नयाँ मुलुक घुम्न जाँदा
नियात्रा
अचम्म भयो । उन्मादी उत्तेजनाको चुचुरोमा चढेर हाम्रो बसतिर हान्निएको अस्त्रधारी झुन्ड उत्निखेरै स्थिर र शान्त भयो । बस रोकिएन, त्यो क्रीडाको किञ्चित परवाह नगरी आप\mनै मुसे चालमा अगाडि गुडिरह्यो । यताउति सोधपुछ गर्दा पछि थाहा भयो, त्यो पछिल्लो छिमलमा राजाबाट चाकरीको बकस पाएर भर्ती भएका टीके सहायकमन्त्री यज्ञबहादुर बुढाथोकीको घर रहेछ । र, शाही नाट्यशालाका नाट्यकर्मी ती अभागी जवानहरू मन्त्री नामधारी यी छायाँ-मालिकको घर नामक पवित्र सम्पत्तिको रक्षा गर्न खटिएका पहिचानविहीन राजसी सेवकहरू रहेछन् । मलाई अचम्म लाग्यो, बसमाथि आक्रमण गरिहाल्ने मुद्रा धारण गरेका फौजी भाइहरूको यो तुफानी ग्वाग्र्वार्तीको अर्थ के होला ? गम खाएर मैले आप\mनै ढङ्गले अर्थ लगाएँ, यो पनि नागरिकहरूका कोमल संवेदनामा आतङ्कको उही विषाक्त झीरले रोपेर तिनलाई जड तुल्याउने एउटा सैन्यवादी सनातन चेष्टा नै हो । (more…)


