सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

June 8, 2006

‘निर्वासन’ को समिक्षा कार्यक्रम सम्पन्न

Filed under: विविध

वासिङटन डीसी, जुन ७
भुटानका प्रजातन्त्र तथा मानव अधिकार आन्दोलनका वरिष्ट नेता टेकनाथ रिजालद्धारा लिखित निर्वासन को यहि मे. ४ का दिन यहाँ एक समिक्षा कार्यक्रम सम्पन्न भयो । निर्वासन रिजालको १० वर्षलामो जेल जीवनका कठीन दिनको स्मरण तथा भुटानी जनताले भोग्नु परेको शासकीय दमनको मार्मीक आत्मवृतान्त हो । रिजाल हाल नेपालमा निर्वासित जीवन विताइरहनु भएको छ ।
कार्यक्रममा कथाकार तथा संयुक्त राष्ट्र संघका लागि नेपालका पर्ूव राजदूत मुरारीराज शर्माले रिजालको कृति तथा व्यक्तित्वमाथि प्रकाश पार्नु भएको थियो । त्यस क्रममा शर्माले भन्नुभयो, रिजालको निर्वासन जस्तो सुकै समस्यामा पनि कति विचलित नभई मान्छेको बाँच्ने जिजीविषा र लक्ष्य प्रतिको अटल प्रतिवद्धताको प्रेरणाको स्रोत हो ।
रिजालको निर्वासनमा भाषिक सरलता, शिष्टता, सौम्यता झल्किने उल्लेख गर्दै उहाँले यती सरल र त्यति ठूलो अरु कुनै व्यक्तित्वलाई आजसम्म आफूले नदेखेको, नभेटेको र नचिनेको बताउनु भयो । निर्वासनमा रिजालको महानता झल्किने चर्चा गर्दै भन्नुभयो । उहाँले आफ्नो कृतिमा कहि कतै पनि अशिष्ट, अमर्यादित गाली गर्लाजका कुनै शब्द प्रयोग नगरिकन पनि भुटानी शासकको क्रुर दमन , उत्पिडन र प्रजातन्त्र तथा मानव अधिकार विरोधी चरित्रको पर्दाफास गरिदिनु भएको छ । उहाँले कहिं कतै पनि रिस, उत्तेजना र आक्रोस पनि व्यक्त गर्नुभएको छैन । (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here