अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा विवाद
अन्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनको विषयलाई लिएर उमेद्वार, केन्द्रीय समिति र निर्वाचन समितिबीच विवाद उत्पन्न भएको छ । दुइ महिनापहिले प्रकाशित निर्वाचन कार्यक्रमअनुसार महासचिव र उपाध्यक्ष पदबाहेक अरु सबै पद निर्विरोध चयन भइसकेको छ । तर महासचिवका उमेद्वार गोकुल पौडेल र उपाध्यक्षका उमेद्वार शेखर ढुंगेलले भने निर्वाचन समिति र निवर्तमान कार्यसमितिले आफूहरुलाई भेदभाव गरेर मतदाताको सर्म्पर्कमा आउन नदिएको भन्दै निर्वाचन प्रक्रिया पूर्णत: बहिस्कार गर्दै पुनर्निर्वाचन प्रक्रियाको माग गरेका छन् ।अमेरिकाबाट अपडेट हुने नेपाली पोष्ट डटकमले दिएको समाचारअनुसार समाजको पूवप्रकाशित सूचनाअनुसार जुन २ तारिखका दिन सम्पन्न हुनुपर्ने निर्वाचन जुन १५ का लागि सारिएको थियो भने त्यसपछि पुनः जुन २० देखि २६ सम्मका लागि इलोक्ट्रोनिक मतदानको व्यवस्था गरिएको जनाइएको छ । तर उमेद्वारद्धय पौडेल र ढुंगानाले आफूहरुलाई निर्वाचन समिति र केन्द्रीय समितिले मतदाताको इमेल ठेगाना माग्दा अमेरिकाको गोपनीयताको कानुन भंग हुनेजस्ता कुरा अघिसार्दै सर्म्पर्क गर्न नदिएको बताएका छन् ।यसैबीच, निर्वाचन समितिले यही जुन २० तारिखदेखि सुरु भएको मतदानलाई अरु चार दिन बढाएको निर्वाचन समितिका प्रमुख सुमन तिम्सिनाले बताउनुभएको छ । उहाँले उम्मेद्वारहरुको माग जायज भएकाले थप व्यवस्था गरिएको जानकारी दिनुभयो । (more…)


