इद्रिस सायल
मेरो क्याम्पस जीवन सुरु भयो । म सदरमुकाम गएर पढ्न थालेँ । एसएलसी दोस्रो श्रेणीमा पास गरेँ । सधैंको बन्द, हड्तालले पढाइ प्रभावित भयो । आफू त ट्युसन पनि पढ्न सकिएन । कोचिङ्ग पनि पढ्न सकिएन र पनि दोस्रो श्रेणीमा पास गरेँ । सहर पस्नु हुन्न । बिग्रिन्छ अरे ! - बूढापाकाले भन्थे । तैपनि म सहर पसेँ- पढ्न ! मैले डेरा लिएको घरमा एकजना महिला मात्र बस्थिन् । घरकी मालिक्नी ! नाउँ थियो- रेखा ! रेखाका श्रीमान् जापानमा काम गर्थे- कुनै कम्पनीमा । तीन वर्षभइसकेको थियो । आएका थिएनन् । रेखाका दुइ मात्र सन्तान थिए । दुवै छोरी ! दुवै राजधानीको महङ्गो बोडिङ स्कुलमा पढ्थे । होस्टेलमा बस्थे । पढाइ ब्रि्रला भनेर घरमा आउँदैनथे- उनका छोरीहरू ! प्रत्येक शैक्षिकसत्रको अन्त्यमा रेखाले आफैँ भेट्न जान्थिन्- उनीहरूलाई ! छोरीहरूको पढाइ खर्च तथा घर्रखर्च उनका श्रीमान्ले नै पठाइ दिने गरेकाले रेखालाई निश्चिन्त बनाएको थियो ।
पहिलो दिन-
म क्याम्पसबाट डेरामा फर्के- पढेर ! कोठामा गएर लुगा फर्ेन लागेको थिएँ । देखेर तत्काल रेखा त्यहाँ पुगिन् । कोठाको ढोकामा अडेस लागेर उभिन् । उनी न त कोठाभित्र पसिन्, न त फर्केर नै आइन् । ढोकाको बीचमा उभिइन् । उनका ओठहरू पनि केही बोलेनन् । मात्र आँखाहरू कुनै अज्ञात काम गरिरहेका थिए । लुगा फेर्नै लागेको थिएँ । रेखालाई देखेर म आफैँ लजाएँ । र पनि सम्हालिएर सोधेँ- “के हो मेडम - केही काम छ कि -” सोचेँ- सायद मेरो घरबाट फोन आयो क्यारे ! त्यही भन्न आएकी छिन्- रेखा ! “…….” रेखा भने केही बोलिनन् । उनका ओठहरू पनि खुलेनन् । मात्र आँखाहरू कुनै अज्ञात काम गरिरहे । रेखाको मुहारको नीरवता देखेर म अचम्मित भएँ । अचम्मताले गाँजिएर ढोका बन्द गर्दै भने- मेडम, अहिले म लुगा फेर्दैछु । एकछिन पछि आउनुहोला ।” “लज्जालु….” यसपालि रेखाका ओंठहरू यतिमात्र बोले । उनी ढोकाभन्दा पछि हटिन् । आफ्नो कोठामा गएर विस्तरामा त्यसै पल्टिइन् । मैले लुगा खोलेँ । अर्को लगाएँ । लुगा फेरेर ढोका खोलेँ । नास्ता गरेँ । तर रेखा फर्केर आइनन् ।
म क्याम्पसबाट फर्किनेबित्तिकै रेखा डेरामा किन आएकी होलिन् - घरबाट फोन आयो कि - अथवा कसैले खबर छोडेर पो गयो कि - त्यही भन्न आएकी थिइन् कि - मेरो कोठासम्म आइसकेपछि त केही न केही भन्नुपर्ने हो ! किन नभनेकी होलिन् - केही नबोलेरै किन फर्केकी होलिन् - मैले ढोका बन्द गरिदिँदा रिसाइन् कि - म यस्तै-यस्तै सोचेँ । आफैँसँग तर्कबितर्क गरेँ । नास्तापछि म रेखाकै कोठातर्फगएँ । रेखाको कोठाको ढोका खुलेकै थियो । उनी विस्तरामा पल्टिएकी थिइन्- सोचमग्न बनेर ! मलाई ढोकामा देख्नेबित्तिकै रेखाले बोलाइन्- “आऊ भाइ, आऊ ! भित्रै आऊ !” म कोठाभित्र गएँ । रेखाले मलाई विस्तरा मै बस्न आग्रह गरिन् । म विस्तरामा बसिनँ । विस्तराकै छेऊको कर्ुर्सर्ीी बसेँ । म कर्ुर्सर्ीी बस्ने बित्तिकै उनी विस्तराबाट उठेर बसिन् । मैले सोधेँ- “अघि किन नबोल्नुभा’को मेडम - क्यै नभनी र्फकनुभा’को !” “लजालु…..” रेखाले पुनः त्यही शब्द पुनरावृत्ति गरिन् । “लजालु रे ! अँ साँच्ची ! म किन लजालु, मेडम -” मैले प्रश्न गरेँ । “म जाँदा तिमीले किन ढोका बन्द गरेको -” रेखाले सोधिन । लाज लाग्छ नि मेडम ! लुगा फेर्दै थिएँ ।” “तर अब तिमीले ढोका बन्द गर्न पाउने छैनौँ- लुगा फर्ेदा पनि !” रेखाले जोड गरिन् । मलाई अनौठो लाग्यो । मैले ट्वाल्ल परेर हेरिरहेँ- उनीलाई । रेखाले मेरो जिन्सको पाइन्टलाई एकटकले हर्ेर्दै भनिन्- “यस्तो पाइन्टको चाइन बलियो हुन्छ । हैन भाइ कस्तो सुहाएको,…..!” मैले केही बोलिनँ । मात्र मुस्कुराएँ ।
दोस्रो दिनः
म क्याम्पसबाट डेरामा फर्के- चाँडै । क्याम्पसमा हड्ताल थियो । क्याम्पसका विद्यार्थीहरू केही माग राखेर हड्तालमा उत्रेका थिए । पढाइ भएन- त्यो दिन ! क्याम्पसमा यस्तै त हो ! कहिले विद्यार्थी हड्ताल, कहिले प्राध्यापक हड्ताल, कहिले कर्मचारी हड्ताल……! मलाई देखेर रेखा दौडेर आइन् । म आत्तिएँ । ट्वाल्ल परेर हेरिरहेँ । सोचेँ- के चाल हो यो - मलाई आत्तिएको देखेर रेखाले सोधिन्- “किन आत्तिएको भाइ - लुगा फेर न !” मैले सोचेँ- म लुगा फेरुँ- नफेरुँ । यिनलाई केको चासो ! मैले भने- “मेडम, तपाईँ जानुस् । अनि म लुगा फेर्छु” “आ मेरै अघि लुगा फेर ।” रेखाले निर्देशन थुपारेझैँ गरिन् । “लाज लाग्छ मलाई !” “के को लाज - म आइमाईले लाज नमानेपछि…..!” “हैन मेडम ! मलाई त लाज लाग्छ । तपाईँ एकैछिन बाहिर निस्किनुस् । म ढोका लगाएर लुगा फेर्छु” म आफूलाई लाज लागिरहेको कुरा बारम्बार दोहोर्याएँ । रेखाको सामु म आफूलाई लजालु नै साबित गरेँ । “हुँदैन भाइ, हुँदैन ! तिमीले ढोका बन्द गर्न पाउँदैनौँ । तिमीले मेरो सामु लुगा फेर्नैपर्छ ।” रेखा जिद्दी बनिरहिन् । (more…)