सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

April 30, 2006

अन्तिम सलाम

राजन,
खोपडीको दिमाग सिवाय,
तिम्रा सबैकुरा ठूलो
जीउ भन्दा भ्याकुते भुँडी ठूलो
त्यो भुँडी भर्ने खर्च वेस्सरी ठूलो
तिम्रो लेँढे ढिपी असाध्यै ठूलो
इच्छा र आकाँक्षा पनि अनौठको ठूलो
तिम्रो टाउकोमा कत्ति नसुहाउने श्रीपेच ठूलो
जस्ले तिम्रो आखा र कान छोपेर
अन्धो र वहिरो वनाई दियो
राजन,
तिमी एक्लो हाँस्न सिँगो देश रुवायो
तिमी एक्लो वाँच्न हजारौ निर्दोष मारियो
देश जलि रहृयो तिमी निरो वनिरहृयो
हामीहरु मरेका थिएन सुतेका मात्रै थियो
तर अव हामी जागि सक्यो
टोल जाग्यो गाउ जाग्यो अनि शहर जाग्यो
मेची देखि महाकाली जाग्यो
हिमाल देखि तर्राई जाग्यो
सिँगो देश जाग्यो
तिम्रो वाँसुरी टुटाउनको लागि
तिम्रो दासत्वाबाट मुक्त्तिको लागि
नया नेपाल निर्माणको लागि
राजन
अमर शहीद हरुको रगतको चिन्ह
देशमा लोकतन्त्रको घाम झुल्कि सक्यो
तिम्रो निरङकुश राजतन्त्र खुल्कि सक्यो
तर्सथ केही न केही त सोचेकै होला
कुम्लो वोकि मुग्लान पसेपनि
जोगी भएर पशुपति गएपनि
आत्मा हत्या गरी आर्यघाट गएपनि
देशका अन्तिम अप्रिय राजालाई
देव गुरुङको अन्तिम सलाम

देव गुरुङ
घाचोक कास्की - हाल हङकङ

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/04/30/rajan/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here