राजपरिवारका धेरै सदस्यहरुको मृत्यु
प्रेमकुमार मालाकार
आज विहान उठेदेखि निराशाले छोपेको छ र रेडियोमा भजनहरु मात्र वज्दै थिए । आजको मिति वि.सं २०५८।०२।२० आकासमा निस्तबता छाएको छ, मनमा खिन्नता र वातावरण उदास लाग्दो छ । किन हो किन, आज काममा जाने जाँगर पनि छैन ।एकै छिनमा वाटोमा मानिसहरुको चर्का आवाजहरु सुनिन थालेको छ । मैले अपत्यारिला कुराहरु सुने र पुस्ट्यार्इंको लागि नजिकका व्यक्तीहरु संग सोध्दा, दरवार भित्र गोलीकाण्ड हुदाँ राजपरिवारका धेरै सदस्यहरुको मृत्यु भएको छ तर यसको सरकारी पुस्ट्याईं भएको छैन भने । विदेशी समाचार संस्थाका अनुसार “मिति ः २०५८।०२।१९ तदनुसार २००१ जुन १ तारिखको राती ९।१५ वजे दरवारमा गोली काण्ड हुँदा राजा वीरेन्द्र, रानी ऐर्श्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, शहज्यादी जयन्ती, कुमार खडग विक्रम, अधिराजकुमारी शान्ती, अधिराजकुमारी शारदाको मृत्यु भएको छ भने घाइते हुनेहरुमा अधिराजकुमारी कोमल, अधिराजकुमारी शोभा, कुमार गोरख राणा, धिरेन्द्र शाह, केतुकी तथा युवराज दीपेन्द्र पनि रहेको वताइएको छ” ।विहान ९ वजे विविसी र सिएनएन टिभिवाट मात्र थाहा भएको मलाई, जसमा युवराज दीपेन्द्रवाट विहे गर्ने विषयमा रानी -आमा) संग मनमुटाव हुदा सवमेसिनगनले गोली हानी सवैको हत्या गरेको समाचार प्रकाशित भएको छ ।काठमाण्डौ र काठमाण्डौ वासी जनता यस समाचारले स्तब्ध भएका छन् । देश रोकिएको छ, आकास रोएको छ । मानिस सडकमा उम्रिएका छन् । राती दाग बत्ती दिदांको समय पानी परी आकास रोइ दिएको छ । लस्करै जलाएका यी राजपरिवारका लासहरुको आगाको लप्काले प्रत्येक मै हू भन्ने व्यक्ती पनि रुन वाध्य भएका छन् ।राजपरिवारका पाँच शवहरु क्रमसः राजा वीरेन्द्र, रानी ऐर्श्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती र शहज्यादी जयन्तीका सवयात्रालाई हेरी धरती, आकास, पाताल, मानिस, पशुपंछी, वायु, र्सुय चन्द्र आदि सवै विवेक शुन्य भई शोक मग्न भएका छन् । निसहरु यस विपदको शब्द र वाक्यले मनको ब्याकुलता पोख्न सकिरहेका छैनन् ।विश्व राजनीतिमा एकै राजपरिवारको यत्रो ठूलो सामूहिक संहारको यो नै पहिलो इतिहांस भएको छ त्यसमा पनि एक प्रेमिकाको लागि सम्पर्ुण्ा राजपरिवारको सामुहिक नरसंहार हुनु यो श्रृष्टिको लागि नै नयाँ इतिहासको कालरात्री सावित हुन पुगेको छ । यो दिन, जनता, २०४६ चैत्र २६ गतेका दिन प्रजातन्त्र पुन प्राप्तीवाट जति हर्षर खुसी भएका थिए आजको शव यात्रामा ठिक उल्टो त्यती नै दुखी र खिन्न भएका छन् ।राजनीतिक आस्थाका विषयमा केही युवाहरु भनाभन गर्दै, झगडा गर्दै थिए कर्ीर्तिपुरको एउटा टोलमा, कुनै व्यक्तिले अप्रिय घटना हुने आशंकाले प्रहरीलाई फोनवाट जानकारी गराएकोले प्रहरीहरु आई ती युवकहरुलाई प्रहरी थानामा लगेको थियो । ती युवाहरुलाई थाना लगेको खवर कीर्तिपुरमा आगो झै फैलियो र सारा कीर्तिपुरवासी उनीहरु राखेको प्रहरी थानामा जम्मा हुन थाल्दा पूरा भिडको रुप लिन थाल्यो । प्रहरीहरुलाई उनीहरुलाई छाडी दिन धेरै अनुरोधहरु भए तर ती युवाहरुलाई छोड्न प्रहरीहरु तयार भएनन् । लामो अनुनय विनय गर्दा पनि युवाहरुलाई नछोडे पछि भिडभित्रवाट आक्रोसित केही व्यक्तिहरुवाट प्रहरी कार्यालय भित्र ढुङ्गा हिर्काउने कार्यहरु हुन थाल्यो । प्रहरीहरुले भित्रवाट अश्रु ग्यासको गोला हान्ने र जनताहरु वाहिरवाट ढुङ्गा हान्नेमा अभ्यस्त देखिए पछि चौकीको सुरक्षार्थ काठमाण्डौवाट थप प्रहरीवलको माग फोनवाट भयो । उक्त प्रहरी चौकी पुग्ने मोटर वाटोमा कीर्तिपुरवासीहरुको ठूलो भिडले गर्दा प्रहरी चौकी पुग्न थप प्रहरी वल सक्ने अवस्था थिएन भने पैदल प्रहरी वल पुग्न पनि वाटो थिएन चारैतीरवाट भिडले घेरिएको थियो त्यो प्रहरी चौकी । कीर्तिपुरका प्रहरी वललाई सडक मार्गवाट सहयोग गर्न सक्ने अवस्था कम देखिए पछि नैकाप तीरवाट आएका प्रहरीहरु कीर्तिपुरको पश्चिम तर्फो कालु पाण्डेको हत्या गरिएको भिरालो घाँसे जमिनमा मोर्चा जमाएर वसेका थिए । हवाई मार्गवाट हेलिकप्टरमा प्रहरी अधिकृतहरु कर्ीर्तिपुरको डाँडोको चक्कर काट्दै प्रहरी चौकीको अनुगमन गर्दै थिए । कीर्तिपुरका जनताहरु ती युवाहरुलाई समाएर काठमाण्डौ नलैजाउन भन्नका खातिर काठमाण्डौवाट आएका प्रहरीवललाई चौकी पुग्नमा अवरोध पुर्याउदै थिए । अश्रु ग्यास, ढुङ्गा, नारा, विरोधहरु हुदै थिए । काठमाण्डौको प्रहरीवल नजिक आइ पुगेका र हेलिकप्टरको सुरक्षाको आडमा उत्साही भएका प्रहरी चौकी भित्रका प्रहरीले हवाई फायरहरु गरे भिड पन्छाउन तर हवाइ फायरले उग्र्ररुप लिएका जनताहरु अझै ठूलो उग्ररुपले जाई लाग्दा प्रहरीहरुले चौकी भित्रवाट र काठमाण्डौवाट आएकाले वाटोवाट जनतालाई वीचमा पारी गोली चलाए जसको कारणवाट मानिसहरु धेरै हताहत भए । प्रजातन्त्र पुन वहाली गर्न कर्ीर्तिपुरका जनताको रगत वग्यो । कतिको मृत्यु भयो ।मेरो पति हिमाल सिमेन्ट कारखानामा आफ्नो दैनिक काम सिध्याएर घर र्फकदै थियो । घर आउन सोही चौकीको तर्फो वाटो प्रयोग गने गर्दथ्यो र आज पनि सोही वाटो र्फकदै थियो र शायद त्यहाँको वास्तविक घटना पनि वुझ्न चाहान्थ्यो । उ आउँदा आउँदै चौकी तर्फाट सवभन्दा पछाडि र काठमाण्डौवाट आउँदाका सवभन्दा अगाडिको एक घरको ढोकामा वसेर चौकी तर्फहेर्दै थियो शायद घर आउने वाटो खुल्ला भएको भए त्यहाँ रोकिने पनि थिएन होला । हवाई फायरको क्रममा सवै भाग्न खोज्दै थिए, उ ढोकैमा भएकोले उ भाग्न पनि चाहेन र घर भित्र पनि पसेन । हवाइ फायरका लगत्तै पछि प्रहरी चौकी भित्रवाट र काठमाण्डौवाट आएका प्रहरीहरुले दुवै तर्फाट मानिसको हुल ताकेर गोली चलाउन सुरु गर्दा मानिसहरु भटाभट भुइमा लडन थाल्यो “कोही ऐया गर्दै, कोही आमा गर्दै” । यतिकैमा एउटा गोली मेरो पतिको रुद्रघण्टीवाट पसेर गर्धनको हाडलाई छेडदै पछाडिवाट निस्कदै भित्ता छेडेछ । उ “आमा र ऐया” पनि उच्चारण गर्न नसकी ढुक्कुर ढले झै ढलेछ । भुइमा र वाटामा ढलेका मानिसहरुलाई प्रहरीहरुले भ्यानमा राख्न थाले । कति लडे कति लगे केही थाहा भएन सवै ज्यान जोगाउदैमा हैरान थिए । उ ढोकैमा ढलेकाले सोही घरका मानिसहरुले घिर्सार्दै भित्र लगे र ढोकामा चुकुल लगाएर उसको उपचार गर्ने प्रयासमा लाग्न थाले । प्रहरीहरु वँाकी लासहरु खोज्दै थिए । “यहाँ पनि हुनु पर्छ” भन्दै खोज्दै थिए । भित्र उसलाई पानी खुवाउदै थिए तर प्राण उडी सकेको थियो । “राम राम यो त विती सकेछ -” त्यहाँ मध्येकाले एकले भने ।
“यो त धनवीरको छोरा रहेछ, खवर गर्नु पर्ने -” अर्का व्यक्तीले भने । “राजवीर पो परेछ !” त्यहाँ मध्येका एउटा युवाले करायो । “वाहिर पुलिस वलको अत्यधिक तैनाथ छ, अहिले जान सकिन्न, पुलिसले देख्यो भने यसलाई पनि लैजान्छ ” पहिलोले भने ।
काठमाण्डौवाट आएका प्रहरीवलले मरेका, घाइतेहरु, ती समाएर राखेका युवाहरुलाई लिएर गए । त्यस पछि पुन सवै जनताहरु वाहिर निस्कन थाले र सोधखोज गर्न लागे । को को मरे -, कसकसलाई लग्यो -, को को घाइते भए - यतिकैमा हाम्रो घरमा खवर आयो यस वेला रातको करिव १० वजेको थियो । राता रात कर्ीर्तिपुरवासीहरु मिलेर पुरा कर्ीर्तिपुरलाई सिलवन्दी गरियो । सवै मोटर वाटाहरु मोटर आउन नहुने गरी खनिए, रातमा प्रहरी संग मुकावला गर्न र सुरक्षार्थ सवै युवाहरु पहरा दिन थाले ।म रुन सकिन । आखाँवाट आँसुहरु झरेनन् । घरमा रुवावासी भयो । दाजु, भाईहरु उ भएको ठाउँमा दौडिन थाले । पुरा कीर्तिपुरका युवाहरु आक्रोसित भई पुन प्रहरी चौकी धावा वोल्न थाले । यस पटक प्रहरीहरुलाई आत्म सुरक्षामा मात्र सीमित रहन वाध्य तुल्याइयो ।
आज अर्को वज्रपात भएको छ । मिति ः २०५८।०२।२२ गते तदनुसार इ.सं. २००१ जुन ४ तारिख सोमवार दिनको १०।५६ वज्दैछ । नेपाल टिभीको समाचारले नेपालको इतिहासमा नयाँ इतिहास कोर्दै घोषणा भयो । “शाहावंसको इतिहासमा ५४ घण्टा राजाको रुपमा पदासिन हुदै राजा दीपेन्द्रको विहान ३.४५ वजे स्वर्गारोहण भयो” को समाचारले देशवासीको, राजा वीरेन्द्रको तथा अन्य राजपरिवारको असामयिक र अकल्पनीय मृत्युले दुखेको मुटुमा पुन वेस्सरी चिमोटिन पुगेको छ । एउटा यस्तो यथार्थ, राजा घोषणा भए पछि वास्तविक जीवनमा होस् नै नआई, राजाको हैसियतले कसैलाई एउटा निर्देशन नै नदिइ वा राजा भएको छु भन्ने भान नै नहुदै, राजा दीपेन्द्रको असामयिक, अल्पायु र अकल्पनीय मृत्यु हुन पुगेको छ ।
शाहवंसको श्रृष्टिमा पहिलो इतिहास रच्दै समाप्त भएको यो नयाँ परिस्थितिले शाह राजवंशमा नयाँ दिशा अख्तियार गरेको छ । देश घटना मान्न तयार छैन । जनता सत्य कुराको भोका छन् । कपाल मुन्डन गर्नेको होडवाजी चलेको छ । फूलको भाउले आकास छोएको छ । यी हातहरु स्थिर भएका छन् । मन रोकिएको छ । रगत नसामा वग्न मानिरहेको छैन । नेपालको राजनैतिक इतिहासको एकपटक फेरी अनिश्चितताको वादलले छाएको छ । २०४६, २०४७ र २०५० साल पछि एक पटक फेरी कफर््यू ३ वजे देखि विहान ५ वजे सम्म लाग्न पुगेको छ । यस कफर््र्यूमा मृत्यु हुनेहरु स्वर्गीय राजपरिवारहरुको श्रद्धान्जलीमा थप शोक मग्न तुल्याएको छ । शहिद वनेर होइन सत्यताको खोजीमा यिनीहरु ढलेका छन् ।
आजकै दिन ५.५७ वजे शाही परिवारका कान्छा भाई धीरेन्द्र शाहको सोही घटनाका कारण मृत्यु भएको छ । पर्ुव अधिराजकुमार धीरेन्द्र शाहले विधिवत हिन्दु परंम्परा अनुसार वैवाहिक जीवन विताएपछि पनि विदेशी महिलालाई पे्रम गरी अपनाएको कारण वाध्यतावश अधिराजकुमार पद त्याग गरी साधारण नागरिक भई जीवन विताउन रुचाउनु भएको थियो । डायना र फायडको प्रेम यात्राको पेरिसमा अन्त हुँदा वेलायतवासीले डायनाको श्रद्धान्जलीको लागि चढाएको फूलको थुप्रो भन्दा पनि वढी राजा वीरेन्द्र र राजपरिवारलाई नेपाली जनताले भावपर्ूण्ा श्रद्धान्जली र फूल चढाएको पाइएको थियो ।क्रमश ……..


