सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

March 29, 2006

घाचोक एक चिनारी

Filed under: विविध

देव गुरुङ

dev gurung
ghachok लेखन कलामा अनुभव नभएपनि साँच्चै नै र्स्वर्ग जस्तो मेरो गाँउको वारेमा चार हरफ लेख्ने इच्छा अर्न्तआत्मा वाट नै जागेर आयो । तपाई हामी सवैलाई थाह भएकै कुरा हो हाम्रो देश मुख्यतय गावै गाउले भरेको छ र देशको आस्सी प्रतिशत मानिसहरु गाउमा नै बसोबास गर्दछन । त्यस्तै गाउ मध्ये, गण्डकी अञ्चल कास्की जिल्लाको सदरमुकाम पर्यटकीय नगरी पोखराको उत्तरी भेगमा पर्ने सँसारको सुप्रसिद्घ माछापुछ्रे हिमालको काखमा आवस्थित एउटा स्वणिर्म गाउ हो घाचोक, र यस गाउका वासिन्दाहरुलाई’घाचोके”अथवा गुरुङ भाषामा कजुथेँ भनेर चिनिन्छ अथवा सम्वोधन गरिन्छ । यस गाउको वारेमा जति वर्ण्र्ाा गरेपनि कदापी अघाउदैनन् यहाँ पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु ।
भौगोलिक रुपमा हेदा गाउको पुर्वी सिमानातिर करीव दुइशय मीटर गहिरो चट्टाने भीर र भीरको अलि तल कैलाश पर्वतवाट शान्तिको सन्देश लिएर वगेर आएका पवित्र सेती गँगा पर्दछ । त्यस्तै पश्चिम सिमानामा लस्ती खोला अनि उत्तरमा सुरक्षाको लागि खटिएका सैनिक जवानझै उभिएका स साना डाँडाहरु र मुस्कुराइ रहेका उहि आकर्षक माछापुछ्रे हिमाल पर्दछ र दक्षणिामा पवित्र सेती गँगा र लस्ती खोलाको सँगमभित्र रहेको तर्राई जस्तो ठुलो समथल भुमी पर्दछ ।
मुख्यतय आदिवासी गुरुङहरुको वसोवास रहेको पाईएता पनि सँगसँगै अन्य जाति तथा जनजाति हरुको वसोवास रहेको छ र सवै जाति तथा जनजातिहरु सदा एक आपसमा मेलमिलाप, भाईचारा तथा सहिस्णुताका साथ रहेर गाउ र देशको विकास गर्न तल्लीन रहेका छन । ढुगाकौ गारो र ढुगाकै छानोले वनाएको एउटै आकृतिका घरहरु छपक्क परेर वसेका गुरुङ वस्ती, घरको आँगनको छेउमा देउराली डाँडाजस्तो ठुलो ठुलो मकैको सुली र (more…)

जाडोको लुगा र टोपी

Filed under: लघुकथा

डा. रविन्द्र समिर

जाडोको लुगा

‘….पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको…….यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्‍यो…..।’ रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो ।
….यसको मूल्य अठार सय, यसको बाह्र सय, यो पातलोचाहिँको आठ सय, यो स्वीटरको सात सय…..। रिठ्ठेले दुइपटक बजार परिक्रमा गर्‍यो र सरासर छेवैको भट्टीमा पस्यो ।
….यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ यो तरल गलबन्दीको पाँच रुपियाँ…..। उसले पटुकाको फेरो फुकाउनुपरेन । इष्टकोटको भित्री गोजीबाट एउटा हरियो नोट निकाल्यो र नशा-नशामा ज्याकेट स्वीटर, गलबन्दी…..बोकेर घर फर्कियो ।

टोपी

कामविशेषले रमेश एक उच्चस्तरीय कार्यालयमा गयो । उसले नेपाली भएर पनि कहिल्यै टोपी लगाएको थिएन र टोपीबिना त्यस कार्यालयमा प्रवेशाज्ञा थिएन । उसले त्यस कार्यालय वरिपरि टोपीको खोजी गर्‍यो, तर कसैले टोपी उपलब्ध गराउन सकेन ।
त्यसपछि ऊ आफुले चिनेका साथीहरुकहाँ गयो, त्यहाँ पनि उसले टोपी पाएन । अनि ऊ एकजना परिचित सरकारी अधिकृतको कार्यालयमा गयो, त्यहाँ व्यापकरुपमा खोज्दा पनि टोपी पाएन । नजिकका केही पसलहरुमा घुम्यो, टोपी सोध्दा पसलका साहुहरु उल्टै हाँसे ।
कतै टोपी नपाएर पराजित मुद्रामा घर फर्किन लागेको बेलामा उसले एकजना मानिस टोपी लगाएर हिँडिरहेको देख्यो । टोपी देख्दा उसलाई साक्षात् भगवान प्रकट भएजस्तो लाग्यो । त्यो मानिसले टोपी छाम्दै-छाम्दै प्रसन्न मुद्रामा हिँडिरहेको थियो । टोपी लगाउने त्यो मानिस अरु कोही नभएर विदेशी पर्यटक थियो ।

March 23, 2006

कुनैबेला तिमीसँग विताएथें रातहरु

कुमार कार्की

कुनै बेला तिमी सँग विताएथें रातहरु ।
झुक्किएर त्यहि वेला समाएथे हातहरु ।

गाजलु ति नजरले भुतुक्कै पारे पछी ,
तिम्रै निम्ति कसैमाथि हिर्काएथें लातहरु ।

आदर्शको वयान म गरौं अब कसोगरी ?
रुढिबाद कुल्चिएर विर्सिदियौ जातहरु ।

गाढा माया यस्तै होला रिसाउदा राम्री देख्छु,
त्यै भएर होला अचेल मिठो लाग्छ घातहरु ।

कुनै बेला तिमी सँग विताएथें रातहरु ।
झुक्किएर त्यहि वेला समाएथे हातहरु ।

दोहा कतार

March 22, 2006

काठमाण्डौले पढ्नै पर्ने पुस्तक

रोल्पालाई दुख्दा काठमाडौंले हिजो अट्टाहस गर्‍यो । अहिले त्यसको फल नाकावन्दीका रुपमा काठमाडौंले भोगिरहेको छ । वास्तवमा काठमाडौं स्वार्थी छ । काठमाडौं आफूलाई नपरेसम्म अरुको पीडाप्रति निस्पृह रहन्छ । त्यसैले मुलुकका बाँकी बहत्तर जिल्लास“ग काठमाडौंको सम्बन्ध कहिल्यै सुमधुर बन्न सकेन । काठमाडौंले ती जिल्लामाथि आफ्नो हैकम जताइरह्यो । वर्षौंदेखि नेपालको राजधानी काठमाडौंले मुलुकका बा“की भू-भागमाथि शोषण मात्र गरिरह्यो । त्यही शोषणले जन्माएको आक्रोशबाट उत्पन्न व्रि्रोह अहिले काठमाडौंका लागि असह्य बन्न पुगेको छ । तर पनि काठमाडौंले अझै चेतेको छैन । व्रि्रोहको पीडालाई ‘पेनकिलर’ खाएर भुलाउने दुस्प्रयास गरिरहेको छ- काठमाडौं । ठीक यसैबेला वरिष्ठ पत्रकार किशोर नेपाल वर्षौंदेखि काठमाडौंले उपेक्षा गरेका बहत्तर जिल्लाको भ्रमण गरी फर्किएका छन् । उनको निश्कर्षछ- अब बाँकी जिल्लामा काठमाडौंको हैकम चल्ने वाला छैन । तीस महिनाको अवधिमा सत्तरीभन्दा बढी जिल्लाको भ्रमण गरेर वरिष्ठ पत्रकार किशोर नेपालले यस क्रममा २ लाख ५० हजार किलोमिटर लामो यात्रा पुरा गरे । यात्रा वास्तवमा जीवन जस्तै हुन्छ । जसले यात्रा गर्छ जटिल एवं विविधताले भरिएको जीवन र जगतबारे उसले बढी ज्ञान हासिल गर्छ । राजधानीको रोयल सिंघे होटलको चाइनिज रेस्टुराँमा ब्लाक लेबलको चुस्की लगाउँदै द्वन्द्व समाधानबारे फाल्तु गफ गर्ने ‘ब्रोइलर चिकन बुद्धिजीवी’ लाई भन्दा पत्रकार किशोर नेपाललाई यो मुलुक, यहाँको द्वन्द्व, यहाँका निमुखा गरीब जनताको हृदयको आवाज र परिवर्तन उन्मुख नेपालको स्वरुपका बारेमा वस्तुगत ज्ञान प्राप्त छ । त्यसैले उनको पुस्तक ‘शक्तिको अवतरण’ मनोगत आग्रह र फेन्टासीले भरिएको पुलिन्दा हैन । लेखक बन्ने फेशनबाट प्रेरित भएर कुनै धनाढ्यले निकालेको पुस्तक पनि होइन यो । पुस्तकमा लेखकले नेपाली (more…)

March 20, 2006

एक जुग भयो विदेशिएको म

देव गुरुङ

खण्डहर जस्तो घरको मझेरीमा
दुखी वुढी आमालाई छोडेर
पहिरो छेउको आगन डिलमा
दमको रोगी वुढो बा लाई छोडेर
मैलो टोपीले आँसु पुछ्दै
एक जुग अघि विदेशिएको म
हेर
उज्यालोले शहरमा पाइला नटेक्दै
जुनेली रातको वैश नढल्दै
म नापिरहेछु यी विरानो सडकहरु
पोखिरहेछु पसिना यो विरानो माटोमा
हर्राई रहेछु यो विरानो देशमा
एक जुग भयो विदेशिएको म
हेर
प्रेमीले प्रमिकालाई जिस्काए जस्तै
मलाई जिस्काइ रहेछ मेरै भाग्यले
कहिले रुवाउछ कहिले हसाउछ वेस्सरी
घरको एक तल थप्ने आशमा
तीन तल परि सकेछ निधारमा
एक जुग भयो विदेशिएको म
हेर
विर्सरैन मैले दशै तिहार र ल्होछार
टीका, जमरा र सयपत्री ˚ूलहरु
अनि घाँटो सोरठी र त्यो रोधी घर
छाती भित्र सुटुक्क मेरो गाउ राखेर
पैतला भरी मेरो देशको माटो वोकेर
एक जुग अघि विदेशिएको म
हेर
एक जुग भयो विदेशिएको म

घाचोक कास्की
हाल हङकङ

March 19, 2006

बिदेशीनै पर्यो तब जादै जान्न भन्दा भन्दै

परिहास सुब्बा

दोब्बर तेब्बर बढी सक्यो साहुको रिण गन्दा गन्दै
बिदेशीनै पर्यो तब जादै जान्न भन्दा भन्दै

आगो लागे झूपडी नै नराम्ररी डढ्दो रैछ
दैब पनि नहुने कै बिरुद्धमा लड्दो रैछ
खडेरीले सखाप पार्यो पाखो बारी खन्दा खन्दै
बिदेशीनै पर्यो तब जादै जान्न भन्दा भन्दै

बिदेशीनु पर्दा मलाई दुख लाग्या छैन तर
विवशता हो भने पनि नरोएको हैन तर
झूप्रो समेत उड्नै लाग्यो स्वभीमानी बन्दा बन्दै
बिदेशीनै पर्यो तब जादै जान्न भन्दा भन्दै

March 17, 2006

घरको चिठ्ठी

देव गुरुङ

प्यारो छोरा,
बाबा आमाको शुभ आशिर्वाद
हामी जिवितै छौ यो दुइ अक्षर लेख्ने वेला सम्म
अनि

तिमी त्यहाँ आफ्नो ख्याल राख्नु
गाँउ घरको चिन्ता नलिनु
तिमी एक्लोले चिन्ता लिएर के गर्न सक्छौ ?

आजकल
गाँउ घर गाँउ घर जस्तो छैन
गाँउको रोधीघर सुनसान छन
तिम्रा दौतरी साथीहरु कोहि छैन
र्हृर्के मुग्लान गए तिमी जस्तै,
धने जँगल पसे विर्खे जस्तै
अनि
तल्लो घरे र्साईला वेपत्ता छ ।।

आजकल
गाँउभरी बन्दुकको वाजा वज्दैछ
निर्मम हत्याको नाँगो नाच नाच्दैछ
दाज्यु भाईको विचमा काट मारको दोहोरी चल्दैछ
सारङीको तार छिनिसक्यो,
मुरली र मादल फुटिसक्यो
बन्दुकको वाजामा,
क्रन्दन र पीडाको लय निस्कदैछ अनि,
शोर वहादुरको पसलमा कात्रो सकिएर
पुरानो सिरकको खोलले काम चलाउदैछ ।।

आजकल
वनमा कोइली कराउन पनि छाडेको छ
डाँफे र मुनाल धेरै भयो नदेखेको
सफा आकाश कालो वदलले ढाकेको छ
र वादल भित्र गिद्धको हुल उडदैछ
अनि,
जमिनमा ब्वाँसोको हुल रमाउदैछ
र हामी घाम नडुव्दै ढोका लगाएर काल सँग लुक्दै
एक मुठी प्राण जोगाउदैछ ।।

घाचोक कास्की
हाल - याउमा तेइ
हङकङ
सर्म्पर्क … ९१२९ ४९३४

March 14, 2006

आज फागु पुर्णिमा

Filed under: विविध


HAPY HOLLY 2006

March 12, 2006

गलत लाग्छ मलाई मेरो देशको इतिहास

भुपि शेरचन

जब म

यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर

ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास

जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो-दोबाटोमा,
गल्ली-गल्लीमा,
देश-विदेशमा,
यूक्लिप्टसका रुखझै नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझै
दुबै हात तल झारेर
तब मलाई गरुँ-गरुँ झै लाग्छ
आफ्नो रगतको उपहास

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु क-दुइ दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु अर्निकोको कलाले विश्व-मन हरेको कुरा
सुन्छु सधै सुन्छु र केवल सुन्छु
तर मलाइ हुँदैन विश्वास

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।

March 11, 2006

Let me not to the marriage of true minds


Let me not to the marriage of true minds
Admit impediments; love is not love
Which alters when it alteration finds,
Or bends with the remover to remove:
O, no, it is an ever-fixèd mark,
That looks on tempests and is never shaken;
It is the star to every wand’ring bark,
Whose worth’s unknown, although his heighth be taken.
Love’s not Time’s fool, though rosy lips and cheeks
Within his bending sickle’s compass come;
Love alters not with his brief hours and weeks,
But bears it out even to the edge of doom.
If this be error and upon me proved,
I never writ, nor no man ever loved.

William Shakespeare

March 6, 2006

नयाँ मुलुक घुम्न जाँदा

नियात्रा

अचम्म भयो । उन्मादी उत्तेजनाको चुचुरोमा चढेर हाम्रो बसतिर हान्निएको अस्त्रधारी झुन्ड उत्निखेरै स्थिर र शान्त भयो । बस रोकिएन, त्यो क्रीडाको किञ्चित परवाह नगरी आप\mनै मुसे चालमा अगाडि गुडिरह्यो । यताउति सोधपुछ गर्दा पछि थाहा भयो, त्यो पछिल्लो छिमलमा राजाबाट चाकरीको बकस पाएर भर्ती भएका टीके सहायकमन्त्री यज्ञबहादुर बुढाथोकीको घर रहेछ । र, शाही नाट्यशालाका नाट्यकर्मी ती अभागी जवानहरू मन्त्री नामधारी यी छायाँ-मालिकको घर नामक पवित्र सम्पत्तिको रक्षा गर्न खटिएका पहिचानविहीन राजसी सेवकहरू रहेछन् । मलाई अचम्म लाग्यो, बसमाथि आक्रमण गरिहाल्ने मुद्रा धारण गरेका फौजी भाइहरूको यो तुफानी ग्वाग्र्वार्तीको अर्थ के होला ? गम खाएर मैले आप\mनै ढङ्गले अर्थ लगाएँ, यो पनि नागरिकहरूका कोमल संवेदनामा आतङ्कको उही विषाक्त झीरले रोपेर तिनलाई जड तुल्याउने एउटा सैन्यवादी सनातन चेष्टा नै हो । (more…)

March 5, 2006

बुद्ध तिमी फेरि जन्मिदेऊ

कविता भट्ट

अन्धकार कालो औंसीको रातलाई चिर्दै
र्सवत्र पूर्र्णोको उज्यालो जून र्छन
रिस र दोषलाई त्यागेर
सबैको मनमा माया र ममता भर्न
बुद्ध तिमी फेरि जन्मिदेऊ ।

बारुद र बन्दुक समाउने हातहरुमा
श्रम सीपका औजारहरु थमाउन
निर्वल र निराश जीवनमा
नयाँ उत्साह र उमङ्ग जगाउन
बुद्ध तिमी फेरि जन्मिदेऊ ।

उजाड र उराठ सिउँदोहरुमा
मायारुपी सिन्दुर भर्न
रुढीवादी र कुसंस्कारले जकडिएको समाजमा
चेतनाको ज्योति र्छन
बुद्ध तिमी फेरि जन्मिदेऊ ।

अपाङ्ग भएको मानव मस्तिष्कलाई
सक्षम र सबल बनाउन
अचेतन र दबिएका आवाजलाई
पुनः सफलताको शिखर चढाउन
बुद्ध तिमी फेरि जन्मिदेऊ ।

लिलिपूटको लघु मानवझैं पुड्को भएको सद्भावलाई
सगरमाथाको शिखरझै उच्च बनाउन
दिनप्रतिदिन धमिलिदै गएको नेपाली आस्थालाई
पवित्र गंगा र यमूनाझै स्वच्छ बनाउन
बुद्ध तिमी फेरी जन्मिदेऊ ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here