सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

June 10, 2006

शान्ति हुन्छ हुन्न कुन्नी युद्ध जारी छ

रामप्रसाद गौतम ‘निश्चल’

रक्तपातको घटनाले यो मन भारी छ
शान्ति हुन्छ हुन्न कुन्नी युद्ध जारी छ ।

प्रतिकूल छ आजभोलि समय परिस्थिति यहाँ
रामराम भन्ने पनि हतियारधारी छ ।

चारैतिर छलकपट र आतंकको श्रृंखला
केका लागि नेपालमा काटामारी छ ।

एउटै आमाको काखमा हुर्किएका दाजुभाइ
बन्दुक बोकी एउटा वारी अर्को पारी छ ।

कसले दिन्छ स्वतन्त्र भै बाँच्न पाउने अधिकार
विन्ती गर्‍यो जसलाई यहाँ उही अत्याचारी छ ।

चेलीबेटी दिदी बहिनी भन्न छाडे पिचासहरू
मै हुँ राम भन्छ आफै बलात्कारी छ ।।

भुर्तुङ-९, नागा गुल्मी

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/06/10/p113/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here