घडी, खोका र चित्रकला
चल्नु घडीको धर्म हो । समय बताउन घडीले चल्नुपर्छ । रोकिनु पनि घडीको धर्म हो । अहिले एउटा घडीले रोकिएर समय बोलेको छ । तर, रोकिएर पनि त्यो गतिशील छ ।२०६२ चैत ३० गते लोकतान्त्रिक स्रष्टा, कलाकारहरू गुरुकुलमा भेला भएर निरङ्कुश राजाविरुद्ध सडकमा ओर्लिए । पुरानो बानेश्वर चोकमा कविहरूले कविता पढ्दै गर्दा राजाका मतियारहरूले कवि, कलाकारहरूमाथि लाठी, अश्रुग्यास र गोली प्रहार गरे । यही बखत कलाकार देशभक्त खनाललाई निर्ममतापूर्वक लाठी प्रहार गर्दा उनको घडी हातबाट उछिट्टएिर भुइँमा खस्यो र चर्कियो । घडी भेट्टाए फोटोपत्रकार चन्द्रशेखर कार्कीले । तत्कालीन समयलाई सङ्केत गर्दै घडी अझै टक्क रोकिएको छ । समयको गति बोल्न घडी अझै रोक्किइरहनेछ । यही घडी किरण मानन्धरको क्यानभासमा टाँसिएर जनआन्दोलन ०६३ लाई प्रतिविम्बित गररिहेको छ । क्यानभासमा कवि विक्रम सुब्बाले लेखका छन्, “उसले गर्नु गर्यो, अझै केके गर्ने हो, होसियार !”
एउटा सर्जकले बोकेको समयमाथि जब निरङ्कुशताको लाठी बजि्रयो, घडी टक्क रोकियो । मानौँ, घडीले जाहेर गर्दै थियो, निरङ्कुशताको अन्त्य त्यहीँबाट हुँदैछ । आकाशमा कालो बादल छाएको छ । भुइँ रातो छ । परविर्तनकामी मुट्ठी उठेको मानिसका अनुहार पीडा र आक्रोश मिसिएर आँ… बाएको छ । बीचमा रातो रङको ‘क्रस रोड’ जस् तो छ । कलाकार किरण मानन्धरको रङ र कुचीले रङ्गिएको क्यानभासका बीचमा समय अङ्कित छ ऐतिहासिक नेपाली जनआन्दोलनको । क्यानभासमा टाँसिएर त्यो गतिशील चर्किएको ‘क्यू एन्ड क्यू’ घडीमा टक्क रोकिएको छ समय १२ बजेर १९ मिनेट १० सेकेन्डमा । जतिखेर देशभरका सडक, चोक र पाखाहरूमा नागरकिहरू समुद्रको ठूलो छालजस्तै शक्ति लिएर ओर्लिएका थिए, सायद संसारकै जनआन्दोलन र स्वतन्त्रताको इतिहासमा यस किसिमको पहिलो कलात्मक दस्तावेज हो समय टाँगिएको चित्रकला । यतिखेर नेपाली जनआन्दोलन र लोकतन्त्रको इतिहास चित्रकलाले बोल्दैछ ।
विश्व इतिहासमा चित्रकलाले बोल्ने युद्ध, राजनीति र सामाजिक इतिहासका उदाहरणहरू धेरै छन् । पिकासोको ‘गोएर्निका’ नामक चित्र विश्वमै सबैभन्दा चर्चित छ । सन् १९३७ मा जर्मनले स् पेनको गोएर्निका भन्ने ठाउँमा आक्रमण गर्दा हजारौँ मानिसहरू मारएि । त्यो क्रूर र दानवीय घटनालाई कुची र रङको माध्यमले क्यानभासमा ऐतिहासिक दस्तावेज तयार गरे पिकासोले । आज उक्त दस् तावेज विश्वकै एउटा उल्लेख्य नमुना हो । उक्त चित्रको सबैभन्दा ठूलो महानता उनले स्पेनको त्यस नरसंहारलाई कलात्मक र सुन्दर ढङ्गले अभिव्यक्ति गरे, जसले गर्दा मानिसहरूलाई चित्र हेररिहुँजस्तो लाग्ने तर युद्धविरोधी भावना जाग्ने किसिमको छ । पश्चिममा यस किसिमका दस्तावेजहरू धेरै छन् । माने, मोनी, सिस्ली, बेर्गासजस्ता कलाकारहरूले राजनीति र सामाजिक परविर्तनलाई चित्रकलामा सुन्दर अभिलेख गरेका छन् । तर, लामो समयसम्म दरबारवरपिर िहुर्किएको नेपाली चित्रकलाको संसार ०६३ सालको जनआन्दोलनसँगै केही फराकिलो र लोकतान्त्रिक भएर देखापरेको छ ।
गते वैशाख १९ गते गुरुकुल पुरानो बानेश्वरमा दर्जनौँ कवि र कलाकारहरू भेला भएर जनआन्दोलन ०६३ लाई चित्रमा उतारे । कविहरूले क्यानभासमा राजनीति, आन्दोलन र समाज झल्कने कविताका पङ्क्ति कोरे । त्यही पङ्क्तिसँगै कलाकारहरूले क्यानभासमा रङ र कुचीले आन्दोलन छेडे । अभि सुवेदीले लेखे, “आकाशबाट खस्छ, आँखाबाट निस् कन्छ, शब्दहरूमा चढेर निर्वन्ध दौडन्छ मुक्ति रोक्न नखोज ।” श्यामलको कवितालाई सुनील पोखरेलले लेखे, “प्रजातन्त्रको बन्दुक चनाखो हुन्छ । ” किरण मानन्धरले शब्दहरूसँगै क्यानभासमा कुची र रङले आन्दोलनको दस्तावेज बनाए । सरुभक्तले लेखे, “सागर उर्लेका मनहरू जिन्दावाद !” विष्णुविभु घिमिरेले लेेखे, “उठ्नेहरू कहीँबाट पनि उठ्छन्, ब्यूँझनेहरू कहीँबाट पनि ब्यूँझन्छन् ।” नारायण ढकालले लेखे, “तानाशाह र डर नयाँ व्याकरणका पर्यायवाची शब्द ।” यी सबै शब्दहरूसँग उत्तम नेपाली मिसिए । त्यसैगरी डा तुलसी भट्टराई, डा बेञ्जु शर्मा, विक्रम सुब्बा, नयनराज पाण्डे आदिका कविता र रमेश खनाल, शान्तकुुमार श्रेष्ठ, विधाता केसी, ज्ञानेन्द्र विवश, सागर मानन्धर, सम्झना राजभण्डारी, विक्रान्त श्रेष्ठ, रवीन कोइराला, पनिशलाल श्रेष्ठ, चन्दा श्रेष्ठ आदिका कुची र रङले जनआन्दोलन ०६३ लाई प्रतिविम्बित गर्यो । जसरी स्रष्टा, कलाकार निरङ् कुश सत्ताका विरुद्ध प्रत्यक्ष रूपमा विचार र गतिविधि लिएर सडकमा ओर्लिए, थाहा लाग्यो आन्दोलनपछि अन्य धेरै आन्दोलनहरू बाँकी हुँदा रहेछन् । त्यसैले किरण मानन्धरको क्यानभासमा रमण घिमिरेले लेखे, “आन्दोलन सकियो र फेर िआन्दोलन सुरु भयो ।” हो, हरेक आन्दोलनपछि सर्जकहरूको महत्त्व झन् बढेर जाँदो रहेछ । ती राजनीतिक परविर्तन, घटना र आन्दोलनको सिर्जनात्मक अभिलेखका निम्ति, जसले समय बोलोस् । विश्वको इतिहासलाई ताजा राख्ने सबैभन्दा ठूलो दस्तावेज भनेको सिर्जना नै हो । सङ्ग्रहालय, ग्यालरी वा समाचारहरू एउटा निश्चित समयपछि नष्ट हुने डर रहन्छ तर सिर्जनात्मक अभिव्यक्तिले लामो कालखण्ड पार गर्न सक्छ, जसले समय बोकेको होस् । जस्तो, नाटक, रङ्गमञ्च, चित्रकला, चलचित्र वा अन्य साहित्य । हजारौँ वर्षपछि पनि हामी, हाम्रो इतिहास, आन्दोलन र परविर्तनलाई बचाइराख्ने असल अभिलेखहरू हुन् । डायमनशमशेर राणाले लेखेका उपन्यासहरू, बीपीका आत्मवृत्तान्तहरू पढ्दा तपाईंलाई महसुस हुन्छ, चरम सिर्जनात्मकता बोकेका ती कृतिहरू इतिहासका सच्चा दस्तावेजहरू हुन् । यतिखेर लेखिएका र मञ्चन भइरहेका नाटकहरू आउने ५० वर्षपछिलाई सम्भिmएर यता र्फकने हो भने नेपाली सिर्जनाको ज्यादै ठूलो उपलब्धि मान्न सकिन्छ । कहिलेकाहीँ नजिकैबाट हेर्दा सबै कुरा नदेखिन सक्छ तर नेपाली नाटक र रङ्गमञ्चमा अभि सुवेदी र सुनील पोखरेलहरूले त्यो उल्लेख्य काम गरेका छन्, आफ्ना सिर्जनामा समयसँग हिँडेर । एउटा नाटकघरमा आएर राजाले गोली हान्नु -माध्यम मात्र हुन् सैनिकहरू), विश्वविद्यालयमा युवाहरूलाई चेतना पढाउने विद्वान्माथि लाठी बजार्नु राजाले कोरेको आफ्नो कालो इतिहासको खण्ड हो । यस समयलाई त्यो गोलीको खोकाले वर्षौंसम्म बोलिरहनेछ, जुन गुरुकुलको डाँडोमा बर्सिएको थियो । किरण मानन्धरले उक्त गोलीको खोकालाई क्यानभासमा टाँसेर आन्दोलनको समय-रेखा कोरेका छन् । उनी भन्छन्, “आज यतिधेरै सर्जकहरू भेला भएर हामी जुन काम गररिहेका छौँ, यो नेपाली चित्रकलाकै इतिहासमा ठूलो उपलब्धि हो । यसअघि नेपालमा सामाजिक परविर्तनलाई यसरी कसैले पनि चित्रमा उतारेका थिएनन् ।” गुरुकुल डाँडामा लगभग एक सयवटा चित्रकला तयार भए । बन्दै गर्दा चित्रहरू बुकिङ् भइसकेका थिए । आयोजक संस्था आरोहणका अनुसार बिक्रीबाट उठेको सबै रकम शहीदका परविारका लागि दिइँदैछ ।
उता आन्दोलनभर िदेशभक्त खनाल, नवीन सुब्बा, नीलहर िकाफ्ले, श्याम श्रेष्ठ, केपी पाठक, दिवस राईलगायतका लोकतान्त्रिक चलचित्रकर्मी सडकमा ओर्लिएर आन्दोलनलाई क्यामरामा कैद गरे । नवीन भन्छन्, “यो ऐतिहासिक अभिलेखलाई कसैले पनि सिर्जनात्मक कामका लागि प्रयोग गर्न सक्नेछ ।” राजा ज्ञानेन्द्रले शक्ति आफूमा निहित गरसिकेपछिका सबै नागरकि आन्दोलनलाई चलचित्रकर्मीहरूले कैद गरेका छन् । देशभक्त भन्छन्, “हाम्रा सामाजिक र राजनीतिक इतिहासको सिर्जनात्मक अभिलेख राख्ने सुरुवात हो यो ।”
लोकतान्त्रिक आन्दोलन अभियानमा देशभर िनै विभिन्न सिर्जनात्मक खबरदारी र विरोध भए । धेरै लोकतान्त्रिक कविता, नाटकहरू जन्मिए । संसद्को पुनःस्थापनापछि पनि यो अभियान रोकिएको छैन । आरोहणले संसद् पुनःस्थापनापछि सिंहदरबारअगाडि धर्ना बसिरहेका नागरकि समाजका अगाडि ‘खबरदारी’ नामक नाटक मञ्चन गर्यो । बद्री अधिकारीले ‘लोकतन्त्र’ नामक एकल प्रस्तुति देखाए । अर्जुन पराजुलीले खरा कविता पढे । सुनील भन्छन्, “स्रष्टाहरूले सधैँ प्रतिपक्षीको भूमिका खेल्नुपर्छ । अझै हाम्रो भूमिका सकिएको छैन ।” त्यसो त समयलाई प्रतिविम्बित गर्दै विक्रम सुब्बा यही वैशाख २६ गते ‘गणतन्त्रको खेती’ कविता लिएर गुरुकुलमा प्रस्तुत हुँदैछन् । सुब्बा भन्छन्, “हामीले हरेक अराजकहरूलाई सिर्जनाले नै हिर्काउने हो । हाम्रो यही पहिलो र अन्तिम हतियार हो ।”
राजनीतिक परविर्तनसँगै पुराना कित्ताका कलाकर्मीहरू यता लोकतान्त्रिक कित्तामा हाम फाल्ने क्रम भने जारी छ । तर, ती अनुहारहरू प्रस्टसँग चिनिन्छन् । यस बखत लोकतान्त्रिक स्रष्टाहरूले चनाखो हुनु आवश्यक छ । किनभने, ती मण्डलेहरू यतिखेर सबैभन्दा बढी लोकतान्त्रिक देखिन खोज्दैछन् । जेहोस्, यतिखेर जनआन्दोलनको परविर्तनसँगै कलाकारहरूले राजनीतिक परविर्तनको सिर्जनात्मक अभिलेख राख्नु ऐतिहासिक काम भएको छ ।
घिमिरे युवराजस्रोत: नेपाल साप्ताहिक


