गीतकारहरूको छुट्टै समाज
आदिवासी गीतकार समाज नेपालको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न भयो । उक्त महाधिवेशनले गीतकार शुभ मुकारूङको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । गठित कार्य समितिमा विनिता देवान र्राई -उपाध्यक्ष, बसन्त वित्यासी थापामगर - महासचिव, दीपेन्द्र दीनदुःखी -सचिव, टीका चाम्लिङ -कोषाध्यक्ष र, सदस्यहरूमा क्रमशः श्रवण मुकारूङ, भूपाल र्राई, वीरेन्द्र र्राई, भरत बमजन, अमरध्वज लामा र निवर्तमान अध्यक्ष सञ्जोग लाफामगरलाई पदेन सदस्यमा चयन गरिएको छ ।


