जिन्दगीका पाईलाहरु
वाउले नपढेर दुख पाए
मैले पढेर दुख पाए
वाउ स्वदेशमा हलो जोत्दैछन
म हङकङमा टाउको जोतिरहेछु
म कहिले चिङीको वगरमा उफ्रन्छु
कहिले लोकमा चाउ वोर्डरमा टोलाउछु
कहिले लाईचीकोक पाखामा सुस्ताउछु
कहिले हराउछन मेरा थकित पाइलाहरु
यी विरानो शहरमा लम्पसार भएर ।।
साँच्चै,
वादल भित्र निरन्तर उडि रहेको काग झै
मनको खेतमा म जोतिरहेको छु निरन्तर
तर भेटिदैन कहि छेउ र कुना
गन्तव्यहीन भयो जिन्दगीका पाईलाहरु
तर पनि हिम्मतको लौरो टेक्दै
अन्यौलको भुमरी पन्छाउदै
अस्पष्टताको पोको फुकाउदै
असफलताको प्रश्न जाँचिरहेछु
जोड,घटाउ,भाग र गुणा सवै गरे ।।
अनि निष्कर्ष,
जिन्दगीका पाईलाहरु
महत्वकाँक्षाको वलले तान्दै
अलिकति तन्केर अगाडि जान्छ
र्˚र्केर फेरी थन्किन्छन पुरानै ठाउमा
आशाको घामले उचाल्दै
अलिकति माथि चढ्छ
झरेर फेरी अड्किन्छ पुरानै सतहमा ।।
यसरी,
हरेक पटक शून्यवाट शुरु हुन्छ
र छोटो यात्रापछि फेरी
शून्यमै आएर टुँगिन्छ
मेरो जिन्दगीका पाईलाहरु
जिन्दगीका पाईलाहरु ।।
देव गुरुङ



So Nice yar ,teso bhaye aba ghar nai aau halo jotna nai ramailo hunchha aba gau ghar ma pani santi aaudai chha
Comment by Kiran — May 22, 2006 @ 4:04 am