किनकी देशमा लोकतन्त्र आएको छ
unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।
दिलमाया, भरिदेउ अझै,
गिलास माथि गिलास
सत्ते……. सवै पिएको हैन मैले
आधा गिलास त छचल्किएरै पोखिएको हो
तिम्रो वैश छचल्किए झै,
तिमिलाई के भनौ रु
आज नशाले चुर हुनु छ मलाई
घांटीमा अड्किएको कुरा छादनु छ मलाई
भर्खर त घाम पल्लो डांडा पारि खस्यो
ओल्लो डांडामाथि जुन कहिले टेक्छ रु
अव मलाई चिन्त छैन त्यस्को, मात्र हतार छ
फगत मेरो प्यासी ओठमा गिलास टेकाउन
र आकाशको जुन हैन धर्तीको जुन नियाल्न ।
तिम्रै अगाडि उभिएर,
भर्खरै त दिनले रातको पछयौरी ओढदै छ
र त मेरो गाला र घांटी रसिलो हुदै छ
तिम्रो नशामा जति म मात्तिने गरिन्थ्यो
आज त्यो भन्दा वढी मात्तिदै छु
आंखा त मेरो पहिले नै लाल थियो
किनकि म पहिले आंखाले पिउने गर्थे
अहिले त्यो लाली मेटाउन घांटीले पिउदै छु
त्यसैले भरिदेउ अझै गिलास माथि गिलास ।
तिमिलाई आवगत नै छ,
तिम्रो भट्टीको मझेरीमा वस्दा वस्दै,
म तिम्रो मनको मझेरीमा उक्लि सकेको छु
घरको वाटो विर्सि सकेको छु अव त
त्यसैले रात छिप्यो घर जानुस नभन्नु मलाई
विन लादेनको साहस पैचो लिएपनि मैले,
दुइ घुट मुखमा नपोखिन्जेल जिब्रो हिडदैन मेरा
खोपडी छेउको दुइ कन्चट वाट तातो लहर
टाउकोमा एक पटक फनक्क घुमेर
कानहरु रातो र तातो पार्दै शरीर भित्र हिडेपछि
सुतेका तन्तुहरु फडफडाउदै जागेपछि मात्र
म वोल्छु, कराउछु, र देखाउछु आफनो साहस
अनि अनायसै मनको कुरा घरि घरि छादछु
आइ लभ यू ,
आइ लभ यू ।
घाचोक कास्की
हाल हङकङ
काठमाडौं । स्रष्टाहरूले संविधानसभामार्फ लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुपर्नेमा र्सवसम्मति जनाएका छन् । प्रगतिशील लेखक संघले शनिबार आयोजना गरेको अन्तरक्रियामा उनीहरूले कुनै पनि रूपमा राजतन्त्रलाई जोगाउन नहुनेमा जोड दिएका छन् । संघका तर्फाट केन्द्रीय सदस्य डा. ताराकान्त पाण्डेले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गर्दै संघका सल्लाहकार रघु पन्तले संविधानसभाको निर्वाचनअघि राजतन्त्र उखेल्न जनमतसंग्रह गर्नुपर्नेमा जोड दिनुभयो । उहा“ले कतिपय राजनीतिक दलहरू अझै राजतन्त्रका पक्षमा देखिएकाले संविधानसभाबाट गणतन्त्र नआउने खतरा रहेकाले त्यसको छिनोफानो जनमतसंग्रहबाट गर्नुपर्ने बताउनुभयो । अर्का स्रष्टा नरहरि आचार्यले संविधानसभामा विजयी नभएपछि रुसमा लेनिनले संविधानसभा नै विघटन गरेझैं माओवादीले परिणाम नमान्ने खतराप्रति सचेत रहनुपर्ने बताउनुभयो । साहित्यकार खगेन्द्र संग्रौलाले कार्यपत्रमाथि टिप्पणी गर्नुभन्दा पनि अरूको आलोचना र नकारात्मक कुरा गर्दै समय बिताउनुभएको थियो भने मणि थापालाई विस्थापित गरेर माओवादीको सांस्कृतिक फा“ट समालेको डा. ऋषिराज बरालले शब्दैपिच्छे ‘अध्यक्ष प्रचण्ड’ भन्ने थेगो दोहोर्याउ“दै आफूले भनेजस्तो नभए माओवादी जंगल फर्किने धम्की दिनुभएको थियो । साहित्यकार डा. तुलसी भट्टर्राईले संविधानसभाको विकल्प नरहेकोमा जोड दिनुभयो भने उपप्रधानमन्त्री अमिक शेरचनका सल्लाहकार डा. महेश मास्केले माओवादीले नभई गणतन्त्रको नारा पर्ूवएकताकेन्द्रले उठाएको दाबी गर्नुभयो । डा. बरालले उहा“लाई ‘मोहनविक्रमको धङधङी भएको लालबुझक्कड’ को संज्ञा दिनुभएको थियो । संघका अध्यक्ष निनु चापागाईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पर्ूवअध्यक्ष आनन्ददेव भट्ट, महिला साहित्यकार नर्मदेश्वरी सत्याल र मानवअधिकारकर्मी कृष्ण पहाडीले पनि बोल्नुभएको थियो । कार्यक्रमा पर्ूवअध्यक्ष श्यामप्रसाद शर्माको पनि उपस्थिति थियो । कार्यक्रमको सञ्चालन महासचिव अमर गिरीले गर्नुभएको थियो । (more…)
मेरो जीवनको हर खुशीहरुमा
जहर घोल्न नआउ तिमी ।
खुशी रहन चाहने मेरा रहरहरुमा
दर्दको आतंक फैलाउन नआउ तिमी ।
हर चाहना र रहरहरु मेरा
सिमलको भुँवा सरी उडेर गए ।
हर पुर्णीमाका रातहरु मेरा
तिम्रो प्रतिक्षामा अनिंदो बितेर गए ।
एक्लो , नितान्त एक्लो बाच्दै छु
यो मेरो दर्दनाक र असफल जीवन ।
तिमी विना ,तिम्रो अभावमा
यो जीवनको सफरमा
केवल मौनता सँग मित्रता गाँसीरहेको छु ,
मेरो जीवनको हर खुशी ।
काठमाडौं
उनको सिउँदो सजिदा एकान्तमा रुदै थिए
दिन केही नभएर आँशु उपहार दिए
डोली चढि उनि गइन आफ्नो मान्छे पराई भइन
वीरसौ भनि कोशीश गरे सधैं मनभरि रहिन
बिछोडले फाटेको मुटु वीरहले सिए
दिन केही नभएर आँशु उपहार दिए
उनि मेरो नभएनि माया अब नरहेनी
हासी खुशी बाँचि रहुन सधै म रोएपनी
उनकै यादमा बग्ने आँशु नशा सम्झी पिएँ
दिन केही नभएर आँशु उपहार दिए
दुइ
(more…)

रुपए ना मान ना सम्मान चाहिए,
हमको खु़दा ना भगवान चाहिए,
हल्दी ना तेल ना ही नून चाहिए,
हमको आतंकियों का खून चाहिए,
बार बार वार पर वार हुए हैं,
भयावाह तीज त्योहार हुए हैं,
मासूमों की चीखों से पटे हैं रास्ते,
आरती अजान हाहाकार हुए हैं,
टूटते समाज को बचाने के लिए,
दुष्टों को सबक सिखाने के लिए,
भाषणों का नहीं मजमून चाहिए,
हमको आतंकियों का खून चाहिए,
मुँह ढँक चुपचाप सोते रहे हैं,
झूठमूठ के विवाद ढोते रहे हैं,
आज भी यदि ना प्रतिकार करेंगे,
कल आप इसका शिकार बनेंगे,
शान्ति का व्रत तोड़ने के वास्ते,
भेड़ियों पे सिंह छोड़ने के वास्ते,
नई देशभक्ति का जुनून चाहिए,
हमको आतंकियों का खून चाहिए।
प्रस्तुत कविता दुइदिन अघि भएको मुर्म्बई बमकाण्डको बिषयलाई लिएर एक भारतीय ब्लगर अभिनवले उनको ब्लग ‘निनाद गाथा’ मा प्रकाशन गरेका थिए । चहल
असार २९ गते । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको १९२औँ जन्मजयन्ती आज नेपाल अधिराज्य तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । अयोध्याका राजा रामको जीवनीलाई सरल नेपाली भाषामा लेखिएको ‘रामायण’मार्फ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकविले भाषा, साहित्य र संस्कृतिमार्फ एकीकरण गरेका थिए । वि.सं. १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनर्ुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए भनिन्छ । ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । कुमारीचोकको हिसाब मिलाउन नसकेर झयालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए- ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनामा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पर्ूण्ा नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।रासस
…..र यो पनि ……
भानुभक्तका जीवनीकार
चर्कीएको थियो मुटु फुटाएर गयौ किन ?
गन्तब्यमा नपुग्दै हात छुटाएर गयौ किन ?
तिमीले छातिभित्र छुरा हान्या भए सहिदिन्थें,
भाडाका गुण्डा बोलाई कुटाएर गयौ किन ?
एकअर्काको अंगालोमा बिलाउने सपना थियो ,
आज सारा सपनाहरु टुटाएर गयौ किन ?
सुटुक्क भन्न सक्थ्यौ माया गर्दिन म भनि ,
त्येती भन्नलाइ यत्रो भिड जुटाएर गयौ किन ?
सती साबीत्रीको नाटक गर्नुनै थियो भने ,
निश्चल सँग आफ्नो जोवन लुटाएर गयौ किन ?
कपन -३ , काठमाण्डौ
“सेरमोनियल” को गुन्द्रुकमा जात फाल्दै नफालौं हजुर
दूध खुवाएर विषालु र्सप फेरि पाल्दै नपालौं हजुर
चलाउन नजाने आफ्नै घुँडा ताक्छ बञ्चरोले
कंश बचाउने कपटी अभियान थाल्दै नथालौं हजुर
सन्ततिका लागि बन्न सक्छन् म्युजियमका रमिता
हतारमा तानाशाहका सालिक ढाल्दै नढालौं हजुर
सानो झिल्कोले पनि फेरि गाउँहरू जल्न सक्छन्
शान्ति-वार्तामा दम्भको आगो बाल्दै नबालौं हजुर
विवेकले मात्रै जित्न सकिन्छ जनताको विश्वास
हतियार उन्मादले विरोधीको मुख टाल्दै नटालौं हजुर
पचाउन नसकेर उल्टै बान्ता आउन सक्छ फेरि
संविधानसभामा राजतन्त्रको गन्ध हाल्दै नहालौं हजुर
नवनिर्माणको बेला हो यो होसियारी साथ हिंड्नुपर्छ
झुक्किएर पनि दरबारतिर पाइला चाल्दै नचालौं हजुर
मेचीनगर-२, झापा
आदिवासी गीतकार समाज नेपालको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न भयो । उक्त महाधिवेशनले गीतकार शुभ मुकारूङको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । गठित कार्य समितिमा विनिता देवान र्राई -उपाध्यक्ष, बसन्त वित्यासी थापामगर - महासचिव, दीपेन्द्र दीनदुःखी -सचिव, टीका चाम्लिङ -कोषाध्यक्ष र, सदस्यहरूमा क्रमशः श्रवण मुकारूङ, भूपाल र्राई, वीरेन्द्र र्राई, भरत बमजन, अमरध्वज लामा र निवर्तमान अध्यक्ष सञ्जोग लाफामगरलाई पदेन सदस्यमा चयन गरिएको छ ।
नभुल तिमी मलाई दुखको शागरमा डुबाएर
सक्तीन हाँस्न म मुटुको ब्यथा लुकाएर
तिम्रो मायाको तरङ्गमा डुब्दै थिए
पत्त्तै भएन कहिले यो मुटु तिमीलाई दिए
यती धेरै खुशी छु नदेउ पिरब्यथा मलाई
सक्तीन रुन म आँशु सुकाएर
कयौ रात बिहानि भयो तिमी आउने आशामा
बाटो तिम्रो हेर्दैरहे जुनताराको साथमा
पर्खि रहेछु मिलनको आशामा नदेउ बिछोड मलाई
सक्तीन जिउन म जिउँदो लाश भएर
काभ्रे , हाल - इराक
यस बर्षको आदिकवि भानुभक्त पुरस्कार बालकृष्ण पोखरेल र गोपाल पाँडे असीम पुरस्कार डा. हेमांगराज अधिकारीलाई प्रदान गरिने भएको छ।भाषिक गहन अध्ययन अनुसन्धान एवम् विविध मौलिक सिर्जनाद्वारा नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्याएबापत पोखरेललाई र समसामयिक प्रवृत्ति तथा प्रयोगका आधारमा भाषिक अध्ययन अनुसन्धानद्वारा नेपाली भाषामा उल्लेखनीय योगदान पुर्याएकाले अधिकारीलाई पुरस्कार दिने निर्णय गरिएको नेपाली शिक्षा परिषद्ले जनाएको छ।ती पुरस्कारका राशि क्रमशः १ लाख ११ हजार १ सय ११ र २५ हजार रुपियाँ रहेको छ। दुवै पुरस्कार यही असार २९ गते भानु जयन्तीका दिन प्रदान गरिनेछ।।
Get free blog up and running in minutes with Blogsome | Theme designs available here