सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

July 21, 2006

स्रष्टाहरू गणतन्त्रमा प्रतिबद्ध

Filed under: विविध

काठमाडौं । स्रष्टाहरूले संविधानसभामार्फ लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुपर्नेमा र्सवसम्मति जनाएका छन् । प्रगतिशील लेखक संघले शनिबार आयोजना गरेको अन्तरक्रियामा उनीहरूले कुनै पनि रूपमा राजतन्त्रलाई जोगाउन नहुनेमा जोड दिएका छन् । संघका तर्फाट केन्द्रीय सदस्य डा. ताराकान्त पाण्डेले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गर्दै संघका सल्लाहकार रघु पन्तले संविधानसभाको निर्वाचनअघि राजतन्त्र उखेल्न जनमतसंग्रह गर्नुपर्नेमा जोड दिनुभयो । उहा“ले कतिपय राजनीतिक दलहरू अझै राजतन्त्रका पक्षमा देखिएकाले संविधानसभाबाट गणतन्त्र नआउने खतरा रहेकाले त्यसको छिनोफानो जनमतसंग्रहबाट गर्नुपर्ने बताउनुभयो । अर्का स्रष्टा नरहरि आचार्यले संविधानसभामा विजयी नभएपछि रुसमा लेनिनले संविधानसभा नै विघटन गरेझैं माओवादीले परिणाम नमान्ने खतराप्रति सचेत रहनुपर्ने बताउनुभयो । साहित्यकार खगेन्द्र संग्रौलाले कार्यपत्रमाथि टिप्पणी गर्नुभन्दा पनि अरूको आलोचना र नकारात्मक कुरा गर्दै समय बिताउनुभएको थियो भने मणि थापालाई विस्थापित गरेर माओवादीको सांस्कृतिक फा“ट समालेको डा. ऋषिराज बरालले शब्दैपिच्छे ‘अध्यक्ष प्रचण्ड’ भन्ने थेगो दोहोर्‍याउ“दै आफूले भनेजस्तो नभए माओवादी जंगल फर्किने धम्की दिनुभएको थियो । साहित्यकार डा. तुलसी भट्टर्राईले संविधानसभाको विकल्प नरहेकोमा जोड दिनुभयो भने उपप्रधानमन्त्री अमिक शेरचनका सल्लाहकार डा. महेश मास्केले माओवादीले नभई गणतन्त्रको नारा पर्ूवएकताकेन्द्रले उठाएको दाबी गर्नुभयो । डा. बरालले उहा“लाई ‘मोहनविक्रमको धङधङी भएको लालबुझक्कड’ को संज्ञा दिनुभएको थियो । संघका अध्यक्ष निनु चापागाईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पर्ूवअध्यक्ष आनन्ददेव भट्ट, महिला साहित्यकार नर्मदेश्वरी सत्याल र मानवअधिकारकर्मी कृष्ण पहाडीले पनि बोल्नुभएको थियो । कार्यक्रमा पर्ूवअध्यक्ष श्यामप्रसाद शर्माको पनि उपस्थिति थियो । कार्यक्रमको सञ्चालन महासचिव अमर गिरीले गर्नुभएको थियो । बुधवार साप्ताहिक

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/07/21/p132/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here