श्रष्टाको परीक्षा- यता कि उता ?
मुलुकको राजधानी शहर काठमाडौं कफर््र्युको कालो छा“यामुनि प्रताडित भइसकेको सयौंघण्टा नाघिसक्यो । निहत्था आन्दोलनकारीका शरीरमाथि सैनिक बुटहरु परेड खेलिरहेको पनि त्योभन्दा बढी समय गुज्रिसक्यो । मुलुकमा जारी लोकतान्त्रिक आन्दोलनलाई निस्तेज पार्न अपनाइएको यो निकृष्ट हत्कण्डा अरु कति लामो हुने हो, त्यसको प्रक्षेपण गर्नसक्ने अवस्था अहिले बनिसकेको छैन । यद्यपि, यो कालरात्रीको अन्त्य शाहीसत्ताको बिर्सजनस“गै भए पनि अचम्म मान्नुपर्ने छैन । सिंगो मुलुक आन्दोलित भइरहेको बेला सोमबार श्रष्टाहरु गुरुकुलको डा“डामा भेला भए । लोकतान्त्रिक आन्दोलनको पक्षमा ऐक्यवद्धता प्रकट गर्दै आफूलाई पनि आन्दोलनको मेसोमा समाहित गर्न भेला भएका सयभन्दा बढी श्रष्टाहरुले एकस्वरमा राज्यआतंकको विरोध गरे, भत्र्सना गरे । उनीहरुले अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति लोकतन्त्रमा मात्र हुने भएकाले त्यसका लागि आन्दोलनमा होमिने र त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि तैयार रहेको प्रतिवद्धता प्रकट गरे ।
दिउ“सो ११ बजेदेखि ६ बजेसम्म कफर््र्यु लागेकाले टाढाबाट आएका श्रष्टाहरु दिनभर गुरुकुलमै कैदी बने । बर्षौपछि एकसाथ भेला भएर करिव १० घण्टा एकसाथ बिताएका श्रष्टाहरुले अनेकौं विषयमा कुरा गरे । त्यसमा पनि अधिकांश समय शाहीसत्ताको टाट्नामा बसेका श्रष्टाहरुकै बारेमा कुरा गरेर बित्यो । त्यसमा पनि गोविन्द भट्ट, हरिहर शर्मा, यादव खरेल, सरुभक्त, शम्भुजीत बासकोटा, कृष्ण मल्लआदिले नै समय खाइदिए ।
यी श्रष्टामध्ये खरेल, शर्मा, बासकोटा र मल्ल समयअनुसार सत्ताको डेरा सरिरहने कोटीमा राखिए भने भट्ट र सरुभक्त वास्तविक श्रष्टा हुन् कि सत्ताको प्याला, त्यसको परीक्षाको घडी आएको बताइयो । उनीहरुको बारेमा कुरा गरिरहेका जति थिए, सबै उनीहरुका हितचिन्तक नै थिए । अधिकांशले भने- यतिबेला उनीहरुले राजीनामा दिएर जनताको पक्षमा आउनर्ुपर्छ । यही नै उनीहरुको लागि सही समयमा सही निर्ण्र्ााहुनसक्छ । त्यही निर्ण्र्ााे उनीहरुलाई इतिहासमा बचाउने या कलुषित पात्रका रुपमा चित्रित उनीहरुको पन्ना नै चुडेर फाल्ने, छिनोफानो गर्छ ।
केही श्रष्टाहरुले सरकारी जागीर खाएपछि त्यस्तै हुन्छ भनेर उनीहरुलाई बचाइरहेका थिए । तर, अधिकांश श्रष्टाहरु त्यो मान्न तैयार थिएनन् । उनीहरुको तर्क थियो, के श्रीष शम्सेरले नेपाल टिभीमा यो यो देखा भनेर शम्भुजीत बासकोटालाई भन्छन् - कि यांकिला शर्ेपाले यो यो नाटक सेन्सर गर भनेर सरुभक्तलाई भन्छिन् - त्यो त पक्कै पनि भन्दैनन् जब उनीहरु त्यसो भन्दैनन् भने बासकोटा र सरुभक्त किन आफैलाई यसरी मोर देन श्रीष शम्शेर या यांकिला शर्ेपा बनाइरहेका छन् - प्रज्ञा प्रतिष्ठानमा सैनिक ट्यांक पार्किङ्ग गरिराख्दा पनि किन गोविन्द भट्ट, यादव खरेल र सरुभक्तलाई पोल्दैन - के शाही टाट्नामा उनीहरुको समवेदना मरिसक्यो -
मुलुकलाई सुन्दर विचारले नेतृत्व दिने भनेको श्रष्टाहरुले नै हो । र, सही मानेमा लोक श्रष्टा भनेका पनि तिनै हुन् । तर, हाम्रो देशमा भने सत्ताको गलियारमा पर्म गएका श्रष्टाहरु विचारको अनि सम्वेदनाको व्याङ्क्क्रप्सीमा परेका छन् । जसले गर्दा उनीहरु अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाफमा या त चुपचाप छन् या त हावा कता चलिरहेको छ भनेर जोखाना हेरिरहेका छन् । यस्तो पिपलपाते चिन्तनले श्रष्टालाई द्वैध-चरित्रको ज्यादै अविश्वसनीय र भद्दा पात्रको रुपमा प्रंस्तुत गर्छ । र, अन्ततः यसबाट श्रष्टाहरुकै अस्तित्व र पहिचानमा गम्भीर प्रश्न उठ्नर्ेगर्छ । विश्व इतिहासलाई हर्ेदा त्यस्तो स्थिति भनेको श्रष्टाहरुको लागि आफैमा आत्मघाती निर्ण्र्ाासावित भएको छ ।
विट मार्नु अघि, गुरुकुलमै भेला भएका एक श्रष्टाको भनाई उदृत गरौं । उनले भनेका थिए- ठीक छ, अहिले उनीहरु शाही सत्ताको टाट्नाको घा“स खानै तैयार हुन्छन् भने आन्दोलनकारीहरु पनि यस्ता श्रष्टा र उनीहरुका कृतिहरुलार्इर्र्सामाजिक बहिष्कार गर्न स्वतन्त्र हुन्छन् । आखिर भोलि त लोकतन्त्रकै विजय हुने हो, त्यतिबेला उनीहरुलाई श्रीष शम्सेर र यांकिला शर्ेपाले जोगाउन सक्देनन्, अजम्वरी बनाउने त आम पाठक-स्रोताहरुले नै हो । भट्ट सुन्दा, यो भनाई अलि बढी नै अप्रजातान्त्रिकजस्तो लाग्ला, तर ४६ सालपछिको नजीरलाई हर्ेदा के भन्न सकिन्छ भने हाम्रो देशमा त्यति धेरै शालिन प्रजातन्त्र पनि फाप्दो रहेनछ । यसबीचमा पिपलपातेहरुको हाइहाइ भएको देख्दा र त्यसबाट आमजनतामा जो आए पनि उही त हो नि भन्ने भावना जागृत भएर प्रजातन्त्रप्रति नै वितृष्णा पैदा भएको यथार्थलाई नजरअन्दाज गर्न सकिन्न ।
अव पनि महोदयहरु, कुनै द्विविधा छ कि-


