सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

August 10, 2006

तिमी संग भेट हुंदा …..

देव गुरुङ

तिमी संग भेट हुंदा हांसे अन्जानमा ।
सपना झै माया प्रिती गांसे अन्जानमा ।।

मायाको परिभाषा थाह छैन मलाई ।
मनमा तिम्रो तस्वीर टांसे अन्जानमा ।।

पधेंरोमा लुकि वस्थे तिम्रो प्रतिक्षामा ।
मिर्मिरेमा भाले भई वासे अन्जानमा ।।

अचम्मै भो दम खोकी केहि रोग छैन ।
माया सल्काई मुटुमा खांसे अन्जानमा ।।

अन्न वाली उव्जिएन वालुवाको खेतमा ।
व्यर्थै मैले वांझो जोति चासे अन्जानमा ।।

घाचोक कास्की
हाल हङकङ

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/08/10/141/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here