सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

June 14, 2006

क्रमशः

Filed under: कथा घर

इद्रिस सायल

मेरो क्याम्पस जीवन सुरु भयो । म सदरमुकाम गएर पढ्न थालेँ । एसएलसी दोस्रो श्रेणीमा पास गरेँ । सधैंको बन्द, हड्तालले पढाइ प्रभावित भयो । आफू त ट्युसन पनि पढ्न सकिएन । कोचिङ्ग पनि पढ्न सकिएन र पनि दोस्रो श्रेणीमा पास गरेँ । सहर पस्नु हुन्न । बिग्रिन्छ अरे ! - बूढापाकाले भन्थे । तैपनि म सहर पसेँ- पढ्न ! मैले डेरा लिएको घरमा एकजना महिला मात्र बस्थिन् । घरकी मालिक्नी ! नाउँ थियो- रेखा ! रेखाका श्रीमान् जापानमा काम गर्थे- कुनै कम्पनीमा । तीन वर्षभइसकेको थियो । आएका थिएनन् । रेखाका दुइ मात्र सन्तान थिए । दुवै छोरी ! दुवै राजधानीको महङ्गो बोडिङ स्कुलमा पढ्थे । होस्टेलमा बस्थे । पढाइ ब्रि्रला भनेर घरमा आउँदैनथे- उनका छोरीहरू ! प्रत्येक शैक्षिकसत्रको अन्त्यमा रेखाले आफैँ भेट्न जान्थिन्- उनीहरूलाई ! छोरीहरूको पढाइ खर्च तथा घर्रखर्च उनका श्रीमान्ले नै पठाइ दिने गरेकाले रेखालाई निश्चिन्त बनाएको थियो ।

पहिलो दिन-
म क्याम्पसबाट डेरामा फर्के- पढेर ! कोठामा गएर लुगा फर्ेन लागेको थिएँ । देखेर तत्काल रेखा त्यहाँ पुगिन् । कोठाको ढोकामा अडेस लागेर उभिन् । उनी न त कोठाभित्र पसिन्, न त फर्केर नै आइन् । ढोकाको बीचमा उभिइन् । उनका ओठहरू पनि केही बोलेनन् । मात्र आँखाहरू कुनै अज्ञात काम गरिरहेका थिए । लुगा फेर्नै लागेको थिएँ । रेखालाई देखेर म आफैँ लजाएँ । र पनि सम्हालिएर सोधेँ- “के हो मेडम - केही काम छ कि -” सोचेँ- सायद मेरो घरबाट फोन आयो क्यारे ! त्यही भन्न आएकी छिन्- रेखा ! “…….” रेखा भने केही बोलिनन् । उनका ओठहरू पनि खुलेनन् । मात्र आँखाहरू कुनै अज्ञात काम गरिरहे । रेखाको मुहारको नीरवता देखेर म अचम्मित भएँ । अचम्मताले गाँजिएर ढोका बन्द गर्दै भने- मेडम, अहिले म लुगा फेर्दैछु । एकछिन पछि आउनुहोला ।” “लज्जालु….” यसपालि रेखाका ओंठहरू यतिमात्र बोले । उनी ढोकाभन्दा पछि हटिन् । आफ्नो कोठामा गएर विस्तरामा त्यसै पल्टिइन् । मैले लुगा खोलेँ । अर्को लगाएँ । लुगा फेरेर ढोका खोलेँ । नास्ता गरेँ । तर रेखा फर्केर आइनन् ।

म क्याम्पसबाट फर्किनेबित्तिकै रेखा डेरामा किन आएकी होलिन् - घरबाट फोन आयो कि - अथवा कसैले खबर छोडेर पो गयो कि - त्यही भन्न आएकी थिइन् कि - मेरो कोठासम्म आइसकेपछि त केही न केही भन्नुपर्ने हो ! किन नभनेकी होलिन् - केही नबोलेरै किन फर्केकी होलिन् - मैले ढोका बन्द गरिदिँदा रिसाइन् कि - म यस्तै-यस्तै सोचेँ । आफैँसँग तर्कबितर्क गरेँ । नास्तापछि म रेखाकै कोठातर्फगएँ । रेखाको कोठाको ढोका खुलेकै थियो । उनी विस्तरामा पल्टिएकी थिइन्- सोचमग्न बनेर ! मलाई ढोकामा देख्नेबित्तिकै रेखाले बोलाइन्- “आऊ भाइ, आऊ ! भित्रै आऊ !” म कोठाभित्र गएँ । रेखाले मलाई विस्तरा मै बस्न आग्रह गरिन् । म विस्तरामा बसिनँ । विस्तराकै छेऊको कर्ुर्सर्ीी बसेँ । म कर्ुर्सर्ीी बस्ने बित्तिकै उनी विस्तराबाट उठेर बसिन् । मैले सोधेँ- “अघि किन नबोल्नुभा’को मेडम - क्यै नभनी र्फकनुभा’को !” “लजालु…..” रेखाले पुनः त्यही शब्द पुनरावृत्ति गरिन् । “लजालु रे ! अँ साँच्ची ! म किन लजालु, मेडम -” मैले प्रश्न गरेँ । “म जाँदा तिमीले किन ढोका बन्द गरेको -” रेखाले सोधिन । लाज लाग्छ नि मेडम ! लुगा फेर्दै थिएँ ।” “तर अब तिमीले ढोका बन्द गर्न पाउने छैनौँ- लुगा फर्ेदा पनि !” रेखाले जोड गरिन् । मलाई अनौठो लाग्यो । मैले ट्वाल्ल परेर हेरिरहेँ- उनीलाई । रेखाले मेरो जिन्सको पाइन्टलाई एकटकले हर्ेर्दै भनिन्- “यस्तो पाइन्टको चाइन बलियो हुन्छ । हैन भाइ कस्तो सुहाएको,…..!” मैले केही बोलिनँ । मात्र मुस्कुराएँ ।

दोस्रो दिनः
म क्याम्पसबाट डेरामा फर्के- चाँडै । क्याम्पसमा हड्ताल थियो । क्याम्पसका विद्यार्थीहरू केही माग राखेर हड्तालमा उत्रेका थिए । पढाइ भएन- त्यो दिन ! क्याम्पसमा यस्तै त हो ! कहिले विद्यार्थी हड्ताल, कहिले प्राध्यापक हड्ताल, कहिले कर्मचारी हड्ताल……! मलाई देखेर रेखा दौडेर आइन् । म आत्तिएँ । ट्वाल्ल परेर हेरिरहेँ । सोचेँ- के चाल हो यो - मलाई आत्तिएको देखेर रेखाले सोधिन्- “किन आत्तिएको भाइ - लुगा फेर न !” मैले सोचेँ- म लुगा फेरुँ- नफेरुँ । यिनलाई केको चासो ! मैले भने- “मेडम, तपाईँ जानुस् । अनि म लुगा फेर्छु” “आ मेरै अघि लुगा फेर ।” रेखाले निर्देशन थुपारेझैँ गरिन् । “लाज लाग्छ मलाई !” “के को लाज - म आइमाईले लाज नमानेपछि…..!” “हैन मेडम ! मलाई त लाज लाग्छ । तपाईँ एकैछिन बाहिर निस्किनुस् । म ढोका लगाएर लुगा फेर्छु” म आफूलाई लाज लागिरहेको कुरा बारम्बार दोहोर्‍याएँ । रेखाको सामु म आफूलाई लजालु नै साबित गरेँ । “हुँदैन भाइ, हुँदैन ! तिमीले ढोका बन्द गर्न पाउँदैनौँ । तिमीले मेरो सामु लुगा फेर्नैपर्छ ।” रेखा जिद्दी बनिरहिन् । तर आफूचाहिँ जिद्दी नबनेको विश्वास पनि दिलाउन चाहिरहिन् । उनले मेरो कम्मरमा नजर दौडाइन् र भनिन- “भाइ, तिमीले त आज पुरानो बेल्ट ला’छौ नि ! तिमीलाई सुहाउँदैन यो !” रेखाले मेरो कम्मरको बेल्ट खोल्दै भनिन्- “यो बेल्ट खोल र अर्को लगाऊ ।” उनको हातको न्यानो र्स्पर्श भयो- मलाई ! “लुगै फेन लागिरा’छु ! अर्को बेल्ट लगाउँदिनँ म ।” मैले रेखालाई सुनाएँ । “त्यसोभए, लुगा फेर न भाइ !” रेखाले भनिन् । “तपाईं जानुस् । अनि…..!” “म जान्नँ, भाइ ! प्लिज……!” रेखाले जिद्दी गरिन् । म रेखाको जिद्दीले पीडित भई तौलिया लाएर लुगा फेरेँ । रेखाले मेरो तौलियामा एकटकले आँखा लगाएर हेरिरहिन् र भनिन्- “भाइ, यो तौलिया किनेको कति भयो - रङ्ग त उडिसक्या जस्तो छ ।” त्यतिबेला म र रेखा आमनेसामने उभेका थियौँ । “…….” म पुनः केही बोलिनँ । मात्र मुस्कुराएर हाँसे ।

तेस्रो दिनः………. ।
चौथो दिनः……….. ।
पाँचौँ दिनः………. ।
म क्याम्पसबाट फर्के । सोझै गएर रेखालाई भेटेँ र भने- “म धेरै आत्तिइसकेँ, मेडम !” “किन र भाइ -” रेखाले सोधिन् । “मैले लुगा फेन लागेको बेला, “यसरी दिनदिनै कोठामा नआउनुस् न । अन्य बेला आए फरक पर्दैन ।” “के हुन्छ तिमीलाई -” “अब के भन्ने ! लाज लाग्छ नि !” “ल ल भाइ ! अब आउँदिनँ- म त्रि्रो कोठामा ! तर एउटा कुरा बताऊ । तिमी सधैं कति बेला नुहाउँछौँ - म त थाहै पाउँदिनँ ।” “म त बिहान पाँचै बजे उठेर नुहाउँछु । किन र मेडम -” “त्यसै…… !” रेखा यतिमात्र भनिन् । त्यसपछि केही बोलिनन् । चुप लागिन् । केहीछिनपछि मलाई भनिन्- “अहिले बेलुका मेरो कोठामा आउन खाना खाने गरी !” छैठौँ दिन बिहान, पाँच बजे, म उठेँ । नुहाउन बाथरुमतिर गएँ । तर बाथरुमको ढोका बन्द थियो । मैले रेखालाई बोलाएँ- “मेडम, बाथरूमको साँचो खोइ -” “कोठामा कि आँगनमा कुन्नि कता खसेछ । बिहान उठेर/खोजेर दिन्छु, भाइ !” रेखाले कोठाबाटै भनिन् । “अहिल्यै उठेर खोजिदिनुस् न !” मैले रेखासँग अनुरोध गरेँ । “म अहिले उठ्न सक्दिनँ भाइ ! प्लिज…. ! मेरो ढाड दुखिरा’छ । अहिले अँध्यारोमा भेटिन पनि भेटिँदैन- साँचो !” “अनि, आज ढोका किन बन्द गर्नुभा’ को -”
“बिहानै बताउँछु ।” त्यसपछि रेखा चुप लागिन् । म पुनः आफ्नै कोठामा गएँ । ८ बजे, रेखाले मलाई बाथरुमको साँचो दिइन् । मैले साँचो लिएँ । मलाई चुपचाप/शान्त बसेको देखेपछि रेखाले भनिन्- “जाऊ भाइ ! नुहाऊ- बाथरुम खोलेर !” “एकछिनपछि नुहाउँछु ।” मैले भनेँ । म कोठामा बसेर पढिरहेकोतर्फरेखाको ध्यान आकृष्ट गराउन चाहेँ । “त्यसो भए साँचो ल्याऊ । म बाथरुम खोलिदिन्छु ।” रेखाले पुनः साँचो मागिन् । मैले बाथरुमको साँचो फिर्ता दिएँ । रेखाले बाथरुमको साँचो लिइन् । बाथरुमको ढोका खोलिदिइन् । केही क्षणपछि नुहाउन गएँ- म! बाथरुम खुलिसकेको थियो । मलाई देखेर रेखा दौडेर आइन् । बाथरुमको ढोकामा उभिइन् । म बाथरुममा निर्वस्त्र थिएँ । मेरो शरीरमा पेन्टीमात्र थियो । म लजाएँ । म रेखालाई आफ्नै अघि उभिएको देखेर, के -के न सोचेर त्यसै टोलाइरहे । “किन रोकेको - नुहाऊ न भाइ !” रेखाका ओठहरू खुले । आँखाहरू काम गरिरहे । “तपाई जानुस् । अनि म नुहाउँछु ।” मैले भनेँ । “किन र भाइ -”

“मलाई लाज लाग्छ ।” म आफू लजालु पात्रकै रूपमा प्रस्तुत भएँ । “यो भाइ पनि कस्तो लजालु ! त्रि्रो पेन्टी हेर त ! कति टाइट छ ! अर्को लगाऊ- अलि खुकुलो !” रेखा एकटकले मेरो पेन्टीतिर हेरिरहिन् र भनिन् । म झनै लजाएँ । भनेँ- “त्यसो भए, म बाथरुम बन्द गरेर नुहाउँछु, मेडम ! तपाईं बाहिर निस्किनुस् न !” “हुँदैन भाइ, हुँदैन ! बाथरुम बन्द गर्न पाउँदैनौँ । खोलेरै नुहाउनर्ुपर्छ- तिमीलाई ! रेखा बाथरुमकै ढोका समाएर उभिइन् । “छोड्नुस् मेडम ! म जान्छु । नहाउँदिनँ ।” म रिसाएजस्तो गरेँ । “म जान दिन्नँ, भाइ ! नुहाउनर्ैपर्छ- तिमीलाई ! प्लिज……!” रेखा बाथरुमको ढोका छेकेर उभिइन् । म दोधारमा परे । नुहाउँ भने कसरी नुहाऊँ - ननुहाउँ भने बाथरुमबाट कसरी बाहिरिऊँ - क्याम्पस जानुपर्ने ! ढिलो भइरहेको ! समय खेर गइरहेको ! - म आत्तिएँ । म बाध्य भएर नुहाउन थालेँ ।

मैले अङ्गप्रत्यङ्गमा साबुन घसेको रेखाले एकटकले हेरिरहिन् । भनिन्- “भाइ, पेन्टी त सेतै भएछ नि- फीजले ।” म केही बोलिन । मात्र मुस्कुराइरहे । नुहाएर मैले तौलिया लगाएँ । त्यो देखेर रेखाले पुनः भनिन्- “भाइ, तिमीले कस्तो तौलिया लगाएको,….. रङ उडेको,…. मोटो….!” “आफूँसँग त यस्तै/यत्रै…..!” यसपालि मैले मुस्कुराउँदै भनेँ । सहर पस्नुहुन्न । बिग्रिन्छ अरे ! - बूढापाकाले भनेको हो रहेछ । मैले सोचेँ । घोरिएर सोचेँ ।

सातौँ दिनः
…….. ।
क्रमशः
—स्रोत मधुपर्क

सोनापुर-९, बाँके ।

3 Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/06/14/p114/trackback/

  1. yo katha ko sampurna bhag sayepatri blug ma uplabdha garaidinu huna sammandhit lai anurodh gardachhu.
    keshab raj,now from iraq

    Comment by keshab raj — July 15, 2006 @ 7:43 pm

  2. namaskar lkheka ji, and sampadak sayepatri ji
    indris sayal sirsak ko yes katha ko arko wa sampurna bhag kahile padna pahin chha, ma yes ko arko bhag ko pratichha ma chhu, kripaya prakasan garidinu huna agraha gardachhu. please mero massage sabandhit le payema repaly garnu huna agraha garda chhu. namaskar
    tapai ko niyemit pathak
    keshab raj

    Comment by keshab raj — July 18, 2006 @ 7:59 pm

  3. As good as this page looks in Internet explorer, you cannot read anything in firefox. You might want to change the font color or background color settings so that it is readable in firefox. The story is pretty good though

    Comment by BB — April 6, 2007 @ 8:05 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here