सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

March 29, 2006

घाचोक एक चिनारी

Filed under: विविध

देव गुरुङ

dev gurung
ghachok लेखन कलामा अनुभव नभएपनि साँच्चै नै र्स्वर्ग जस्तो मेरो गाँउको वारेमा चार हरफ लेख्ने इच्छा अर्न्तआत्मा वाट नै जागेर आयो । तपाई हामी सवैलाई थाह भएकै कुरा हो हाम्रो देश मुख्यतय गावै गाउले भरेको छ र देशको आस्सी प्रतिशत मानिसहरु गाउमा नै बसोबास गर्दछन । त्यस्तै गाउ मध्ये, गण्डकी अञ्चल कास्की जिल्लाको सदरमुकाम पर्यटकीय नगरी पोखराको उत्तरी भेगमा पर्ने सँसारको सुप्रसिद्घ माछापुछ्रे हिमालको काखमा आवस्थित एउटा स्वणिर्म गाउ हो घाचोक, र यस गाउका वासिन्दाहरुलाई’घाचोके”अथवा गुरुङ भाषामा कजुथेँ भनेर चिनिन्छ अथवा सम्वोधन गरिन्छ । यस गाउको वारेमा जति वर्ण्र्ाा गरेपनि कदापी अघाउदैनन् यहाँ पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु ।
भौगोलिक रुपमा हेदा गाउको पुर्वी सिमानातिर करीव दुइशय मीटर गहिरो चट्टाने भीर र भीरको अलि तल कैलाश पर्वतवाट शान्तिको सन्देश लिएर वगेर आएका पवित्र सेती गँगा पर्दछ । त्यस्तै पश्चिम सिमानामा लस्ती खोला अनि उत्तरमा सुरक्षाको लागि खटिएका सैनिक जवानझै उभिएका स साना डाँडाहरु र मुस्कुराइ रहेका उहि आकर्षक माछापुछ्रे हिमाल पर्दछ र दक्षणिामा पवित्र सेती गँगा र लस्ती खोलाको सँगमभित्र रहेको तर्राई जस्तो ठुलो समथल भुमी पर्दछ ।
मुख्यतय आदिवासी गुरुङहरुको वसोवास रहेको पाईएता पनि सँगसँगै अन्य जाति तथा जनजाति हरुको वसोवास रहेको छ र सवै जाति तथा जनजातिहरु सदा एक आपसमा मेलमिलाप, भाईचारा तथा सहिस्णुताका साथ रहेर गाउ र देशको विकास गर्न तल्लीन रहेका छन । ढुगाकौ गारो र ढुगाकै छानोले वनाएको एउटै आकृतिका घरहरु छपक्क परेर वसेका गुरुङ वस्ती, घरको आँगनको छेउमा देउराली डाँडाजस्तो ठुलो ठुलो मकैको सुली र वन्दरगाहको पानी जहाज जस्तो धानको परालको टौवाहरु, प्रत्येक घर घरमा माथि लेकवाट पाइपद्घार ल्याइएको लेकाली चिसो मीठो पानीको धारा र स्वच्छ हावा अनि अत्यन्तै रमाईलो वातावरण तथा पाकृतिक सुन्दरताको वरदान प्राप्त भएको गाउ ा यस गाउवाट छिमेकी गाउहरु भरुर्जुङखोला,खाँदरजुङ, चौरा, च्याङलुङ र घलरेखर्क सजिलैसँग अवलोकन गर्न सकिन्छ ा सदरमुकाम पोखरावाट पोखरा वाग्लुङ राजमार्ग हुदै हेम्जा मिलनचोक वाट मेरुवा र मर्दी पाखाको तेर्र्सो कच्ची मोटर वाटो वाट पैदल तथा सवारी साधनको माध्यमवाट यस गाउमा सजिलै पुग्न सकिन्छ । बाढी पहिरोको प्रकोपले गर्दा बर्षर्ाााममा भने वेला वखत सवारी साधन चलाउन केहि कठिनाईको सामना गर्नुपर्दछ । गाउका प्रायजसो भागहरु कच्ची मोटर वाटोले छोएको छ र यो वाटो धार्मिक स्थल ९ खारा पानी ० तातो पानी सम्मा पुगिन्छ । जहाँ माघे सक्रान्तीमा दर्ुइ दिने धार्मिक मेला लाग्दछ । यस धार्मिक स्थलमा माघ महिना भरी स्थानीय तथा अन्य टाढा टाढावाट आउने श्रद्घालु हरुको भीड रहन्छ । यहाँ पवित्र सेती गँगाको किनारमा तातो पानीका केहि कुवाहरु अथवा स साना तलाउहरु छन र यस तातो पानीमा स्नान गर्नले शरीरका रोग तथा विकारहरुवाट मुक्ति पाइन्छ भन्ने ठूलो जन विश्वास छ । यस गाउका मध्य भागमा एउटा शिवालय छ शिवरात्रीको दिनमा यहाँ ठूलो धार्मिक मेला लाग्दछ र आगोको धुनी लगाएर शिवाजीको पुजा आर्चना गर्दै रातभरी भजन कीतन तथा धार्मिक नृत्यहरु प्रश्तुत गरिन्छ । धार्मिक दृष्टिकोणले घाचोक गाउ अति नै प्रख्यात छ । साल्पी भुमे,कवो वरा,सीता माइ जस्ता शक्तीशाली देवी देवताहरुले वास गरि यस गाउ र गाउवासी हरुलाई रक्षा गर्दै आएको छ । यी देवी देवता हरुको व्यत्तिगत तथा सामुहिक रुपमा भव्य पुजा आर्चना गरिन्छ ।
घाचोक गाउ एउटा नमुना सुविधा सम्पन्न गाउ हो यातयातको सुविधा, विजली, खाने पानी,स्वास्थ्य सेवा चौकी,फोन सेवा, वोर्डिङ स्कल, प्रा वि देखि मा वि तहका सरकारी विध्यालयहरु र साना कृष विकास बैक तथा साझा सहकारी सँस्था जस्ता आधारभुत भौतिक सेवा तथा साधन स्रोतले भरिएको र प्राकृतिक सौर्न्दर्यले भरिएको लोभ लाग्दो स्वणिर्म गाउ हो । हिउदे याममा यस गाउमा विदेशी पर्यटकहरुको घुइचो लाग्दछ जस्ले गर्दा स्थानीय वासिन्दा हरुलाई केही आर्थिक लाभ प्राप्त गर्न मद्घत पुर्याउदछ ा आफ्नो धर्म,सँस्कृति र परमपराको सँरक्षण तथा जगेनाको लागि र साथ साथै गाउको विकास निर्माण कार्यमा यहाका स्थानीय आमा समूह र युवा क्लवहरुको ठूलो देन छ ा
अव एकै छिन गाउको इतिहासतिर लागौ ा उहिले आज भन्दा साढे एक दशक पहिले पञ्चायती कालमा घाचोक गाउ अभिभाजित थियो जसलाई राजनितिक भाषामा घाचोक पञ्चायत भनिन्थ्यो र गाउ साह्रै ठूलो भएको हुनाले गाउले हरुपनि एक आपसमा रम्रोसँग परिचित थिएन ा गााउमा कुनै आम सभा अथवा कजुरी वोलाउनु पर्दा कटुवाल एउटाले कटुवाली गर्न सकिदैन थियो त्यसकारण दुइजना कटुवालहरु राखिएको थियो ा कालन्तरमा प्रजातन्त्र प्राप्त भएपस्चात राजनितिक कार्य सम्पादन सुचारु ढँगवाट सँचालन गर्नको लागि तत्कालीन घाचोक पञ्चायत विघटन गरी माछापुछ्रे गा वि स र घाचोक गा वि स मा परिणत गरियो । राजनितिक दृष्टीकोण वाट गाउलाई विभाजित गरिएपनि त्यहाँका वासिन्दाहरु सधै एक भएर वसेका छन त्यसैले कसैले हामीलाई घर कहाँ परयो हजुर भनि प्रश्न गर्दा घाचोक भनेर गर्वसाथ भन्छन ा चाहे घाचोक वासी होस वा माछापुछ्रे वासी ा यिनै मुल्य र मान्यतालाई आत्मासात गर्दै हामीले हङकङमा पनि माछापुछ्रे घाचोक सेवा समितीको गठन गरिएको छ जस्मा माछापुछ्रे गा वि स निवासीहरु र घाचोक गा वि स निवासीहरु एउटै परिवारको रुपमा छन र सदा एक एकजुट रहिरहने छन ।
लेखक माछापुछ्रे घाचोक सेवा समिती हङकङका सचिव हुनुहुन्छ

1 Comment »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/03/29/ghachok/trackback/

  1. hei.
    ekdum ramro lagyo tapai ko article..
    thnx…

    Comment by veem gurung — August 2, 2008 @ 6:31 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here