सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

April 22, 2006

आन्दोलनको आगो

विक्रम सुब्बा

राजाको शासनमा
मानिसका मुखका पखेटा काटिए
सम्वेदना र भावना मुक्त भएर उड्न नहुने भयो
दु:ख सुखका कुरा चौतारीतिर सुनाउँनु मनाही भयो
मनका कुरा बोल्दा राजाको कानुनका कान ठाडा भए
तर मानिस भित्रका आवेगले ज्वालामुखीको सिम्फोनी रचे
र टायरहरूका चितामा जनताले दन्दनी आगो दन्काएको देख्दा
लग्थ्यो, दन्किँदो चितामा निरिह श्रीपेचलाई पोलिसकेकाछन् ।

राजाको शासनमा पँधेरा जाने बाटोलाई
हिँड्न निषेधित क्षेत्र भनि तोक लाग्यो
मानौँ बेसरम राजा त्यहाँ नाङ्गै नुहाईरहेको होस्
तर खुट्टाहरूले त जानेकै हिँडनु मात्र हो
हिँड्न निषेध भनेको बाटो हिँड्न झन मज्जा लाग्छ
र त मज्जा मान्दै जनताका महान पाइतालाहरू
निषेधित क्षेत्रको छाती टेक्दै बढेको देख्दा
लग्थ्यो, राजाको छाती कुल्चँदै जनताका पयरहरू
राजा बिनाको नयाँ नेपालतिर लम्कि सकेकाछन् ।

राजाको शासनमा
चुली चुचुरीमा घाम नलाग्दै शहरमा कर्फ्यु लाग्यो
विहानै लाग्यो, दिनभरि लाग्यो, रातभरि लाग्यो
उपत्यका र मोफसलमा लाग्यो
चोक-चोक र गल्ली-गल्लीमा लाग्यो
राजाको शासनमा घर-घरलाई कर्फ्युले जेल बनायो
हो, युगौँदेखि स्वाँठ राजाहरु कर्फ्यु लगाउँदै आएकाछन्
तर जनता कर्फ्युसँगै दरवारको खम्बाहरू भत्काउँदै आएकाछन्
यसपल्ट फेरि दशैतिरबाट उर्लिएका जनताले
कर्फ्युको करङ तोडेर अघि बढेको देख्दा
लग्थ्यो, राजतन्त्रको हातखुट्टा र गर्धन तोडेर
जनता जनगणतन्त्र नेपालतिर बढी सकेकाछन् ।

2 Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/04/22/andolan-ko-aago/trackback/

  1. Chahal JI, Namaskar! Thanks for collecting the Loktantric poems in your blog. This is a very good work done by you. I appreciate it. And thanks for the poems including Bikram Dai;s poem too.
    Regards, Chandra

    Comment by Chandra Gurung — April 25, 2006 @ 2:02 am

  2. chahal g .namaskaar.ma arpan tamanag 25agust ko kabita tapaiko blog maa rakhidinuhunchhaki bhanne aasaale yo roman mail gardai chhu mero kabita ayojak kamiti athawa nettra khanal g sanga hola yadi sambhab bhayema rakhidinu hunchha bhanne jhino aasa gareko chhu mero kabitako sirsak prabasiko samuhik chitthi chha hasta ahilelai bida tapaiko srotaa arpan tamang yedi paunu bhayena bhane kabita yesai coment mrfat tapai lai pathhaune chhu thaks

    अर्पण तमाङ जी, तपाँइको कविता मैलेपनि सुनेको थिँए तर उक्त कविता मैले प्राप्त गर्न अलि अप्ठेरो छ तर्सथ तपाँइलेनै यही कमेन्ट बक्स अथवा इमेल गरेर पठाए म यहा प्रकाशन गर्ने थिँए । पठाँउदा नेपाली फण्ट कान्तीपुर अथवा प्रीती मा पठाउनु होला ।
    चहल सयपत्री

    Comment by arpan tamang — August 27, 2006 @ 9:13 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here