सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

March 22, 2006

काठमाण्डौले पढ्नै पर्ने पुस्तक

रोल्पालाई दुख्दा काठमाडौंले हिजो अट्टाहस गर्‍यो । अहिले त्यसको फल नाकावन्दीका रुपमा काठमाडौंले भोगिरहेको छ । वास्तवमा काठमाडौं स्वार्थी छ । काठमाडौं आफूलाई नपरेसम्म अरुको पीडाप्रति निस्पृह रहन्छ । त्यसैले मुलुकका बाँकी बहत्तर जिल्लास“ग काठमाडौंको सम्बन्ध कहिल्यै सुमधुर बन्न सकेन । काठमाडौंले ती जिल्लामाथि आफ्नो हैकम जताइरह्यो । वर्षौंदेखि नेपालको राजधानी काठमाडौंले मुलुकका बा“की भू-भागमाथि शोषण मात्र गरिरह्यो । त्यही शोषणले जन्माएको आक्रोशबाट उत्पन्न व्रि्रोह अहिले काठमाडौंका लागि असह्य बन्न पुगेको छ । तर पनि काठमाडौंले अझै चेतेको छैन । व्रि्रोहको पीडालाई ‘पेनकिलर’ खाएर भुलाउने दुस्प्रयास गरिरहेको छ- काठमाडौं । ठीक यसैबेला वरिष्ठ पत्रकार किशोर नेपाल वर्षौंदेखि काठमाडौंले उपेक्षा गरेका बहत्तर जिल्लाको भ्रमण गरी फर्किएका छन् । उनको निश्कर्षछ- अब बाँकी जिल्लामा काठमाडौंको हैकम चल्ने वाला छैन । तीस महिनाको अवधिमा सत्तरीभन्दा बढी जिल्लाको भ्रमण गरेर वरिष्ठ पत्रकार किशोर नेपालले यस क्रममा २ लाख ५० हजार किलोमिटर लामो यात्रा पुरा गरे । यात्रा वास्तवमा जीवन जस्तै हुन्छ । जसले यात्रा गर्छ जटिल एवं विविधताले भरिएको जीवन र जगतबारे उसले बढी ज्ञान हासिल गर्छ । राजधानीको रोयल सिंघे होटलको चाइनिज रेस्टुराँमा ब्लाक लेबलको चुस्की लगाउँदै द्वन्द्व समाधानबारे फाल्तु गफ गर्ने ‘ब्रोइलर चिकन बुद्धिजीवी’ लाई भन्दा पत्रकार किशोर नेपाललाई यो मुलुक, यहाँको द्वन्द्व, यहाँका निमुखा गरीब जनताको हृदयको आवाज र परिवर्तन उन्मुख नेपालको स्वरुपका बारेमा वस्तुगत ज्ञान प्राप्त छ । त्यसैले उनको पुस्तक ‘शक्तिको अवतरण’ मनोगत आग्रह र फेन्टासीले भरिएको पुलिन्दा हैन । लेखक बन्ने फेशनबाट प्रेरित भएर कुनै धनाढ्यले निकालेको पुस्तक पनि होइन यो । पुस्तकमा लेखकले नेपाली जनताका भावनालाई सुत्रवद्ध गरेका छन् । उनको पुस्तक वास्तविक ‘जनवाद’मा आधारित छ । ‘शक्तिको अवतरण’ वास्तवमा जनताद्वारा जनताका लागि जनतालाई नै केन्द्रमा राखी जनताकै पक्षमा तयार गरिएको पुस्तक हो ।
त्यसैले लेखकले जनताको आवाजलाई राजा, मन्त्री, नेता र केही टाठाबाठाका भाषणहरु भन्दा बढी महत्व दिएका छन् । उनको पुस्तकको निष्कर्षछ-जनतालाई उपेक्षा गर्ने कुनै पनि शक्तिको अब अस्तित्व छैन् । हिजोको इतिहास राजा महाराजाहरुको लेखियो । अबको इतिहास रामशंकर कुण्डु, भोला देवान, मुरारीलाल अग्रवाल, नर्मदा अधिकारी, गोपाल श्रेष्ठ, शोभाकर चापागार्इं र देवी शर्माहरुको लेखिने छ । यसको सुरुवात पुस्तक ‘शक्तिको अवतरण’ले गरेको छ । भावी पुस्ताले अब पृथ्वी नारायण शाहको दिव्य उपदेश मात्र हैन, सोलुखुम्बुका नागरिक समाजका संयोजक कुलनारायण श्रेष्ठ, डोल्पा त्रिपुराकोटका कर्ण्र्ााुढा र कालीकोटका पत्रकार तुलाराम पाण्डेले मुलुक परिवर्तनका लागि व्यक्त गरेका अमुल्य विचारहरु पनि पढ्ने छ । किशोर नेपाल प्रजातन्त्रवादी पत्रकार हुन् । सक्रिय पत्रकारिता गर्दा विगतमा उनी वामपन्थीहरुप्रति निश्चय नै ‘अति आलोचक’ रहे । तर ‘शक्तिको अवतरण’मा भने वामपन्थीहरुप्रतिको पूवाग्रह पटक्कै भेटिँदैन । पत्रकारिता गर्दा नेपाल कतिपय सर्न्दर्भमा अराजक र स्वच्छन्द भए होलान् तर उनले पुस्तक लेखन चाहिं बडो बस्तुगत, जनताको पक्षमा निष्पक्ष र परिपक्व ढंगले गरेका छन् । प्रजातन्त्रवादी लेखक नेपालले पुस्तकमा माओवादीबारे यस्तो विश्लेषण गरेका छन्- ‘कसैलाई मन परे पनि र मन नपरे पनि, व्रि्रोहीका रुपमा माओवादीहरुले नेपाली राजनीतिक नक्साको पुनर्रर्ेेकंन गरिसकेका छन् । जुनसुकै राष्ट्रको जीवनमा परिपक्वता ल्याउन र परिवर्तनको गतिलाई सिंचित गर्न व्रि्रोह र आन्दोलनहरुको भूमिका महत्वपूण्ा हुन्छ । तर, परिवर्तनका यी प्रवृत्तिहरुलाई राजनीतिक शक्तिहरुले सिर्जनात्मक दिशामा अग्रसर गराउन सक्नु पर्छ ।’
यसैगरी लेखक अगाडि लेख्छन्- “माओवादीहरुले नेपाली समाजको परम्परागत संरचनालाई बेस्सरी हल्लाएर समाजमा ठूलो उथलपुथल ल्याइसकेका छन् । नेपाली समाज अब पोखरीमा जमेको पानी जस्तो स्थिर छैन । यसका चाहनाहरु मात्र बढेका छैनन, यसले आफ्नो संरचनामा आधारभूत परिवर्तनका लागि खाका तयार पारिसकेको छ ।’
सिंगो नेपाललाई छामेपछि लेखक के निश्कर्षा पुगेका छन् भने मुलुकमा केन्द्रिकृत राज्य व्यवस्था शिथिल हुँदै गएको छ र जनताको शक्ति संगठित हुँदै गएको छ । उनले आफ्नो यो निश्कर्षटेलिभिजन अन्तर्वार्ताहरुमा पनि व्यक्त गर्दै आएका छन् । मुलुकमा निर्देशित राज्यपद्धति थोपर्ने माघ १९ को शाही घोषणाविरुद्ध गोलबन्द जनमत एउटा दरिलो प्रमाण हो, जसले केन्द्रबाट शक्ति अवतरणको प्रक्रिया धेरै अघि बढिसकेको पुष्टी गर्छ । लेखक नेपाल यहींनेर सुझाव दिन्छन्- ‘यस्तो बेला राजा, राजनीतिक दलहरु, व्रि्रोहीहरु, नागरिक समाज र बुद्धिजीवीहरुले शक्ति अवतरणको यो प्रक्रियाबाट निस्किने परिणामहरुलाई व्यवस्थित गर्ने रणनीतिहरु बनाउन थाल्नर्ुपर्छ । राज्यले जनताको र्सार्वभौम शक्तिको स्रोतका आधारमा शासन गर्न नथालेसम्म द्वन्द्वका कारणहरु मेटिन सक्दैनन् ।’
तर राज्य र व्रि्रोही दुबै यतिबेला आ-आफ्नो हतियारको शक्तिको झुटो भ्रममा बाँचेको प्रति खिन्नता व्यक्त गर्दै लेखक किटेरै भन्छन्-’यी दुबैसँग न त मुलुक बनाउन आवश्यक स्पष्ट परिकल्पना छ, न त जनताका आवश्यकता बुझेर त्यसलाई सम्बोधन गर्ने खुवी नै छ ।’ माओवादी र मूलधारका दलहरु परिवर्तनका संवाहक बन्न सकेनन् भने इतिहासले उनीहरुलाई किनारामा राखिदिने चेतावनी दिँदै लेखक भन्छन- ‘त्यसपछि हुने परिवर्तन सा“च्चै सुनामीको शैलीमा आउने छ । किनभने, आजको नेपाल परम्परागत र आधुनिक मान्यताबीच संर्घष्ा र संक्रमणको चरणमा छ । नेपालको जीवन्त समाजमा यस्तो संर्घष्ा र संक्रमण धेरै लामो समयसम्म चल्न सक्दैन ।’ लेखकले पुस्तकको पहिलो भागमा मनोगत आग्रह नराखी वस्तुगत राजनीतिक विश्लेषण र निश्कर्षप्रस्तुत गरेका छन् भने दोस्रो भागमा ती विश्लेषण र निश्कर्षा आधारहरु प्रस्तुत गरेका छन् । वास्तवमा सिंगो पुस्तकमा ‘किशोर नेपाल’ नाम गरेको एउटा वरिष्ठ पत्रकार वा लेखकको छुट्टै अस्तीत्व कतै छैन । नेपालले आफ्नो व्यक्तित्वलाई आम नेपाली जनतासँग एकाकार गराएका छन् । अर्थात् ‘शक्तिको अवतरण’ पुस्तक किशोर नेपालको हैन, जनताको कृतिका रुपमा बजारमा आएको छ । यसका हरेक पृष्ठ जनताका पीडा, बेदना, आक्रोश, साहस र धैयले भरिएका छन् । त्यसैले डा. मधु घिमिरेले सुरुमै टिप्पणी गर्दै भनेका छन्- ‘नेपाली जनताको आवाज काठमाडौंमा केन्द्रित शक्ति अखडाहरुसम्म पुर्‍याइदिने नै लेखकको मुख्य उद्देश्य रहेको छ । यति गरिदि“दा द्वन्द्वको दिगो समाधानतिर समग्र नेपाली समाजलाई धकेल्न मद्दत पुग्दछ कि भन्ने मात्र उनको आशा हो ।’ हो, डा. घिमिरेकै आशयसँग मिल्ने गरी यसो भन्न सकिन्छ- पत्रकारिता गरेर कपाल फुलाइसकेका ‘गुरु पत्रकार’ किशोर नेपालको अमूल्य कृति ‘शक्तिको अवतरण’ वास्तवमा जनताको अग्निपरीक्षामा उभिएका राजा, दल र माओवादीका लागि गतिलो ‘गाइड बुक’ बन्न सक्छ, यदि अध्ययन मनन् गर्दै व्यवहारमा उतार्ने नियत राखेमा । अस्तु ।
कुसुम
स्रोत-देसन्तर सपताहिक

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/03/22/ktm/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here