सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

March 29, 2006

जाडोको लुगा र टोपी

Filed under: लघुकथा

डा. रविन्द्र समिर

जाडोको लुगा

‘….पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको…….यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्‍यो…..।’ रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो ।
….यसको मूल्य अठार सय, यसको बाह्र सय, यो पातलोचाहिँको आठ सय, यो स्वीटरको सात सय…..। रिठ्ठेले दुइपटक बजार परिक्रमा गर्‍यो र सरासर छेवैको भट्टीमा पस्यो ।
….यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ यो तरल गलबन्दीको पाँच रुपियाँ…..। उसले पटुकाको फेरो फुकाउनुपरेन । इष्टकोटको भित्री गोजीबाट एउटा हरियो नोट निकाल्यो र नशा-नशामा ज्याकेट स्वीटर, गलबन्दी…..बोकेर घर फर्कियो ।

टोपी

कामविशेषले रमेश एक उच्चस्तरीय कार्यालयमा गयो । उसले नेपाली भएर पनि कहिल्यै टोपी लगाएको थिएन र टोपीबिना त्यस कार्यालयमा प्रवेशाज्ञा थिएन । उसले त्यस कार्यालय वरिपरि टोपीको खोजी गर्‍यो, तर कसैले टोपी उपलब्ध गराउन सकेन ।
त्यसपछि ऊ आफुले चिनेका साथीहरुकहाँ गयो, त्यहाँ पनि उसले टोपी पाएन । अनि ऊ एकजना परिचित सरकारी अधिकृतको कार्यालयमा गयो, त्यहाँ व्यापकरुपमा खोज्दा पनि टोपी पाएन । नजिकका केही पसलहरुमा घुम्यो, टोपी सोध्दा पसलका साहुहरु उल्टै हाँसे ।
कतै टोपी नपाएर पराजित मुद्रामा घर फर्किन लागेको बेलामा उसले एकजना मानिस टोपी लगाएर हिँडिरहेको देख्यो । टोपी देख्दा उसलाई साक्षात् भगवान प्रकट भएजस्तो लाग्यो । त्यो मानिसले टोपी छाम्दै-छाम्दै प्रसन्न मुद्रामा हिँडिरहेको थियो । टोपी लगाउने त्यो मानिस अरु कोही नभएर विदेशी पर्यटक थियो ।

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/03/29/short-story/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here