर्छन् ।
-नेपालको सर्न्दर्भमा पनि धेरै स्रष्टाहरुले निरंकुशतत्रका विरुद्ध अथवा सामाजिक रुढि-अन्धविश्वास हटाउन उहिल्यैदेखि कलम चलाउँदै आएका थिए । सामाजिक असमानता र अन्यायका विरुद्ध शंखनाद गरेका थिए ।
-चन्द्रशमशेरको शासनकालमा ‘मकैको खेती’ नामको पुस्तक लेखेर जेल परेका र जेलमै मृत्यु पाएका कृष्णलालको प्रसंग यतिबेला कथा बनिसकेको छ । सन्तानब्बे साल काण्डका शहीद शुक्रराज आध्यामिक चिन्तक र कथावाचक थिए । सात सालअघि महाकवि देवकोटा, युद्धप्रसाद, सिद्धिचरण, रिमाललगायत दर्जनौं स्रष्टाहरुले निरंकुशतन्त्रको विरोध गर्दा विभिन्न यातना झेल्नुपरेको कुरा पनि यतिबेला कथा बनिसकेको छ ।
-२०३६ को जनमत-संग्रहमा सामाजिक चेतना जगाएर राजनीतिक अधिकारप्रति प्रेरित गर्न स्रष्टाले ठूलो योगदान पुर्‍याएका थिए । छयालीसको जनआन्दोलनलाई सशक्त पार्न स्रष्टाको भूमिका अद्वितीय रहेको कुरा चर्चाको विषय बनिरहेको छ । प्रजातन्त्र पुनर्बहालीसँगै बहुदलीय व्यवस्था सञ्चालन गर्ने काममा योगदान पुगेको हो ।
-यतिबेला फेरि लोकतन्त्रका निम्ति संर्घष्ा चलिरहेको छ । एक वर्षेखि राजाको प्रत्यक्ष शासन- अर्थात् अघोषित सैनिकीकरण चलिरहेको छ । संसद् विघटित छ । दलहरु परोक्ष प्रतिबन्धित छन् मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र समग्रमा सम्पर्ूण्ा जनअधिकार निलम्बित छ । राजाले मात्र एकाधिकारी शासन चलाएका छन् ।
-यद्यपि मुलुकका प्रमुख -बहुदलवादी) दलहरु एकजुट भएर संर्घष्ा गर्दैछन् । विभिन्न पेशागत समूह -शिक्षक, वकिल, पत्रकार आदि) पनि निरंकुशतन्त्रविरुद्ध आन्दोलनरत छन् ।
‘लोकतन्त्र’ साझा विषय हो । सबैको सरोकार, चासो र आवश्यकताको विषय हो । घाम जस्तै नभई नहुने अर्थात् मानवमात्रको अभीष्ट कुरा हो- लोकतन्त्र । आजको समाज आदिम परम्पराको ‘एकल निर्दिष्ट’ शासनमा बाँधि“दैन । समतामूलक र समावेशी समाज निर्माण गर्ने एकमात्र शासन पद्धति भनेको ‘लोकतन्त्र’ हो । लोकतन्त्र अर्थात् जनताद्वारा निर्दिष्ट र अनुबन्धित, स्वीकृत शासनपद्धति ।’
-स्रष्टाहरु यही र यस्तै लोकतन्त्रको स्वर घन्काउ“दै जुर्मुराएका छन् । काठमाडौंमा मात्र होइन, मुलुकका विभिन्न क्षेत्रहरुमा स्रष्टाहरु गोली, बारुदका विरुद्ध तर ‘लोकतन्त्र’प्राप्तिका लागि आङ्खना कलम र कुचीमा विचार चिन्तन र कलालाई उतार्दैछन् ।
-पश्चिम नेपालको रुपन्देही क्षेत्रका स्रष्टाहरु केही समयदेखि निरंकुशतन्त्रविरुद्ध सडक कविता क्रान्तिमा लागेका छन् । कालोपट्टी, जुलुस र धर्नासँगसँगै -लोकतान्त्रिक सिर्जना यात्रामा जुटेका छन् ।
‘नागरिक जागरण अभियानद्वारा प्रकाशित अनि सम्पादकद्वय ऋषिराम भुसाल र मुरारी पराजुलीद्वारा सम्पादित कृति ‘लोकतन्त्रको शंखनाद’ यतिबेलाको लोकतान्त्रिक आन्दोलन अभियानको एउटा उल्लेख्य कविता कृति हो ।
-चर्चित कविहरु- रामचन्द्र भट्टर्राई, दिल साहनी, बुँद राना, बनमाली निराकार, ऋषिराम भुसाल र मुरारी पराजुलीसमेत ६ जनाका पाँच-पाँचवटा जम्मा तीसवटा कविता प्रकाशित छन् । यी कविताले वर्तमान समयको निरंकुशसत्ताले दिएको त्रासदी पीडा, अन्याय, अत्याचार र विसंगतिलाई राम्ररी अर्थ्याएको छ । मुलुक एकतन्त्रीय शासनको पञ्जामा परेका बेला स्रष्टाहरु त्यसै टुलुटुलु मूकदर्शक बन्नु हुँदैन । जनताका पक्षमा उभिनुपर्छ । जनताका हितमा, जनताको जितमा, राष्ट्रको गौरव र प्रतिष्ठाका पक्षमा र प्रमुख रुपमा यी सबै कुराको आधार ‘लोकतन्त्र’ स्थापनाका पक्षमा उभिनुपर्छ भन्ने मान्यता बोकेर यी आधादर्जन कविले आङ्खना विचारलाई कलममा उतारे अनि विभिन्न सभा, गोष्ठीहरुमा सुनाए । त्यतिले पनि चित्त नबुझेर यस अभियानलाई स्थायित्व दिन ‘लोकतन्त्रको शंखनाद’ नामबाट प्रकाशित गरे ।
-यी सबै स्रष्टाको यो प्रयास अभिनन्दनीय अनुकरणीय छ । साँच्चै नै ‘सेतो हात्तीलाई रोम जलिरहेको’ देख्ता पनि ‘बोधार्थ हुँदैन । ‘जनता भनेका आगो हुन्’ भन्ने कुरा ‘इतिहासका प्रायोजित मिथक’ले थाहा पाउँदा-पाउँदै पनि बुझ पचाएर ‘मेरी आमाको दाइजो’ ठानिरहेको छ ।
-प्रस्तुत ‘लोकतन्त्रको शंखनाद’ कविताकृति आजको यथार्थ दर्पण हो । दर्पणमा नहेरी अनुहार प्रस्टिँदैन । यो कृति त्यसकारण हेर्नैपर्छ । स्रष्टाका निम्ति मात्र होइन- राजनीतिक समुदायले पनि यसबाट धेरै कुरा ग्रहण गर्न योग्य छ ।
-यति स्तरीय, समयानुकूल र उल्लेख्य कविताकृति तयार पारेर जनसमक्ष प्रेरणार्थ प्रस्तुत गर्ने सबै -६ जना) स्रष्टाहरुमा उत्तरोत्तर सिर्जना यात्राक्रम बढाउन अझ शक्ति प्राप्त होस् भन्ने कामनाका साथ …।

1 Comment »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/02/07/loktantra/trackback/

  1. thanks for this artical. I am very glad so this site.

    Comment by rajan khadka — March 25, 2006 @ 11:58 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here