‘निर्वासन’ को समिक्षा कार्यक्रम सम्पन्न
वासिङटन डीसी, जुन ७
भुटानका प्रजातन्त्र तथा मानव अधिकार आन्दोलनका वरिष्ट नेता टेकनाथ रिजालद्धारा लिखित निर्वासन को यहि मे. ४ का दिन यहाँ एक समिक्षा कार्यक्रम सम्पन्न भयो । निर्वासन रिजालको १० वर्षलामो जेल जीवनका कठीन दिनको स्मरण तथा भुटानी जनताले भोग्नु परेको शासकीय दमनको मार्मीक आत्मवृतान्त हो । रिजाल हाल नेपालमा निर्वासित जीवन विताइरहनु भएको छ ।
कार्यक्रममा कथाकार तथा संयुक्त राष्ट्र संघका लागि नेपालका पर्ूव राजदूत मुरारीराज शर्माले रिजालको कृति तथा व्यक्तित्वमाथि प्रकाश पार्नु भएको थियो । त्यस क्रममा शर्माले भन्नुभयो, रिजालको निर्वासन जस्तो सुकै समस्यामा पनि कति विचलित नभई मान्छेको बाँच्ने जिजीविषा र लक्ष्य प्रतिको अटल प्रतिवद्धताको प्रेरणाको स्रोत हो ।
रिजालको निर्वासनमा भाषिक सरलता, शिष्टता, सौम्यता झल्किने उल्लेख गर्दै उहाँले यती सरल र त्यति ठूलो अरु कुनै व्यक्तित्वलाई आजसम्म आफूले नदेखेको, नभेटेको र नचिनेको बताउनु भयो । निर्वासनमा रिजालको महानता झल्किने चर्चा गर्दै भन्नुभयो । उहाँले आफ्नो कृतिमा कहि कतै पनि अशिष्ट, अमर्यादित गाली गर्लाजका कुनै शब्द प्रयोग नगरिकन पनि भुटानी शासकको क्रुर दमन , उत्पिडन र प्रजातन्त्र तथा मानव अधिकार विरोधी चरित्रको पर्दाफास गरिदिनु भएको छ । उहाँले कहिं कतै पनि रिस, उत्तेजना र आक्रोस पनि व्यक्त गर्नुभएको छैन ।
शर्माको दावी थियो, निर्वासन पढन थालेपछि नपढी कसैले छोड्न सक्दैन । कसैले शुरु गरेपछि नपढी छोड्छु भन्छ भने म बाजी मार्न तयार छु । त्यस्तै भुटानी शरणार्थी समस्याको चर्चा गर्दै उहाँले भन्नुभयो, नेपाल र भारतमा रहेका सवालाख भन्दा बढी भुटानी शरणार्थी समस्या समाधान अर्थात स्वेदेश फिर्ताका लागि भुटानी शरणार्थी तथा भुटानमा रहेका प्रजातन्त्र र मानव अधिकारका पक्षपाती नागरिकले भुटान भित्रै त्यस्तो संर्घष्ा गनुपर्ने छ जसले भुटानभित्र र भुटानी सरकारलाई समस्या वा संकट महशुस हुन सकोस् । नेपाल भुटान वार्ताले मात्र शरणार्थी समस्या समाधान नहुने तर्क अघि राख्दै उहाँले थप भन्नुभयो, यस्लाई अन्तराष्टीयकरण पनि त्यसरी गर्नुपर्छ की भुटानले शरणार्थी फिर्ताका लागि बाध्य हुनर्ुपर्छ । नेपालमा रहेका भुटानी शरणार्थीको स्वदेश फिर्ता भुटान सरकारकै इच्छामा निर्भर रहेको उहाको निष्कर्षथियो ।
कार्यक्रममा हरिराज भटृर्राई -पीएचडी)ले रिजालको साहित्यिक व्यक्तित्व र निर्वासनको भाषीक संरचनाका बारेमा प्रकाश पार्नुभएको थियो । भट्टर्राईले निर्वासन भुटानी दर्शन, साहित्य, संस्कृती, भूगोल, अर्थ, कृषि र इतिहास लगायतका विषयको यथार्थ चित्रण रिजालको संर्घष्ामय जीवन स्मरणले देखाएको चर्चा गर्दै भन्नुभयो, हामी नेपालीले यति दरोसँग आफ्ना शासकका बारेमा लेख्न सकेका नै छैनौ । कतै अशोभनीय र गालीका शब्द प्रयोग नगरेर पनि शासकीय बर्बरता र तुच्छता पुष्टी गर्न सफल निर्वासनले मानिसले अप्ठेरोमा कसरी चरित्र बदल्छन र कसरी मानिसको मनोवल दृढ भएर रहन सक्छ जस्ता पे्ररणादायी प्रसंग भएको पनि भट्टर्राईले उल्लेख गर्नुभयो ।
कार्यक्रका अर्का वक्ता एमनेष्टी इण्टरनेशनलका पर्ूव अध्यक्ष कृष्ण कंडेलले टेकनाथ रिजालको व्यक्तित्व माथि प्रकाश पार्दै भन्नुभयो, प्र्रजातन्त्र र मानव अधिकारका योद्धा नेपाली भाषीलाई विगतको नेपालको सरकारले नेपाली भूमीबाट अपहरण गरेर निरंकुश शासकलाई सुपर्ुदगी गरेको पीडा र पश्चाताप गर्दै वर्तमान नेपाल सरकारले शरणार्थी समस्या समाधान प्रति गंभीर हुनु जरुरी छ ।
तेस्तै डा. बलराम अर्यालले मानव अधिकार र प्रजातन्त्रको आन्दोलन अब कुनै पनि देशका जनताको मात्र नभएकाले भुटानी जनताको आन्दोलन प्रजातन्त्र र मानव अधिकारको लागि एउटा चुनौती भएको बताउँदै नेपालमा रहेका भुटानी शरणार्थी समस्याको समाधानप्रति नेपालको वर्तमान सरकारले अन्तर्रर्ााीय सहयोग लिनुपर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा भुटानी नागरिकका तर्फबाट सन् १९९० मा केहि महिना रिजालसँगै बन्दी जीवन बिताउनु भएका विश्वनाथ क्षेत्रीले रिजाल भुटानका मात्र नभएर नेपाली भाषी विश्वभरकै मानिसका लागि गर्व गर्न सकिने व्यक्तित्व भएको उल्लेख गर्दै व्यक्तिगत जीवनमा त्यति ठूलो जोखीम उठाएर दृढतापर्ूवक मानव अधिकारको आन्दोलनको अगुवाई गरिरहनु भएका रिजाल अर्को एक नेल्सन मण्डेला भएको बताउनुभयो ।
कार्यक्रममा बसन्त श्रेष्ठले निर्वासनले रिजाल अहंकार बिनाका राजनेता भएको प्रमाणीत गर्छ भन्दै थप भन्नुभयो, निर्वासन प्रजातन्त्र विरोधीका लागि फलामका चिउरा हो भने प्रजातन्त्र र मानव अधिकारका पक्षपातीका लागि मार्गचित्र र नैतिक शिक्षा हो ।
कार्यक्रमका अन्य सहभागीहरुले पनि निर्वासन नेपालीभाषी माथि भएको भुटानी शासकको दमन विरुद्धको उद्घोष भएको र टेकनाथ रिजालको व्यक्तित्व प्रजातन्त्र र मानव अधिकारको आन्दोलनका पक्षमा भएका मानिसका लागि प्रेरणा भएको चर्चा गर्नुभएको थियो । कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै कार्यक्रमका सहभागीहरु र अन्य सहयोगीहरुलाई पत्रकार लेखनाथ भण्डारीद्धारा धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रम प्रवासमा नेपाली साहित्य उत्थानका लागि अमेरीका डी.सी. मेटो क्षेत्रमा रहेका नेपालीका तर्फबाट ओयोजना गरिएको थियो ।
lnb999@gmail.com



kripaya ma yo web site ko niyamit pathak ho. malai pani kehi lekh rachana pathauna man lagyo. tara malai nepalifont time ma lod garna Aaudaina tyash karan patra marphat rachana pathauna chahanchu. kripaya thegana pathaunu hunchha ki?
Comment by Manjeel Deep Angdembe. — September 11, 2006 @ 7:01 am
i want to write in nepali by convert from english
Comment by mukti moktan — October 14, 2007 @ 2:28 am