सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

June 27, 2006

अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा विवाद

Filed under: विविध

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनको विषयलाई लिएर उमेद्वार, केन्द्रीय समिति र निर्वाचन समितिबीच विवाद उत्पन्न भएको छ । दुइ महिनापहिले प्रकाशित निर्वाचन कार्यक्रमअनुसार महासचिव र उपाध्यक्ष पदबाहेक अरु सबै पद निर्विरोध चयन भइसकेको छ । तर महासचिवका उमेद्वार गोकुल पौडेल र उपाध्यक्षका उमेद्वार शेखर ढुंगेलले भने निर्वाचन समिति र निवर्तमान कार्यसमितिले आफूहरुलाई भेदभाव गरेर मतदाताको सर्म्पर्कमा आउन नदिएको भन्दै निर्वाचन प्रक्रिया पूर्णत: बहिस्कार गर्दै पुनर्निर्वाचन प्रक्रियाको माग गरेका छन् ।अमेरिकाबाट अपडेट हुने नेपाली पोष्ट डटकमले दिएको समाचारअनुसार समाजको पूवप्रकाशित सूचनाअनुसार जुन २ तारिखका दिन सम्पन्न हुनुपर्ने निर्वाचन जुन १५ का लागि सारिएको थियो भने त्यसपछि पुनः जुन २० देखि २६ सम्मका लागि इलोक्ट्रोनिक मतदानको व्यवस्था गरिएको जनाइएको छ । तर उमेद्वारद्धय पौडेल र ढुंगानाले आफूहरुलाई निर्वाचन समिति र केन्द्रीय समितिले मतदाताको इमेल ठेगाना माग्दा अमेरिकाको गोपनीयताको कानुन भंग हुनेजस्ता कुरा अघिसार्दै सर्म्पर्क गर्न नदिएको बताएका छन् ।यसैबीच, निर्वाचन समितिले यही जुन २० तारिखदेखि सुरु भएको मतदानलाई अरु चार दिन बढाएको निर्वाचन समितिका प्रमुख सुमन तिम्सिनाले बताउनुभएको छ । उहाँले उम्मेद्वारहरुको माग जायज भएकाले थप व्यवस्था गरिएको जानकारी दिनुभयो । (more…)

June 26, 2006

हास्दै वोल्दै दुइ मुटु वीच

हास्दै वोल्दै दुइ मुटु वीच खोई कहिले देखि ,
गहिरो माया वसि सकेछ थाहै भएन मलाई ।

झट्टै हेर्दा वगैचामा फुल मात्रै देखे ,
काँढा पनि हुदो रहेछ थाहै भएन मलाई ।

ठड्याईसके थिए मैले सपनाको महल ,
सपना त सपना नै हुन्छ यादै भएन मलाई ।

समाज नामको धमिरोले हाम्रो प्रेमको डोरी ,
शनै शनै काटि दिएछ थाहै भएन मलाई ।

अभावले चाट्यो अनि कति वेदनाले पोल्यो ,
जिन्दगीले ढाँट्यो कसरी विश्वासै भएन मलाई ।

आफ्नै भाग्य खोटो रहेछ दोष कसैको छैन ,
मनपर्ने लाई वेहोर्ने त भाग्यै भएन मलाई ।

थाकि सके मन मेरो घाउ सिउदा सिउदै ,
हृदय नै फाट्यो कति यादै भएन मलाई ।

आँट गरेर ठूलै दाउमा जुवा खेले मैले ,
जिन्दगी नै हारे पछि होसै भएन मलाई ।

देव गुरुङ
हङकङ

June 21, 2006

मदिरालय


शाम एक मन्दिर नित जाता था, आज भगवान उठ गये
मदिरालय का मुझे रास्ता पता था, आज कदम उठ गये

मदिरालय

आज बदला सा था माहौल मदिरालय का,
हवा मे निशान था विचित्र प्रलय का,
दर्द था लावारीस, हर पग प्रणव आलय था,
आज मेला जीने वालो का था,
दिवस पीने वालो का था,
लोक आनन्द समाहित हर घूँट, नशा बाकी न था,
आज कर लिया मदिरापान साकी ने था

a poem by khoye

June 14, 2006

टिकटमा कविता

Filed under: विविध

टिकट काटेर पनि मानिसहरुले कविता सुन्दा रहेछन् भन्ने कुरा गुरुकुलमा बेलाबखतमा आयोजना हुने गरेको एकल कविता वाचन सम्बन्धि कार्यक्र्रमले देखाएको छ । श्रवण मुकारुङ्ग, अर्जुन पराजुली, ब्रि्रम सुब्बा सम्म आईपुग्दा टिकटमा कविता अत्यन्त लोकप्रिय भएको देखिन्छ ।टिकटमा कविता देखाउन कविहरु मात्र होइनन् कवयित्रीहरु पनि तात्न थालेका छन् भन्ने कुराको पुष्टी यही २०६३ साल जेष्ठ २७ गते शनिवार आयोजना भएको कवयित्री सबिना सिन्धुको एकल कविता वाचन कार्यक्रमले पुष्टी गरेको छ । उक्त कार्यक्रम पुरानो पुस्तकालय हल मीनभवनमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा प्रतिष्ठित कविहरु मञ्जुल, विष्णुविभु घिमिरे , शैलेन्द्र साकार, युयुत्सु आर डि शर्मा अािदको उपस्थिति रहेको थियो । त्यस कार्यक्रममा कवयित्री सबिना सिन्धुले करिब २५ वटा कविता वाचन गरेकी थिइन् । उनको कवितामा समसामयिक विषयहरु देख्न सकिन्थ्यो ।कवितामा लैङ्गकि असमानता, नारी चित्कार , सामाजिक सुधार , ब्यङ्ग्य , लोकतन्त्र प्रति झुकाव जस्ता विषयवस्तुहरु समावेस गरिएका थिए । माछो , एक्वेरियम र परिधि शिर्षको कवितामा उनी नारीहरु एक्वेरियम भित्र बन्दि भएका छन् भन्ने भावना झल्किन्थ्यो ।बिम्बहरुको कुशल प्रयोगले सिन्धुका कविताहरु सुन्दर देखिएको कुराको दावी युयुत्सु आर डि ले गर्दै थिए भने मञ्जुल सिन्धुका कविताहरुको सकारात्मक र नकारात्मक पक्षहरु केलाउँदै थिए । उता विष्णु विभु घिमिरे सिन्धुका कविताहरु सुनेर मुसुमुसु हाँस्दै थिए ।उक्त कार्यक्रम (more…)

क्रमशः

Filed under: कथा घर

इद्रिस सायल

मेरो क्याम्पस जीवन सुरु भयो । म सदरमुकाम गएर पढ्न थालेँ । एसएलसी दोस्रो श्रेणीमा पास गरेँ । सधैंको बन्द, हड्तालले पढाइ प्रभावित भयो । आफू त ट्युसन पनि पढ्न सकिएन । कोचिङ्ग पनि पढ्न सकिएन र पनि दोस्रो श्रेणीमा पास गरेँ । सहर पस्नु हुन्न । बिग्रिन्छ अरे ! - बूढापाकाले भन्थे । तैपनि म सहर पसेँ- पढ्न ! मैले डेरा लिएको घरमा एकजना महिला मात्र बस्थिन् । घरकी मालिक्नी ! नाउँ थियो- रेखा ! रेखाका श्रीमान् जापानमा काम गर्थे- कुनै कम्पनीमा । तीन वर्षभइसकेको थियो । आएका थिएनन् । रेखाका दुइ मात्र सन्तान थिए । दुवै छोरी ! दुवै राजधानीको महङ्गो बोडिङ स्कुलमा पढ्थे । होस्टेलमा बस्थे । पढाइ ब्रि्रला भनेर घरमा आउँदैनथे- उनका छोरीहरू ! प्रत्येक शैक्षिकसत्रको अन्त्यमा रेखाले आफैँ भेट्न जान्थिन्- उनीहरूलाई ! छोरीहरूको पढाइ खर्च तथा घर्रखर्च उनका श्रीमान्ले नै पठाइ दिने गरेकाले रेखालाई निश्चिन्त बनाएको थियो ।

पहिलो दिन-
म क्याम्पसबाट डेरामा फर्के- पढेर ! कोठामा गएर लुगा फर्ेन लागेको थिएँ । देखेर तत्काल रेखा त्यहाँ पुगिन् । कोठाको ढोकामा अडेस लागेर उभिन् । उनी न त कोठाभित्र पसिन्, न त फर्केर नै आइन् । ढोकाको बीचमा उभिइन् । उनका ओठहरू पनि केही बोलेनन् । मात्र आँखाहरू कुनै अज्ञात काम गरिरहेका थिए । लुगा फेर्नै लागेको थिएँ । रेखालाई देखेर म आफैँ लजाएँ । र पनि सम्हालिएर सोधेँ- “के हो मेडम - केही काम छ कि -” सोचेँ- सायद मेरो घरबाट फोन आयो क्यारे ! त्यही भन्न आएकी छिन्- रेखा ! “…….” रेखा भने केही बोलिनन् । उनका ओठहरू पनि खुलेनन् । मात्र आँखाहरू कुनै अज्ञात काम गरिरहे । रेखाको मुहारको नीरवता देखेर म अचम्मित भएँ । अचम्मताले गाँजिएर ढोका बन्द गर्दै भने- मेडम, अहिले म लुगा फेर्दैछु । एकछिन पछि आउनुहोला ।” “लज्जालु….” यसपालि रेखाका ओंठहरू यतिमात्र बोले । उनी ढोकाभन्दा पछि हटिन् । आफ्नो कोठामा गएर विस्तरामा त्यसै पल्टिइन् । मैले लुगा खोलेँ । अर्को लगाएँ । लुगा फेरेर ढोका खोलेँ । नास्ता गरेँ । तर रेखा फर्केर आइनन् ।

म क्याम्पसबाट फर्किनेबित्तिकै रेखा डेरामा किन आएकी होलिन् - घरबाट फोन आयो कि - अथवा कसैले खबर छोडेर पो गयो कि - त्यही भन्न आएकी थिइन् कि - मेरो कोठासम्म आइसकेपछि त केही न केही भन्नुपर्ने हो ! किन नभनेकी होलिन् - केही नबोलेरै किन फर्केकी होलिन् - मैले ढोका बन्द गरिदिँदा रिसाइन् कि - म यस्तै-यस्तै सोचेँ । आफैँसँग तर्कबितर्क गरेँ । नास्तापछि म रेखाकै कोठातर्फगएँ । रेखाको कोठाको ढोका खुलेकै थियो । उनी विस्तरामा पल्टिएकी थिइन्- सोचमग्न बनेर ! मलाई ढोकामा देख्नेबित्तिकै रेखाले बोलाइन्- “आऊ भाइ, आऊ ! भित्रै आऊ !” म कोठाभित्र गएँ । रेखाले मलाई विस्तरा मै बस्न आग्रह गरिन् । म विस्तरामा बसिनँ । विस्तराकै छेऊको कर्ुर्सर्ीी बसेँ । म कर्ुर्सर्ीी बस्ने बित्तिकै उनी विस्तराबाट उठेर बसिन् । मैले सोधेँ- “अघि किन नबोल्नुभा’को मेडम - क्यै नभनी र्फकनुभा’को !” “लजालु…..” रेखाले पुनः त्यही शब्द पुनरावृत्ति गरिन् । “लजालु रे ! अँ साँच्ची ! म किन लजालु, मेडम -” मैले प्रश्न गरेँ । “म जाँदा तिमीले किन ढोका बन्द गरेको -” रेखाले सोधिन । लाज लाग्छ नि मेडम ! लुगा फेर्दै थिएँ ।” “तर अब तिमीले ढोका बन्द गर्न पाउने छैनौँ- लुगा फर्ेदा पनि !” रेखाले जोड गरिन् । मलाई अनौठो लाग्यो । मैले ट्वाल्ल परेर हेरिरहेँ- उनीलाई । रेखाले मेरो जिन्सको पाइन्टलाई एकटकले हर्ेर्दै भनिन्- “यस्तो पाइन्टको चाइन बलियो हुन्छ । हैन भाइ कस्तो सुहाएको,…..!” मैले केही बोलिनँ । मात्र मुस्कुराएँ ।

दोस्रो दिनः
म क्याम्पसबाट डेरामा फर्के- चाँडै । क्याम्पसमा हड्ताल थियो । क्याम्पसका विद्यार्थीहरू केही माग राखेर हड्तालमा उत्रेका थिए । पढाइ भएन- त्यो दिन ! क्याम्पसमा यस्तै त हो ! कहिले विद्यार्थी हड्ताल, कहिले प्राध्यापक हड्ताल, कहिले कर्मचारी हड्ताल……! मलाई देखेर रेखा दौडेर आइन् । म आत्तिएँ । ट्वाल्ल परेर हेरिरहेँ । सोचेँ- के चाल हो यो - मलाई आत्तिएको देखेर रेखाले सोधिन्- “किन आत्तिएको भाइ - लुगा फेर न !” मैले सोचेँ- म लुगा फेरुँ- नफेरुँ । यिनलाई केको चासो ! मैले भने- “मेडम, तपाईँ जानुस् । अनि म लुगा फेर्छु” “आ मेरै अघि लुगा फेर ।” रेखाले निर्देशन थुपारेझैँ गरिन् । “लाज लाग्छ मलाई !” “के को लाज - म आइमाईले लाज नमानेपछि…..!” “हैन मेडम ! मलाई त लाज लाग्छ । तपाईँ एकैछिन बाहिर निस्किनुस् । म ढोका लगाएर लुगा फेर्छु” म आफूलाई लाज लागिरहेको कुरा बारम्बार दोहोर्‍याएँ । रेखाको सामु म आफूलाई लजालु नै साबित गरेँ । “हुँदैन भाइ, हुँदैन ! तिमीले ढोका बन्द गर्न पाउँदैनौँ । तिमीले मेरो सामु लुगा फेर्नैपर्छ ।” रेखा जिद्दी बनिरहिन् । (more…)

June 10, 2006

शान्ति हुन्छ हुन्न कुन्नी युद्ध जारी छ

रामप्रसाद गौतम ‘निश्चल’

रक्तपातको घटनाले यो मन भारी छ
शान्ति हुन्छ हुन्न कुन्नी युद्ध जारी छ ।

प्रतिकूल छ आजभोलि समय परिस्थिति यहाँ
रामराम भन्ने पनि हतियारधारी छ ।

चारैतिर छलकपट र आतंकको श्रृंखला
केका लागि नेपालमा काटामारी छ ।

एउटै आमाको काखमा हुर्किएका दाजुभाइ
बन्दुक बोकी एउटा वारी अर्को पारी छ ।

कसले दिन्छ स्वतन्त्र भै बाँच्न पाउने अधिकार
विन्ती गर्‍यो जसलाई यहाँ उही अत्याचारी छ ।

चेलीबेटी दिदी बहिनी भन्न छाडे पिचासहरू
मै हुँ राम भन्छ आफै बलात्कारी छ ।।

भुर्तुङ-९, नागा गुल्मी

June 8, 2006

‘निर्वासन’ को समिक्षा कार्यक्रम सम्पन्न

Filed under: विविध

वासिङटन डीसी, जुन ७
भुटानका प्रजातन्त्र तथा मानव अधिकार आन्दोलनका वरिष्ट नेता टेकनाथ रिजालद्धारा लिखित निर्वासन को यहि मे. ४ का दिन यहाँ एक समिक्षा कार्यक्रम सम्पन्न भयो । निर्वासन रिजालको १० वर्षलामो जेल जीवनका कठीन दिनको स्मरण तथा भुटानी जनताले भोग्नु परेको शासकीय दमनको मार्मीक आत्मवृतान्त हो । रिजाल हाल नेपालमा निर्वासित जीवन विताइरहनु भएको छ ।
कार्यक्रममा कथाकार तथा संयुक्त राष्ट्र संघका लागि नेपालका पर्ूव राजदूत मुरारीराज शर्माले रिजालको कृति तथा व्यक्तित्वमाथि प्रकाश पार्नु भएको थियो । त्यस क्रममा शर्माले भन्नुभयो, रिजालको निर्वासन जस्तो सुकै समस्यामा पनि कति विचलित नभई मान्छेको बाँच्ने जिजीविषा र लक्ष्य प्रतिको अटल प्रतिवद्धताको प्रेरणाको स्रोत हो ।
रिजालको निर्वासनमा भाषिक सरलता, शिष्टता, सौम्यता झल्किने उल्लेख गर्दै उहाँले यती सरल र त्यति ठूलो अरु कुनै व्यक्तित्वलाई आजसम्म आफूले नदेखेको, नभेटेको र नचिनेको बताउनु भयो । निर्वासनमा रिजालको महानता झल्किने चर्चा गर्दै भन्नुभयो । उहाँले आफ्नो कृतिमा कहि कतै पनि अशिष्ट, अमर्यादित गाली गर्लाजका कुनै शब्द प्रयोग नगरिकन पनि भुटानी शासकको क्रुर दमन , उत्पिडन र प्रजातन्त्र तथा मानव अधिकार विरोधी चरित्रको पर्दाफास गरिदिनु भएको छ । उहाँले कहिं कतै पनि रिस, उत्तेजना र आक्रोस पनि व्यक्त गर्नुभएको छैन । (more…)

June 7, 2006

होशियार नेताहरु

देव गुरुङ

खै लोकतन्त्र आयो, तर देश र जनताको मुहार फेरीएन
टोल,चोक,वाटो र केहि थोत्रो बोर्डहरुको नामै त फेरीयो
वाँकी जस्ताको तस्तै,उहि नेता,उहि वुद्घ,ि उहि चाल र उहि र
च्यातिए जनताका सारा सपनाहरु, मेटाए शहीदका रगतहरु
होशियार नेताहरु वेलामै, नत्र तिमीहरुनै मेटिने छौ चाडै नै
किनकि देशमा,

राजनीतिका शकुनीहरु फेरी षडयन्त्रको खेती गर्दैछन
रगत लतपतिएका हातहरु सँविधानको वलत्कार गर्न तम्सिदैछन
वावुराम ज्योतिषी सँग हातकेलामा राष्ट्र्पति खोज्दैछन
प्रचण्ड वर्र्षौपछि वाउसँगै मासुभात खाएको फोटो खिचाउदैछन ।

केहि वहुदलमाराहरु सँविधान सभाको भाषण पस्काउदैछन
प्रतिगामीका मतियारहरुपनि लोकतन्त्र सँग मसक्क मस्किदैछन
वजारमा खरानीको प्रचुर अभाव हुदैछ चाँडै नै
किनकि आजकाल हरेक दिन एक हूल नयाँ जोगीहरु निस्कदैछन ।

छेपाराहरु लोकतन्त्रको मुखुण्डो ओढेर प्रत्येक पल रँग वदल्दैछन
स्यालहरु हुइयाँको प्रसँग वदल्दैछन टुँडीखेल र चोक चोकमा
अनि नदेखिने डर लाग्दो नङग्रा र दाह्राहरु अझै छन ब्वाँसोका
होशियार नेताहरु,चतुर ब्वाँसोका पाठा खाने ढँग फेरी वदल्दैछन ।

June 5, 2006

काठमाण्डौ

स्नेह सायमी

काठमाण्डौ नदेख्दै
ऊ जब
काठमाण्डौ सुन्छ
काठमाण्डौ सपना देख्छ
काठमाण्डौ कल्पिन्छ
ऊ आफै
काठमाण्डौ नैं काठमाण्डौ हुन्छ

काठमाण्डौ हेर्ने अवसर खोज्छ ।

जब देख्छ काठमाण्डौ
एकै नजरमा मन पराउँछ
एकै रातमा प्रेम गर्छ
यति पागल हुन्छ कि
काठमाण्डौको निम्ति
कि काठमाण्डौमैं उस्ले आफ्नो जीवन भेट्छ
काठमाण्डौमैं आफ्नो भविष्य, आफ्नो करियर देख्छ ।

काठमाण्डौले उस्लाई
स्वागत गर्छे माया गर्छे बास र गाँस जुटाइदिन्छे
पढाइदिन्छे
काठमाण्डौले उस्लाई
खान सिकाउँछे
लाउन सिकाउँछे
कपाल कोर्न सिकाउँछे
बोल्न सिकाउँछे
एक किसिमको सभ्य बनाइदिन्छे ।

अब, ऊ
काठमाण्डौ जस्तै देख्छ आफुलाई पनि
आफुलाई चोला फेछ आवरणमा
कतै अफिसर हुन्छ
कतै इन्जिनियर, डाक्टर हुन्छ

स्पेश्लिष्ट वा विजिनेस्म्यान हुन्छ
वा केही नभए
पोलिटिसियन त जरुर हुन्छ

अनि
काठमाण्डौ ओढेको, काठमाण्डौ ओछ्याएको
काठमाण्डौसंग अंगालो मारेको
काठमाण्डौलाई युज गरेको बिर्सन्छ
अब ऊ ठुलो मान्छे भइसकेको छ ।

ऊ काठमाण्डौलाई लुछ्न थाल्छ
ऊ काठमाण्डौलाई लुट्न थाल्छ
भरेध्र् बनाएर काठमाण्डौलाई
अर्कै संसारमा उड्न थाल्छ

भन्छ,
यो काठमाण्डौ के काठमाण्डौ ?
काठमाण्डौ टोक्यो जस्ती स्लिम छैन
काठमाण्डौ सिंगापुर जस्ती सुन्दर छैन
काठमाण्डौ न्युयोर्क जस्ती छैन
काठमाण्डौ मेलबर्न वा सिड्नी जस्ती छैन

अनि,
काठमाण्डौको काखमा हुर्केर
काठमाण्डौकै बिरोधमा नाराबाजी गर्छ
काठमाण्डौकै बिरोधमा पर्चाबाजी गर्छ
काठमाण्डौकै बिरोधमा कविताहरु लेख्छ
काठमाण्डौंको काखमै बसेर
भन्छ यो काठमाण्डौ के काठमाण्डौ ?

हरेक बिहान
काठमाण्डौलाई कोपर्छ
काठमाण्डौलाई पिट्छ
आफै फोहर गर्छ, आफै घिनाउँछ, आफै थुक्छ

हरेक साँझ

काठमाण्डौले बनाइदिएको
ऐला र छोयला खान्छ
काठमाण्डौले पस्किदिएको
दाल भात खान्छ

काठमाण्डौको काखमा निदाउँछ ।

काठमाण्डौ यस्तो प्रबृत्तिबाट परिचित छे
यस्तो कृतध्नता धेरै पचाइसकेकी छे
यस्तो असंख्य व्यवहारबाट परिचित काठमाण्डौको
उस्को कृतध्नता प्रति कुनै प्रतिक्रिया छैनउस्को बिरोधप्रति कुनै चिन्ता छैन
शताब्दीयौंदेखि काठमाण्डौले
नाइटींगेल र मदर टेरेसालाइ बिर्सर्ााे गरी
निरन्तर स्वागत गरीरहेकी छे
चुपचाप सहीरहेकी छे
जे भएपनि, काठमाण्डौको आकर्षा घटेको छैन
जे भएपनि, काठमाण्डौको महत्व कम्ता छैन
काठमाण्डौको बिरोध गर्नेले,
काठमाण्डौ झनै त्याग्न सकेको छैन
किनभने काठमाण्डौको प्रतिस्पर्धि जन्मेको छैन
अहिले पनि, सौम्य, सुन्दर, सुशील काठमाण्डौ
नयाँ पाहुनाहरुको लसकुसमा व्यस्त छे ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here