यसपालीको नयाँवर्ष
नगरकोटका होटलहरुले
ककनीका पार्कहरुले
धुलिखेलका गह्राहरुले
यसपटक
अचेत मान्छेहरुको रमिता देखेनन्
विदेशी संगितहरु सुनेनन्
र नशामा मात्तिएर नाच्नेहरु भेटेनन््
बरु
कलंकीका चौबाटोहरुले
गोंगावुका गल्लिहरुले
र पाटनका ज्यासलहरुले
सचेत मान्छेका आक्रोशहरु देखे
लोकतन्त्रका संगितहरु सुने
जनसागरमा आस्थाका सगरमाथाहरु भेटे
नयाँबर्षको साँझमा रिगंनॆ सडकहरु
यसपटक शहिदका रगतले रंगिए
यसपटकको नयाँवर्षमा
भाईहरुको हातमा पार्टीको निम्तो थिएन
आन्दोलनका पर्चाहरु थिए ।
वहिनीको साथमा नयाँवर्षको उपहार थिएन
आन्दोलनका भण्डा र व्यानरहरु थिए।
उनीहरुले उपहार र कार्ड किन्ने पैसा त
घाइते कोषमा जम्मा गरेका थिए।
नयाँवर्ष सँगै भाईवहिनीमा आएको
यो परिवर्तन मेरो लागि विल्कुलै नयाँ थियो
त्यसैले,
यो नयाँवर्ष मेरो लागि फरक थियो ।
यसपटक नयाँवर्षमा आमाहरुले
मन्दिरमा एकअर्कालाई भेटेर शुभकामना भन्नु भएन
बदलामा लोकतन्त्रको भजन पो गाउनु भएछ ।
बुबाहरुको जमघटमा त झन
तानाशाहीको अन्त्यको कुरा पो भएछ ।
विष्णुको अवतार मानेर पुज्ने
मेरा आमाबुबामा आएको यो परिवर्तन
मेरो लागि अनौठो र अकल्पनिय थियो
त्यसैले
यसपटकको नयाँवर्ष मेरालाई फरक थियो ।
यसपटक
इमेलमा नयाँवर्षका शुभकामनाहरु आएनन््
बरु देशविदेशबाट प्रर्दशनका खबरहरु आइरहे
नयाँ कार्यक्रमका सुचनाहरु आइरहे
किर्तिमानका समाचारहरु आइरहे
फरक सुचनाहरुसगै आएको यो नयाँवर्ष
र त्योसगै उदाएको लोकतन्त्रको सुर्योदय
मेरोलागि निकै रोमान्चक थियो ।
पाखाहरुमा फुलेका लालीगुरासँहरु
यसपटक अर्कौ चमक थियो
त्यसैले
यसपालीको नयाँवर्ष फरक थियो ।
परिवर्तनको यो नयाँवर्ष
उत्साहको यो नयाँवर्ष
रोमान्चकताको यो नयाँवर्षमा
फरक नै शुभकामना ।
बोष्टन अमेरिका


