सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

August 19, 2006

प्रगतिशील साहित्यकारहरुको साझा थलो - प्रलेसं

Filed under: विविध

प्रगतिशील लेखक संघ मुलुकभरिका प्रगतिशील, प्रगतिवादी स्रष्टाहरूको साझा संगठन हो । यसको गठन वि.सं. २००९ सालमा साहित्यकार श्यामप्रसाद शर्माले गर्नुभएको थियो । देशभरि छरिएर रहेका प्रगतिशील, प्रगतिवादी साहित्यकारहरूलाई एउटै संगठनमा बांधेर प्रगतिशील, प्रगतिवादी साहित्यको विकास गर्ने प्रमुख उद्देश्य अनुरूप यसको गठन गरिएको थियो । ५४ वर्षलामो इतिहास बोकेको यो संस्था अहिले पनि यही उद्देश्य अनुरूप अगाडि बढिरहेको छ । साहित्यले राष्ट्र र जनताको भलो गर्नुपर्छ र समाजलाई साहित्यले सुन्दर बनाउनुपर्छ, साहित्य सबै प्रकारका अन्याय र उत्पीडनका बिरुद्धमा उभिनुपर्छ, अन्धविश्वास, जातपात, छुवाछुत, लैङ्गिक विभेद लगायतका नचाहिँदा कुराहरूको विरोधमा साहित्य उभिनुपर्छ, ंस्रस्टा र उसको सिर्जनाले राष्ट्रमाथि हुने बाहृय हस्तक्षेपको विरोध गर्दै स्वतन्त्रतापर्ूवक जिउने सन्देश दिनुपर्छ जस्ता विचारहरू प्रगतिशील साहित्यले राख्दछ । यसैले यथास्थितिको विरोध गर्दै परिवर्तनको पक्षमा उभिने साहित्यकारहरूलाई प्रगतिशील भनिएको हो । कतिपय मानिसहरू साहित्य र साहित्यकार भनेपछि त्यो स्वतः प्रगतिशील भइहाल्छ नि भन्ने तर्क पनि गर्छन् तर यो तर्क गलत हो । साहित्यकार र उसका कृतिहरू यथास्थितिवादी पनि हुन्छन् । तिनले समाजलाई सही होइन, गलत बाटोतिर पनि डोर्‍याउँछन्, जीवनलाई सुन्दर होइन, कुरुप पनि बनाउँछन् । प्रगतिशील साहित्यकार प्रगतिवादी हुनुपर्छ भन्ने छैन । प्रगतिवादले मार्क्सवादलाई आफ्नो विचार र चिन्तनको मूल आधार मान्दछ । मार्क्सवादी दर्शनलाई पछ्याउँदे प्रगतिवादीहरू साहित्यले उत्पीडित वर्गको मुक्तिका निम्ति सहयोग पुर्‍याउनुपर्छ भन्छन् । साहित्य स्वान्त सुखायका निम्ति नभएर जीवन र जगत्को परिवर्तनका निम्ति हुनुपर्छ भन्ने मान्यता प्रगतिवादको रहेको छ । प्रगतिवाद साहित्यका माध्यमबाट जीवन र जगत्लाई फेर्ने र नयाँ र सुन्दर बनाउने चिन्तन हो । यसको केन्द्रमा जीवन, समाज र त्यसको रूपान्तरण रहेको हुन्छ । यथास्थितिवादको विरोधमा उभिने भएकाले प्रगतिशीलहरू प्रगतिवादीका निकट हुन्छन् । दुवै एउटै संस्थामा समेटिएर अघि बढ्न सक्नुको मूल आधार यही हो ।

प्रगतिशील लेखक संघ सुरुदेखि आफ्नो उद्देश्य अनुरूप आफ्नो देशमाथि हुने बाहृय थिचोमिचोको विरोधमा उभिएको छ । सुस्ता र महेशपुरमा अतिक्रमण हुँदा यो तातेको छ र कालापानीमा विदेशी फौज बस्दा यसको छाती दुख्नुसम्म दुखेको छ । राष्ट्रलाई मुटुभरिको माया खन्याएर प्रेम गर्नु र साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरूको विरोध गर्नु यसको विशेषता हो । साँचो मान्यता र भातृत्वका पक्षमा पनि यसले आवाज उठाउँदै आएको छ । प्रलेसं सधैँ स्वतन्त्रता, समानता र सामाजिक न्यायको पक्षमा दृढतापूवक उभिएको संस्था हो । अन्धविश्वास र रुढीवादीहरूको विरोध गर्दै वैज्ञानिक दृष्टिकोण अँगाल्नु, गलत संस्कृतिको अन्त्य र नयाँ संस्कृतिको निर्माणमा लागिपर्नु, भूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवादका विरुद्ध वैचारिक प्रतिरोध गर्नु, सबै प्रकारका निरङ्कुशता विरुद्ध सङ्र्घष्ा गर्नु र साँचो लोकतन्त्रका पक्षमा उभिनु, प्रगतिशील साहित्यको संस्थागत विकासका निम्ति निरन्तर क्रियाशील रहनु, प्रगतिवादी दृष्टिकोण अनुसार नेपाली साहित्यको विश्लेषण र मूल्याङ्कन गर्नु, जीवनविरोधी साहित्यका विरुद्ध सशक्त ढङ्गले उभिनु यस संस्थाका विशेषता हुन । यसै अनुरूप ०६२-०६३ को महान् ऐतिहासिक जनआन्दोलनमा यस संस्थाले महìवपर्ूण्ा भूमिका निर्वाह गर्‍यो । यस संस्थासँग सम्बद्ध दर्जनौ स्रष्टाहरू राज्य दमनको शिकारसमेत बने । श्यामप्रसाद शर्मा, रमेश विकल, गोविन्द भट्ट, आनन्ददेव भट्ट, निनु चापागाईं जस्ता वरिष्ट साहित्यकारहरूले विभिन्न कालखण्डमा यस संस्थाको नेतृत्व गरेका छन् । सातौँ राष्ट्रिय सम्मेलनपछि पुनः निनु- चापागाईंले यसको नेतृत्व सम्भाल्नु भएको छ । यो नेपालका साहित्यिक संस्थाहरूमा सबैभन्दा बढी व्यवस्थित र सुदृढ संगठनात्मक आधार भएको साहित्यिक संस्था हो । यसको केन्द्र, राष्ट्रिय परिषद् र जिल्ला गरी तीन तह छन् । केन्द्रीय समितिको निर्वाचन राष्ट्रिय सम्मेलनले गर्छ । जिल्लाबाट छानिएका प्रतिनिधिहरू राष्ट्रिय सम्मेलनका प्रतिनिधि हुन्छन् । तिनैले केन्द्रीय समितिका पदाधिकारी, सदस्य र केन्द्रीय पार्ष्हरूको निर्वाचन गर्दछन् । अध्यक्ष, द्वय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरू गरी केन्द्रीय समिति जम्मा २७ जनाको रहेको छ भने पार्ष्हरूको सङ्ख्या अठ्ठाइस छ । केन्द्रीय समिति र परिषद्को निर्वाचन गर्दा समावेशीका साथसाथै क्षेत्रहरूलाई पनि गम्भीर रूपमा ध्यान दिइन्छ । जिल्ला शाखाको गठन जिल्लाका प्रगतिशील, प्रगतिवादी साहित्यकारहरूले गर्दछन् । जिल्ला नेतृत्वको निर्माण पनि निर्वाचनकै माध्यमबाट हुने गरेको छ । अहिलेसम्म यस संस्थाले जम्मा ७ वटा राष्ट्रिय सम्मेलनहरू सम्पन्न गरिसकेको छ ।

५४ वर्षलामो इतिहासमा यसका राष्ट्रिय सम्मेलनहरू धेरै हुनुपथ्र्यो तर कहिले निरङ्कुशताका कारण त कहिले आफैँ भित्रका कमी कमजोरीहरूका कारण यसले आफ्ना राष्ट्रिय सम्मेलनहरू नियमित रूपमा सम्पन्न गर्न सकेन । यिनै समस्याहरूका कारण प्रलेसले प्रगतिशील, प्रगतिवादी साहित्यिक र सांस्कृतिक क्षेत्रमा अपेक्षित कार्य गर्न सकेको पनि पाइदैन । यो यस संस्थाको कमजोर पक्ष हो । तर आफ्नो लामो इतिहासमा यसले जे जति र जे जस्ता कार्यहरू गरेको छ त्यो प्रशंसनीय र उल्लेखनीय रहेको छ । सातौं राष्ट्रिय सम्मेलन यही जेठ २८ र २९ गते ललितपुरको पुलचोक इञ्जिनियरिङ क्याम्पसमा भव्यतापर्ूवक सम्पन्न भयो । राजधानी लगायत मुलुकभरिका झण्डै पाँचसय प्रतिनिधिहरूको सम्मेलनमा सहभािगता रहेको थियो । संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा ने.क.पा. -एमाले) ने.क.पा. -माओवादी) संयुक्त जनमोर्चा, वाममोर्चा, ने.म.कि.पा. का महìवपर्ूण्ा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति थियो । रमेश विकल, गोविन्द भट्ट, लगायत महìवपर्ूण्ा साहित्यिक व्यक्तित्वहरू पनि समारोहमा उपस्थित थिए । नारायणप्रसाद शर्मा, शक्ति लम्साल, कुन्ता शर्मा, शान्तदास मानन्धरलाई प्रगतिशील साहित्यमा उहाँहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सम्मेलनले निनु चापागाईंको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय समिति र अठ्ठाइस सदस्यीय राष्ट्रिय परिषद्को निर्वाचन गरेको छ । उपाध्यक्ष द्वयमा सुधा त्रिपाठी र हरिगोविन्द लुइँटेल, महासचिवमा अमर गिरी, सचिवमा मातृका पोखरेल र कोषाध्यक्षमा गोपाल ठाकुर निर्वाचित हुनुभएको छ ।

सातौं राष्ट्रिय सम्मेलनले संविधान सभाका माध्यमबाट लोकतान्त्रिक प्रजातन्त्रलाई संस्थागत गर्नुपर्ने, नेपाल राज्यको पुनसंरचना हुनुपर्ने, राज्य मातहतका सांस्कृतिक संस्थाहरूको लोकतान्त्रीकरण गरिनुपर्ने, संसदद्वारा गरिएको धर्म निरपेक्ष राज्य, महिलाहरूलाई ३३ प्रतिशत आरक्षण, छुवाछुत मुक्त नेपाल, राष्ट्रिय चिन्ह र राष्ट्रगान परिवर्तनको घोषणालाई व्यावहारिक मर् ूतता प्रदान गर्नुपर्ने, सञ्चार माध्यमहरूलाई परिवर्तित परिस्थिति अनुरूप लोकतान्त्रीकरण गर्नुपर्ने जस्ता प्रस्तावहरू पारित गरेको छ । अहिले चलिरहेको परिवर्तनको महान् प्रक्रियालाई लक्षित विन्दुसम्म पुर्‍याउन वैचारिक, सिर्जनात्मक र संगठनात्मक तीनै तहबाट महìवपर्ूण्ा भूमिका निर्वाह गर्नुपर्छ भन्ने सोच प्रलेसंको रहेको छ । यसका साथै यसले वैचारिक सिर्जनात्मक प्रशिक्षणका कार्यक्रमहरू चलाउने योजना पनि बनाएको छ । प्रगतिशील, प्रगतिवादी साहित्यको विकास कसरी गर्ने - नयाँ नयाँ प्रतिभाहरूलाई कसरी प्रेरित, प्रोत्साहित र संगठित गर्ने - सांस्कृतिक रुढीवादी र प्रदूषणका विरुद्ध संर्घष्ा गर्दै नयाँ र सुन्दर संस्कृतिको निर्माण तर्फकसरी लाग्ने - रूप र अर्न्तर्वस्तुका दृष्टिले उच्च सिर्जना कसरी गर्ने आदि जस्ता महìवपर्ूण्ा विषयहरूमा पनि केन्द्रित हुँदै र तदनुरूप कार्यक्रमहरू सञ्चालन गर्दै अघि बढ्ने सोचाइ यस संस्थाले राखेको छ । यस संस्थाका अगाडि धेरै चुनौतिहरू पनि छन् तर सबै प्रगतिशील स्रष्टाहरूबाट सद्भाव र स्नेह पाएर आउँदा दिनमा प्रलेश अझ व्यवस्थित र गतिशील हुँदै अघि बढ्ने छ भन्ने विश्वास लिन सकिन्छ ।
अमर गिरी

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/08/19/p137/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here