सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

June 7, 2006

होशियार नेताहरु

देव गुरुङ

खै लोकतन्त्र आयो, तर देश र जनताको मुहार फेरीएन
टोल,चोक,वाटो र केहि थोत्रो बोर्डहरुको नामै त फेरीयो
वाँकी जस्ताको तस्तै,उहि नेता,उहि वुद्घ,ि उहि चाल र उहि र
च्यातिए जनताका सारा सपनाहरु, मेटाए शहीदका रगतहरु
होशियार नेताहरु वेलामै, नत्र तिमीहरुनै मेटिने छौ चाडै नै
किनकि देशमा,

राजनीतिका शकुनीहरु फेरी षडयन्त्रको खेती गर्दैछन
रगत लतपतिएका हातहरु सँविधानको वलत्कार गर्न तम्सिदैछन
वावुराम ज्योतिषी सँग हातकेलामा राष्ट्र्पति खोज्दैछन
प्रचण्ड वर्र्षौपछि वाउसँगै मासुभात खाएको फोटो खिचाउदैछन ।

केहि वहुदलमाराहरु सँविधान सभाको भाषण पस्काउदैछन
प्रतिगामीका मतियारहरुपनि लोकतन्त्र सँग मसक्क मस्किदैछन
वजारमा खरानीको प्रचुर अभाव हुदैछ चाँडै नै
किनकि आजकाल हरेक दिन एक हूल नयाँ जोगीहरु निस्कदैछन ।

छेपाराहरु लोकतन्त्रको मुखुण्डो ओढेर प्रत्येक पल रँग वदल्दैछन
स्यालहरु हुइयाँको प्रसँग वदल्दैछन टुँडीखेल र चोक चोकमा
अनि नदेखिने डर लाग्दो नङग्रा र दाह्राहरु अझै छन ब्वाँसोका
होशियार नेताहरु,चतुर ब्वाँसोका पाठा खाने ढँग फेरी वदल्दैछन ।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here