सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

April 21, 2006

जँड्याहा संग इतिहास हाँक्ने के हुती छ ?

एउटा ब्याधा-
मासु नखाने घोषणा गर्छ संसार सामु
र घरभित्र पसेर
त्यसै उपलक्षमा परेवा काट्छ,
एउटा जँड्याहा हाकिम-
कहिल्यै नपिउने प्रण गर्छ अड्डामा
र घर फर्किँदा
त्यसै उपलक्षमा भट्टी पस्छ,
एउटा लम्पट लोग्ने-
धोका नदिने कसम खान्छ दशौँ पटकको
र सोझी स्वास्नी मन्दिर गएको बेला
लुसुक्क बेश्यागमन गर्छ;
इतिहासको यो कालो पानामा-
ब्याधाको राज छाएको छ
जँड्याहाले काज पाएको छ
र लम्पटले पाठ पढाएको छ;
इतिहासको यो कालो पानामा-
‘कटवाल’ को मुख थुनेर
यन्त्रमानवहरु भजन ओकल्छन्
समाचारको नाममा,
बन्दूक बोकेका कातरहरु
बन्द शहरका सडकलाई बलात्कार गर्छन्
बहादुरीका नाममा,
र निधारबाटै देश मेटिसकेकाहरु
ढाका टोपी लगाऊँछन्
देशभक्तिको नाममा;
इतिहासको यो कालो पानामा-
एकै दिन एकै प्रहर
एक हातले सञ्चार सम्मेलनको रिबन
र अर्को हातले टेलिफोनको तार काटिन्छ,
एकै ठाऊँ एकै ठहर
मुखले रामराज्य घोषणा गरीरहदाँ
हातले स्वतन्त्रताकी सीताको हरण गरिन्छ;
र म पनि सोधिरहेछु
इतिहासको यो कालो पानासंग-
ब्याधाको राज अब कति छ?
जँड्याहा संग इतिहास हाँक्ने के हुती छ ?
र लम्पटसंग कुन नैतिक सम्पत्ति छ?
चुनौती हो यो मेरो
इतिहासको यो कालो पानालाई-
अब तँसंग
पाप लेखिन बाँकी
हरफनै कति पो छ ?
basantakg@ieee.org

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/04/21/jadyaha/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here