सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

August 5, 2006

साहित्यिक कृतिका चलचित्रहरु

Filed under: विविध

विजयरत्न तुलाधर

हलिउडमा “बेस्ट सेलर” -अत्यधिक बिक्री) सावित भएका साहित्यिक रचनाहरूमा चलचित्र बनाउने चलन व्यापक छ । कलिउड भनिने नेपाली चलचित्र जगत्मा पनि परिवर्तन, सिन्दुर, वासुदेव, वसन्ती देखि बन्धकीसम्मका केही चलचित्रहरू साहित्यिक कृतिमा आधारित चलचित्रहरू हुन् । हलिउडमा त्यस्ता चलचित्रहरूले दर्शकबीच राम्रो प्रभाव छोडेका प्रशस्त उदाहरणहरू छन् तर कलिउडमा त्यस्तो उदाहरण छैन भने पनि हुन्छ । बलिउड भनिने हिन्दी चलचित्रजगत्मा पनि साहित्यिक कृतिमा आधारित चलचित्रहरू धेरै नै बनेका छन् । तीमध्ये सबैभन्दा सफल मानिएको चलचित्र “देवदास” हो । शरतचन्द्र चट्टोपाध्यायद्वारा लिखित “देवदास” यस्तो विषय हो, जसमा हिन्दी र बङ्गाली लगायत् भारतका विभिन्न भाषाहरूमा धेरै नै चलचित्र बनिसकेका छन् । तीमध्ये धेरैजसो सफल नै भएका छन् । करिब ५/६ बर्षअगाडि बनेको “देवदास” को सबैभन्दा नयाँ संस्करणमा शाहरूख खान, ऐश्वर्या राय, माधुरी दीक्षित र ज्याकी श्राफजस्ता अति नै चर्चित एवं लोकप्रिय कलाकारहरूले अभिनय गरेका थिए । मूललेखन बङ्गाली भाषामा भएको यो उपन्यासमा आधारित “देवदास” चलचित्रको पुराना संस्करणहरूमा सन् १९६० को दशकमा निर्माण भएको र दिलिप कुमारले मुख्य भूमिका निर्वाह गरेको “देवदास” र १९५० को दशकमा कुन्दनलाल सहगलले “देवदास” को भूमिका निर्वाह गरेको चलचित्र निकै प्रसंशित र लोकप्रिय भएका चलचित्रहरू हुन् । बलिउडमा खास गरेर बङ्गाली साहित्यमा चलचित्र बनाउने चलन बढी छ । त्यसमध्ये पनि बलिउडका चलचित्रकर्मीहरूलाई “देवदास” का रचयिता शरतचन्द्र चट्टोपाध्यायका रचनाहरू त झनै प्रिय छन् । गत वर्षप्रदर्शित “परिणीता” पनि उनैको कृति हो । संयोगको कुरा त के छ भने “देवदास” जस्तै “परिणीता” पनि धेरै पटक चलचित्रको पर्दामा उत्रिसकेको रचना हो । संजयदत्त, सैफ अलि खान, विद्या बालन नवीनतम् संस्करणका कलाकारहरू हुन् भने पुरानो संस्करणमा अशोककुमार, मीना कुमारी, प्रदिपकुमारले अभिनय गरेका छन् । एक अर्का बङ्गाली साहित्यकार विमल मित्राको “साहिब बिबी और गुलाम” मा पहिले पनि चलचित्र बनिसकेको थियो भने अहिले नयाँ एउटा चलचित्र निर्माण हुन लागेको चर्चा छ ।यसरी साहित्यिक कृतिमा चलचित्र बनाउँदा साधारणतया कृतिका रचयिता र कृतिका ज्ञाताहरूले त्यस्ता चलचित्र प्रभावहीन भएको गुनासो पोख्ने गरेको पाइन्छ । यो केही हदसम्म सत्य भएको तथ्य “देवदास” को नयाँ संस्करणका निर्देशक संजयलीला भन्साली स्वीकार्छन् । कृतिको रचना गर्दा कल्पनामा उड्न सजिलो छ, त्यसले दर्शकलाई बाँध्न कठिन हुने भएकोले व्यावसायिकताको लागि केही परिवर्तन गर्नुपर्ने विचार “परिणीता” का निर्देशक प्रदीप सरकारको पाइन्छ । साहित्यिक कृतिहरूमा चलचित्र बनाउँदा रचनाहरूमा निहित हुने गम्भीर प्रस्तुति र भाषागत क्लिस्टताले दर्शकलाई तान्न कठिन छ । सायद त्यसैले होला अमृता प्रितमका कृतिहरूमा बनेका “कादम्बरी” द “पिंजर” ले दर्शकको मन जित्न सकेनन् । प्रेम चन्दका कृतिहरूमा बनेका गोदान, गरिब मजदूर र शतरञ्ज के खेलाडी चलचित्रको रूपमा प्रभावहिन सिद्ध भए । राजेन्द्र सिंह बेदीको एक चादर मैली सी, राजेन्द्र यादवको सारा आकाश, कुसुम अन्सलको पञ्चवटी, शरतचन्द्र चट्टोपाध्यायको “पण्डितजी” मा आधारित “खूशबु” सफल हुन सकेनन् । लेश्वरको “एक सडक सत्तावन गलिया” मा आधारित “बदनाम वस्ती” पनि सफल हुन सकेन । तर कमलेश्वरकै कृति “आगामी अतित” मा बनेको “मौसम” र “काली आँधी” मा बनेको “आँधी” अत्यन्त सफल रहे । यसरी हर्ेदा कृतिको मूल मर्मलाई यथावत् राखी चलचित्रीकरण गर्न सफल भएका चलचित्रले व्यावसायिक लाभ उठाउन सक्षम भएको देखियो । यो र्गमा .के.नारायणन्को “गाईड” र फणिश्वरनाथ रेणुको “तीसरी कसम” पनि पर्दछन् । तर साहित्यिक कृतिलाई नै यथावत रूपमा चित्रण गर्ने प्रयास भने प्रभावशाली हुन नसकेको स्पष्टै देखिन्छ ।

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/08/05/p138/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here