सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

May 10, 2006

कुकुरको पुच्छर

ऊ कुकुरको पुच्छर हो,
चौध वर्षढुंग्रामा हाल्दा पनि सोझिएन
ढुंग्राबाट निकाल्दासाथै
पुरानै आकार लियो ।
सोझिएहोला भन्ने
धेरैले सोंचेका थिए
तर त्यो भ्रम ठहरियो,
किनभने त्यो कुकुरको पुच्छर हो ।
कुकुरको पुच्छर
जो जन्मजात घुमेको हुन्छ
कुकुरमा टाँसिए पनि
र, कुकुरबाट अलग भए पनि
त्यसैले उसलाई
बेकार छ ढुंग्रामा हाल्न
र्ब्यर्थ छ सोझाउन
त्यसैले ऊ फुत्त गयो
उतैका माखा धपाउन
उतैको कलो खान
उतै रमाउन ।
हो, त्यो त्यहीँको पुच्छर हो
त्यसको नसा-नसामा
उतैको कलो टाँसिको छ
उतैको चे..चे.. भरिएको छ
उसले उतैको रखबारी गर्छ
उसले उतैको गुन गाउँछ ।
हो, उसलाई एकपटक
मालिकले बेस्सरी कुट्यो
कलो खान नदिएर लखेट्यो
ऊ रूँदै बस्तीमा आयो
बस्ती टिठायो
मल्हमपट्टी गर्‍यो
मालिकको हैन,
बस्तीको रखबारी गर्न भन्यो
उसले हुन्छ भन्यो
बस्तीले साथ दियो
ऊ अघि-अघि बढ्यो
बस्ती पछि-पछि लाग्यो
तर,
मालिकलाई देख्दासाथै
पुच्छर आफै हल्लियो
मालिकले चे… भन्यो
ऊ हाम्फाल्दै कुद्यो
बस्तीतिरै ङ्यार्र… गर्न थाल्यो
चौध वर्षछि पनि
ऊ उतै गएर रमायो
मालिकको कृतज्ञ पुच्छर
बस्तीको कृतघ्न पुच्छर ।
मेरो दर्ुइ पाङ्ग्रे मारूती
अर्जुन ज्ञवाली
म सोंचिरहेको छु
चडिरहेको छु, एउटा नयाँ मारूतीमा
जाँदै छु रंगीलाको वटमा
आनन्दित हुँदै दौडिरहेछु
बेकाममा चलिरहेछन् खुट्टाहरू
छोपिरहेछन् हातहरू एउटा फलामे डण्डीमा
किनकि त्यहाँ अर्कै मजा आउँछ
त्यसैले त छोपेको छु अझै कसिलो दरिलो
कति सजिलो छ मेरो मारूतीमा
हातमा ब्रेक छ अनि खुट्टामा गियर
दर्ुइ पांग्रामा कुदिरहेछु, दौडिरहेछु
भेट्टाउन ती मेरा स्वर्ण्र्ााम गन्तव्यहरू
इन्धन, विहीन प्रदूषणरहित छ
मेरो क्लीन क्लीन आवाजकोर्
हर्न लगाउँछ मेरो दर्ुइ पांग्रे मारूती कार
तर,
यसमा मेरा मोटे माइलादाइ अटाउन्नन्
ती नब्याउने भुँडी बोकेकाहरू
जनताका रगत पसिना चुस्ने
ढाडिएका मानिसरूपी जुकाहरू
मेरो मारूतीमा कहिल्यै चढ्न सक्दैनन्
किनकि,
तिनीहरूले मानिसहरूलाई मारूती बनाउँछन्
मानिसहरूलाई डसेना बनाउँछन् र डस्छन्
अनि, करोडौंको कारमा धुँवा उडाउँदै
राजमहल र दरवारतिर दौडिरहन्छन् ।।
ऋतुराज
गुल्मी, पिपलधारा, जुम्लादी, हालः बुटवल

1 Comment »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/05/10/p103/trackback/

  1. chahal ji namaskar
    Really this poem is nice yar. Thank you very much for this poem.
    Saudi arabia

    Comment by Abiralyatri — May 11, 2006 @ 3:06 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here