सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

April 24, 2006

एउटा ढाडे बिरालोको कथा

चन्द्र गुरुंग

धेरै-धेरै पहिले
बिरालाहरुका एउटा सुन्दर र
अति शान्त देश थियो ।
जहाँ बिरालाहरु राग-द्वेष वीर्सेर रोदीमा दोहोरी गाउँथे,
माया-प्रीति साटा-साट गदै
चौतारीमा गीत सुसेल्थे,
बर्षभरिको पखाई पछि
चाड र्पर्वमा धान नाच्थे,
रमाईलो जीवनको सपनाहरु बुन्दै
विवाह-भतेरमा देउडा नाच्थे,
सृष्टि प्रति आभार व्यत्त गर्दै
पुजा अर्चनामा चण्डी नाच्थे
दुखको बादललाई पन्छयाउदै
खुशी-त्यौहारमा मारुनी नाच्थे ।
जहाँ बिरालाहरु
हरियो पाहाडको काखमा लडीबुडी गर्थे,
खुल्ला माधेशको फाँटमा खेल खेल्थे र
अग्ला हिमालको चुचुरोलाई छुन पुग्थे ।
यस प्रकार
बिरालाहरु त्यो सानो देशमा
धेरै-धेरै मौज गर्थे र
एक-आपसमा खुब रमाई-रमार्इर्र्बस्थे ।
तर एक दिन
त्यो सुन्दर र शान्त देशमा
कुनै खलनायकझैं नै
कतैबाट एउटा ढाडे बिरालो आयो ।
त्यो ढाडे बिरालोलाई
सासाना बिरालाहरुका गीत मन परेन,
निर्धा बिरालाहरुका नाच मन परेन र
शन्तिप्रिय बिरालाहरुका खुशी पनि मन परेन ।
हुन्छन् यस्ता थुप्रोई-थुप्रोई
जो अर्काको पीर-व्यथा बिर्सेर
आफू मात्र खुशी हुन चाहन्छन् र
अर्काको दुख प्रति आँखाहरु चिम्लेर
आफू मात्र रमाउन चाहन्छन् र
उनीहरुलाई
अर्काको बारेमा सोच्ने फुरस्त पनि हुदैन र
सारा सुख आफू मात्र चाहन्छन् ।
तोस पछि
बिस्तारै त्यो देशमा
ढाडे बिरालोको आतंकले
अन्य बिरालाहरुका गीत गाउने मुखहरु थुनिए,
गीत सुन्ने कानहरु बुझीए र
नाच्ने खुट्टाहरु पनि भाँचिए ।
हिंड्ने बाटो साँघुरियो,
खेल्ने चाउर खुम्चियो र
त्यो सारा देश नै डल्लियो ।
हुदा-हुदै त्यो देशमा
बसन्तले आउन छाड्यो,
नदीहरुले गीत गुनगुनाउन छाडे,
हिमाल-पहाडले गीत सुन्न छाडे
बान-जंगलले नाच्न छाडे र
रातहरुमा-
बौंशालु हावाले गीत गाउन छाडयो,
आकाशको आँगनीमा रोदी जम्न छोडयो र
जून-तारा पनि लुक्न थाले ।
अब त्यो देशमा
प्fmूलहरुको ओंठमा हाँसो बन्द छ र
मालीहरुको हृदयमा खुशी थुनिएको छ ।
सबै, भयभीत र आतंकित
सुरक्षित ठाउँतिर कुदी रहेका छन् र
त्यो ढाडे बिरालो चाहिं
आफ्नो अराजक कुकर्महरुलाई
उसको आफ्नो नै मलमूत्रलाईझैं
ठाउँ-ठाउँमा लुकाउँदै हिंडी रहेको छ ।
तर पनि
ढाडे बिरालो को कुकर्महरुको गन्ध
हिमालको चुचुरो देखि
पाहाडको कुना-कप्चा हुन्दै
मधेशका फाँटहरु सम्म फैलिएको छ ।
अब,
यो ढाडे बिरालोको घाँटीमा
अंकुशको घण्टी झुण्ड्याउन
एक हूल बिरालाहरुले
जुलुसहरुमा नारा जन्माउनु पर्छ
अर्को हूल बिरालाहरुले
रैलीमा बैनर उचाल्नु पर्छ र
थुप्रोई बिरालाहरुले चाहीं विरोध सभाहरुमा
जोरदार ताली पड्काउनु पर्छ ।
कुनैले बनभरि व्रि्रोहको आगो सल्काउनु पर्छ
कुनैले सडकभरि जुलुश तान्नु पर्छ
कुनैले खेतहरुमा आन्दोलन रोप्नु पर्छ
कुनैले बजारहरुमा भाषण सजाउनु पर्छ र
कुनैले चौकहरुमा हडतालको मेला लगाउनु पर्छ ।
चारैतिरबाट यी बिरालाहरुलो
ढाडे बिरालोको घाँटीमा बाँध्न
अंकुशको घण्टी बोकेर आउनु पर्छ ।

गोर्खा : हाल काठमाण्डौ

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/04/24/%e0%a4%8f%e0%a4%89%e0%a4%9f%e0%a4%be-%e0%a4%a2%e0%a4%be%e0%a4%a1%e0%a5%87-%e0%a4%ac%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%a5%e0%a4%be/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here