सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

August 18, 2006

सुनसान रात, चिसो हावा , हाम्रो गर्मी

शहिदको विधवा पत्नी –२

आवाजको ख्याल गर्दै विस्तारै म माथि खप्टिएको उ, जीवनमा पहिलो “अहा” को चित्कारसंगै उ म माथि समाधिस्थ भएको छ, म उ माथि विलय भएकी छु । पसिनाका धाराहरु वगे, शितल र मधुर कम्पनहरु पैदा भए । केही वेरको चरम उडानपछि दुवै एकै विन्दुमा स्खलित भयौं । भल वगेर ओछ्यान भिजेछ, परमात्माको व्रहृमलीन पछि वास्तविकतामा र्फकेका छौ । परिश्रम पछिको थकान नमेटदै, हामी पुन जाग्रित भएका छौ । सुनसान रात, चिसो हावा हाम्रो गर्मी शरीरमा उन्मुक्तता प्रदान गर्दै हाम्रा हातहरु पुन स्वचालित भएका छन् । म सोह्र पुरा गर्दैको यौवन, उ अठार मै को जवानी, दुइ जीवनको मिलन यहां प्रेमको माध्यमवाट होइन परंम्परागत रितीरिवाजवाट भएको छ । यहां प्रेम पछिको प्रतिक्षारत सुखद मिलन नभएर, सुखद मिलन पछिको प्रेमालाप भएको छ ।कति पटक हामी स्खलित भयौ यो हामीलाई पनि थाहा भएन । टिनएजका हाम्रा यौवन सोच्न र स्थिर रहन सक्ने संम्भावना नै थिएन । कुन पहरमा हामी निदायौ यसको हेक्का पनि भएन । विहान एक्कासी विउंझिदा अस्तव्यस्त शरीरलाई तहलाउदै गर्दा पेटीकोटमा रगतको टाटा, सेतो तन्नामा पोखीएको रगत र सेतो टाटाले पुनः एक पटक आंगलाई झस्कायो र मनमनै लाजले ओठमा मुस्कान ल्याई दियो । त्यो क्षणको दुखाई रोमाञ्चित र सुखद दुखाइ थियो । दांतको टोकाई, नङ्ग्राको कोपर्राई, वलिष्ट हातको मिचाई, यौनाङ्ग भित्रको आत्मीय दुखाई अन्तरआत्मामा अलौकिक थियो । सवैको संगमको अनौठो अनुभूति पीडा नभएर चरम सुखको आभाष थियो, यो जीवनको पहिलो अनुभव र विवाहको वास्तविकता । उसलाई पनि उठाउदै तन्नामा लागेको दागलाई संकेत गदै देखाए । उ मा विजयको मुस्कान देखे र मैले तन्नालाई लुकाउन, तन्ना उठाएर खाट मुन्तिर छोपेर राखे । आजवाट म पूरा नारीमा परिणत भएकी छु ।विहेको अर्को दिन, नौलो ठांउ, नौला नातेदारहरु, नयां छिमेकी टोलवासीहरु, अपरिचत गांउलेहरु, सवै मलाई नियालेर हेदैछन् । लाजले राता भएका गाला निहुरेका निधारमा हल्का मुस्कानलाई हेदै सवै भन्थे “हिसी परेकी छे, लछिनीकी छे” । दिनहरु यसरी नै वित्दै गए, रातहरु त्यसरी नै वित्दै थिए । न हामी थाक्यौ र न रातहरु थाके । न र्सुय दिन ल्याउन छोड्थ्यो न चन्द्रमा रातमा उदाउन छोड्थ्यो । प्रत्येक रात हामीलाई नयां लाग्थ्यो र प्रत्येक संम्भोग हामीलाई नयां जीवनको अनुभव गराउथ्यों ।देशमा पञ्चायती शासन व्यवस्था लागु थियो । कांग्रेस कम्युनिष्टहरु राजनीति गर्नमा अभ्यस्त थिए । एकिकरणमा अवरोध पुर्‍याउन र्समर्थ कीर्तिपुरवासी भित्र पनि राजनीति गुम्सिएको छ तर यो घरमा धार्मिक विविधता र विभेद छ । कोही पूर्वीय सँस्कृति अनुयायी, कोही पाश्च्यात्य संस्कृति अनुयायी, पेशाले कोही डकर्मी, कोही सिकर्मी । मेरो पति थिए, सिकर्मी र राजनीति कार्यकर्ता नभएर राजनीतिका आस्थाका पात्र थिए । दैनिक काम गर्न जाने र रातमा मसंग लुटपुटिएर सुत्ने, यही थियो हाम्रो विहे पछिको दिनचर्या । जीवन हाम्रो लागि वसन्त ऋतु सावित भएको छ । न हाम्रो विशेष चाहाना थियो न कुनै पछुतो । विहे पछि पाएको प्रेम, दिन दिनै गाढा र मजवुत हुदै झाङदिै थियो । निर्मल, स्थिर, उत्तराखण्डका अग्ला सेता हिम पर्वतहरु जस्तै हामी पनि स्थिर निर्मल सलसल वग्दै गरेका दुइ प्राणी थियौ ।कीर्तिपुर इतिहाससंग हारे देखि प्रत्येक कीर्तिपुरवासीसंग राजनीति लुकेको छ, मौलाएको छ । मुख्यतया दुइ ध्रु्रवमा विभाजित यहांको राजनीतिक आस्थालाई वढावा दिन स्थानीय सशक्त अगुवाई गर्ने नेताको खांचो छ जसको विना यहांका जनता वाहिरवाट यहां आई वसेका नेताहरुको वढावामा नै सीमित रहन वाध्य भएका छन् । यहांका अधिकांश जनता गरिव, काठमाण्डौमा मजदुरी गर्ने र कृषि मजदुर भएकाले वर्ग संर्घष ती काठमाण्डौका पूँजीपति वर्गसंग हुनु पर्ने विश्वास गर्दछन् । संसारमा औद्योगिक क्रान्ति पछि देखा परेको पूँजीपति वा जमिन्दारी वर्ग र उद्योग, कलकारखाना तथा कृषि मजदुर वीचको फासला वढ्दै जानुले जन्माएको र्सवहारावर्ग वीचको द्वन्दको कारण कम्यूनिजम नीतिको सुत्रधार भएको हो भने कीर्तिपुरमा इतिहांसमा भएको बर्बर वेइज्जतको तुसलाई र र्सवहारा वर्गको समकक्षमा बाँच्ने जनताको लागि केही र्सवहारा वर्गमा विश्वास गर्ने नेताहरुले यहां आई कीर्तिपुरवासीको विश्वास जितेका छन् भने केही जनता राजनैतिक आकर्षाले पूँजीवादी राजनीतिमा पनि लागेका छन् । तर्सथ यहां राजनैतिक विविधता पनि छ र हाम्रो परिवारमा पनि यो विविधता रहिआएको छ ।
पूँजीवादी वर्ग संगठनात्मक कमजोरीले ग्रस्त छ । र्सवहारावर्गमा अधिनायकवादीको वर्चस्व छ । मैले एक दिन यस्तो विष्लेषणहरु राजनैतिक र्सघषका क्रममा यही कीर्तिपुरमा सुनेकी थिएं । शायद संसारमा कम्युनिष्टहरुको साम्राज्य ढल्नुको कारक तत्व पनि हो की - भन्दै “कम्युनिष्टहरु एक पटक अध्यक्ष वा महासचिव भए पछि उसको फोक्सोमा सास रहुन्जेल त्यही पदमा रहन चाहान्छ । उ भन्दा मुनिका जस्तै प्रखर, सवैको विश्वासिला नेता पनि त्यो पदमा पुग्न उसको मृत्यु पर्खनु पर्दछ र त्यो पर्खन न उसको मानले दिन्छ, न दिमागले दिन्छ, न उसको आयुले सहायता गर्छ तर्सथ उसले उसका पकडवाला अनुयायीहरु बोकेर अर्को गुट र उपगुटको श्रृजना गर्दछ । ग्रोर्वाचोभलाई यल्तसीनले, माधव नेपाललाई वामदेव गौतमले, डेङ्गसियाओ पिङले माओ विरुद्ध व्रि्रोह गरे जस्तै कांग्रेसमा व्रि्रोह पूरा भएन किनकि त्यस पार्टर्ीी अर्को पटक प्रत्येक कांग्रेसी आफूलाई सामर्थ्यवान सावित गर्न सक्छ भने त्यो उच्च पदमा पुग्न सक्छ । नेपालमा कम्युनिष्टहरु यती धरै गुटमा बांधिनुको मुख्य कारण शायद यही होला । यसै कारण कीर्तिपुरवासीहरु पनि अन्यौलवस विभिन्न गुट, उपगुटमा विभक्त छन् । आफ्ना उदयमान मातहतका प्रखर नेताहरुको सम्मान गरी कामको मौका दिएको भए विश्वमा कम्युनिष्टहरुको पतन हुने थिएन र नेपालमा पनि शासन वाहिर बस्नु पर्ने थिएन तथा र्सवहारा वर्गहरु यसरी विखण्डित भई जंगल र सडक पस्नु वाध्यात्मक अवस्थाको श्रृजना पनि हुने थिएन ।” कीर्तिपुरको राजनैतिक यथार्थता, यहीं इतिहांसमा भएको वेइज्जती, अनुकूल समयको पर्खाइमा शहिदहरु जन्माइ रहेकाछन् । म पनि यसै उद्देश्यको द्योतक भएकीछु, हिजोको रातको सुखमय संर्सग पछि ।
२०४६ साल फाल्गुण ७ गते देखि नेपालमा पूँजीवादी र वर्ग संर्घष्वादीको संयुक्त तत्वावधानमा गणेशमान सिंहको नेतृत्वमा पञ्चायती शासन व्यवस्था विरुद्ध युद्धको घोषणा भएको छ । संयुक्त मोर्चाको विरुद्ध युवाकालमा र्सवहारावर्गमा सामेल भई कार्य गरिसकेका पंञ्चायतका रखवाला मरिचमान सिंह प्रधानमन्त्री छन् । विश्व राजनीतिमा आएको परिवर्तनको हावा नेपालमा पनि लागेको छ । यस युद्धमा कैयौको मृत्यु भई शहिद वन्ने छन्, यो भविष्यको गर्भमा छ । यो समय मेरो गर्भमा नयां जीवनको सूत्रधार भई सकेको छ, हामी, हाम्रा परिवारका सदस्यहरु यस समाचारले खुसी ल्याएको छ । भरीभराउ परिवारमा अर्को नयां सदस्यको आगमनको प्रतिक्षामा छौ । नेपालको राजनीति तातिदैं गएको छ । जुलुस, नारा, लाठी प्रहार, अस्रुग्यास प्रहार, हावामा गोली प्रहार, धरपकड, खोरमा थुन्ने, पोखरीमा चोपल्ने, अमानवीय यातना दिने जस्ता कार्यहरुको चरमोत्कर्षहुदै गई रहेकोछ । नेपाल वन्द, विजुली निभाउ अभियान, वाटो खन्ने, राती पहरा दिने कार्यहरुमा तीव्रता आएको छ । काठमाण्डौ खाल्डोका चार पुरहरु, कान्तिपुर, ललितपुर, भक्तपुर र कीर्तिपुरको प्रत्यक्ष अगुवाइमा जनकपुर, विराटनगर, पोखरा, भैरहवा, नेपालगंजहरु सवै सामेल भएका छन्, निश्कर्षो खोजीमा ।पुलिस प्रशासनको ज्यादती बढ्दै जादैछ र जनता हताहत हुने संख्या बढन थालेको छ । जनआन्दोलनको पहिलो शहिद ललितपुरवाट सुरु हुदै, भक्तपुर, जनकपुर हुदै देश भरी फैलिदैंछ । अपार जनर्समथन प्राप्त यो जनआन्दोलन उग्र हुदै जाँदैछ र कीर्तिपुरवासीले यस आन्दोलनमा मुख्य भूमिका निभाउदै ठूला ठूला जुलुसहरु काठमाण्डौमा धावा वोल्न आइ पुग्थे ।उ दिनभरी काम गरी घर आइ पुगेको छ । सांझको खाना खाई ओछ्यानमा थकाई मार्दै मेरो प्रतिक्षामा अधर्ैय हुदै पर्खि रहेकोछ र म भान्छाको अन्तिम कामहरु सिध्याएर कोठामा पुगेकी छु । ढोकाको चुकुल लगाउदै नजिक के पुगकी थिए एक्कासी हात समाएर तान्दा मैले चिच्याउदै भने “पेटको छोरा………..” । अनायासै निस्केको छोरा शव्दले संभालिदै “हं” भन्दै मलाई मायाले विस्तार अंगाल्न पुग्न थाल्नु भयो । प्रेम र स्नेहले भरिपर्ूण्ा हातका सहलाइले मेरो पेट माथि अचम्मको झनझनाहटले सम्पर्ूण्ा शरीर भरी मायाका छालहरु तरंङ्गदिै छन् । “खोई मेरो छोरा” भन्दै खोतली रहेका उसका औलाहरु मेरो नाइटोमा अल्भिmन पुगेको छ र आनन्द र रोमाञ्चकताको अनुभूतिको रसपान गर्दै “त्यही छ” भन्दै मुखमा मुख मिसाइ दिएको छु पल्लो कोठावाट हाम्रा संम्वादहरु नसुनुन् भनेर । उसका हातहरु सलवलाई तल चिप्लिन खोज्दैछन् ।”विस्तारै” र्सतर्क गराउदै म मेरा अस्मिताहरु सुम्पदै छु, उ यी सवै अस्मिताहरु एकै पटक उपभोग गर्नमा आतुर हातहरु कुनै तल कुनै माथि । मेरा हातहरु पनि उसको यौनाङ्गमा सलवलाउदै खैल्दै थिए । विस्तार विस्तार पाक क्रिडामा मग्न हामी दुर्इ, तेस्रोकोे पनि ख्याल गर्दै मग्न थियौ । सदा झै आज पनि हामीले तृप्तताको अनुभूति लिदै उ, म माथि स्खलित भएको छ । उ, म भित्रै म उसैको तालमा, उसको संगै केन्द्रीय विन्दुमा स्खलित हुन पुगेकी छु दुवैको स्मरण पटलमा आउने सन्तानको असीम ममता र स्नेह साँच्दै । यही अर्ध चेतन, अर्ध नग्न अवस्था मै हामी दुवै आत्मलीन हुदै स्वर्गीय आनन्दमा, यथा आलिङगन भित्रै चीर निन्द्रामा निदाएंछौ, भोलिको दिनलाई पर्खदै ।चिसो हावाको लहर संगै विउँझेको मेरो आँखा अगाडि हामी निवस्त्र रहेछौ । उ विउँझेला भन्ने डर मान्दै सुस्तरी र्सर्किदै खाटवाट ओर्ली म एक पछि अर्को लुगाहरु लाउदै गए र उसलाई खास्टोले ओर्ढाई दिंदै म कोठो वाहिर निस्के, उ भावी सन्तानको सम्झनामा स्वर्गीय न्रि्रा मै आनन्दसंग सुतीरहेकै थियो ।
सदाको झै आज पनि भान्साको काम समाप्त भएको छ र उ हिजो अस्ति जस्तै हिमाल सिमेन्ट कारखानामा ढलान गर्न फर्मा राख्न जान लुगा लगाई तयार भएर जाने तरखरमा छ । कोठावाट ठूलो आवाजमा मलाई वोलाउदै थियो र मैले उसको आवाज सुनेकोले, गर्दै गरेको काम छोडेर कोठामा पुगेर “किन -” भनी प्रश्न गरे । उसले जवाफमा “आज चाँडै आउँछु वाहिर नजानु, अवस्था राम्रो छैन” भन्दै निस्कनु भयो ।राजनैतिक गर्मी चरम सिमामा पुगेको छ । पाटनमा सिडिओ कार्यालय प्रदर्शनकारीको घेरावन्दी भित्र छ । पुलिसको गोलीले घर भित्रका मानिसहरु मारिन पुगेको छ । गोली लागेर मानिसहरु मरि रहेका छन् । मरेका लासहरुको राजनैतिक शवयात्रा सहर भरी परिक्रमा गर्दै विरोघ प्रदर्शन हुदैछ । काठमाण्डौको मुख्य मुख्य सडकहरु विरोध जलुसले भरिएका छन् । भक्तपुर सहरभित्र पनि ठूला ठूला जुलुसहरु नगर परिक्रमा गर्दै रहेका छन् भने काठमाण्डौमा सशक्त विरोधको होस्टेमा हंैसे गर्न भक्तपुर, ठिमी, कीर्तिपुर र ललितपुरका ठूला ठूला जुलुसहरु ओर्लिदै छन् । यी जुलुसहरुलाई वीचैमा रोक्ने भरमग्दुर प्रयासहरु हुदै थिए तर पुलिस प्रशासनलाई सफलता मिल्न सकिरहेको छैन । विरोध अन्तिम मोडमा पुगेको आभास हुन्थ्यो । रातमा कफर््यू लाग्ने आशंका बढी रहेको छ । यी कफर््यूका रातहरुमा हताहत हुनेको संख्या ठूलो हुनेछ तर यसका परिणामहरु मुल्यांकन हुन सकिरहेको छैन ।क्रमश ……..

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/08/18/p144/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here