कीर्तिपुरको इतिहासमा यस्तो शवयात्रा भएको थिएन
प्रेमकुमार मालाकार
मेरो श्रीमानको मृत शरीरलाई प्रहरीको नजरवाट वचाई त्यस रात त्यसै घरमा राखियो । हतप्रद भएका हामीहरु न रुन सकिरहेका छौ, न वोल्न सकि रहेका छौ । जिउँदा मानिसहरुको रगत तताई रहेको मेरो पतिको लाशले कीर्तिपुरमा उग्रता ल्याई दिएको छ र देश भरीका व्रि्रोहमा लागेका सवै जनतालाई जोशमा रौनकता थपिदिएको छ । पञ्चायती सरकार “व्रि्रोही जनतालाई उग्रवादी, व्यवस्था विरोधी” करार दिइरहेका छन् भने व्रि्रोही जनसमुह शहिदको संज्ञा दिदै हाम्रो परिवारलाई ढाढस दिदै भन्दै थिए “कीर्तिपुरको पहिलो शहिद हाम्रो राजवीर भएको छ । इतिहासमा कीर्तिपुरको नाम पनि अंकित हुने भएको छ ।”
हामीलाई रात रुदैमा वितेछ । समाचारपत्रहरुमा कर्ीर्तिपुरमा चार जवान मृत्यु भएको खवरले भरिएको छ र विसौको घाइते भएको भनिएको छ । देश उत्सुकताले चियाउँदै थियो । उज्यालो ताप संगै मानिसहरुको आवतजावत वढदैछ । प्रहरी हिरासतमा मृत्यु भएकाहरुको खोजी कार्य बढ्दै छ । कीर्तिपुरका वासिन्दाहरुले मेरो पतिको दाहसंस्कार र्सार्वजनिक शहिदको रुपमा मनाउने तयारी गर्दैछन् । मानिसको भिड एकत्रित हुदै जाँदा विशाल जनसमूह लावालस्करमा परिणत भएको छ । विशाल जनसमूहले उसलाई शहिद घोषणा गर्यो “नेपालको प्रजातन्त्र आन्दोलनमा कीर्तिपुरको तर्फाट पहिलो शहिद वन्न पुगेका हाम्रा राजवीरलाई हामी विधिवत शहिद घोषणा गर्दछौ ।” तालीको गुन्जनले कीर्तिपुर डाँडालाई कम्पायमान वनायो । विभिन्न व्यक्तिहरुले भाषण गरे । प्रजातन्त्रको लामा लामा गुणगान गरे, पञ्चायतको ३० वर्षो कर्तुतहरु वखान गरे, उसको योगदान र उसले प्रजातन्त्रमा पुर्याएको महत्वपर्ूण्ा भूमिकाका विषयमा लामा लामा विवेचनाहरु भए, भविष्यमा यस्तो हुन,े यस्तो गर्ने विषयहरुमा चर्चा परिचर्चाहरु भए र यी सवै कुराहरुवाट सान्त्वना प्राप्त गर्दै मनलाई ढाढस दिनु वाहेक अन्य विकल्प पनि थिएन र मानिसहरु पनि मलाई सान्त्वना दिन र ढाढस दिलाउन आइरहन्थे । म, मेरो गर्भमा रहेको सन्तानको विषयमा सोच्दै अत्तालिन्थे । म, मेरो लामो जीवनको वाटोमा एक्लै हिडनु पर्नेमा कहाली लाग्थ्यो । यो मेरो गर्भमा रहेको सन्तानको भविष्य वारे चिन्तित हुन पुग्थे । घरको कहालीलाग्दो गरिवी, यो गरिवीमा दोहर्याउनु पर्ने दुइ जिन्दगी र उराठ लाग्दो लामो जिन्दगीको सफर, यी र यस्ता विचारले घरी घरी मलाई वेहोशी वनाउथ्यो ।हिन्दू परंम्पराले सिँगारिएकोे तथा फूलै फूलले ढाकिएको, अविर, सिंदुर, धूपले सजाइएको लासलाई वोक्दै, धिमे वाजा, पुँगो वाजा अर्थात कीर्तिपुरमा वजाइने सवै किसिमका वाजाका धुनमा प्रत्येक सडक गल्ली र उपस्थित सवै जनसमूह सलह वगे जस्तै कीर्तिपुर भरी वग्दै थियो युवतीहरुले वाटोमा अविर र्छर्दै, ताया र अक्षता र्छर्दै एउटा उत्सव जस्तै मनाउदै । कीर्तिपुर, नगाउँ, पाँगा, भाजंगल, सल्यानथान, नैकाप, भत्केपाटी तथा वरपरका सवै बुढाबुढीहरु, युवायुवतीहरु, साना केटाकेटीहरु सवै आआफ्नो घर गल्लीमा उपस्थिति जनाइ रहेका थिए, श्रद्धान्जली दिदै थिए । आँखावाट आँसु वगाउँदै वियोगका शब्दहरु अलाप्दै थिए । उक्त गोली लागेको घरवाट सिधा उसलाई हाम्रो घरमा ल्याइया,े त्यसपछि दिनभर वाजाको धुन संगै पूरा कीर्तिपुर परिक्रमा गराउँदै सांझसम्ममा दाहसंस्कारको लागि वल्खु खोलाको किनारमा अवस्थित दिखुइको मसानघाटमा तयार पारिएको चितामा पुर्याइएको छ । “आज सम्मको कीर्तिपुरको इतिहासमा यस्तो शवयात्रा भएको थिएन” देख्ने बुढाबुढी भन्दै थिए । यहाँका युवायुवतीहरुमा यस्तो अपार एकता, जोस र जाँगर कहिल्यै देख्नमा आएको थिएन । यो सवै कार्य स्वत स्फुर्त र एउटा शहिदले पाउने मान्यतामा आधारित एकतावद्ध शवयात्रा थियो । यो एउटा पारिवारिक र सम्वन्धित गुठीको दायित्वमा सीमित नरही यो क्षेत्र वा यो देशको नै दायित्व वोध गराउने शवयात्रा हुनपुग्यो । दाहसंस्कारको काम पुरा नभए सम्म सारा जनसमूह यही नै बसी अन्तिम श्रद्धान्जली अर्पण गर्दै रहे । खिन्न मन, वोझिलो शरीर, उदास अनुहार, कताकता हराएको सोच्ने दिमाग लिएर टोलाई रहेका यहाँका जनता । आगोको लप्कामा यो नश्वर शरीर केही घण्टामा विलिन भयो, म र मेरो सन्तानलाई यही धरतीमा छोडेर, उ सदाको लागि एउटा याद मात्र वाँकी राखी ।
अन्य मृत्यु हुनेहरुको लास एक दिन पछाडि प्रहरीले सम्वन्धित परिवारलाई सुम्पदै गएको छ र उनीहरुको पनि ससम्मान कीर्तिपुर परिक्रमा गराउदै एक पछि अर्को, अर्को पछि अर्को गर्दै दाहसंस्कार गर्दै गए यहाँका जनताले र यी चारै जनालाई कीर्तिपुर क्षेत्रको शहिद घोषणा गरियो र उनीहरुको शालिक निर्माण गरिने पनि भयो । नेपालमा प्रजातन्त्र पुन वहालीको लागि कीर्तिपुर क्षेत्रको मजवुत सहयोग थियो यो । यो नै पहिलो क्षेत्र भयो जसको लागि हवाई वल पनि प्रयोग भएको थियो । यसै क्रमसंग देशभर शहिदको संख्या दिन दिनै बढदै जादैछ र देशका कुना कुनावाट पनि विरोधका स्वरहरु बढदैछ । कफर््यू दैनिक लाग्दैछ ।
२०४६ साल चैत्र २४ गते काठमाण्डौका उर्लिएको विशाल जुलुस, २५ गतेको आम हत्या पछि, २६ गते जनताले चाहेको वहुदलीय प्रजातन्त्रको घोषणा र पञ्चायती श्ाासन व्यवस्थाको अन्त राजा वीरेन्द्रको शाही घोषणाले सफल भयो र मेरो श्रीमानको रगतले पनि मोल पाएको मेले यसै रात महशुस गरे र आफुले आफैलाई ढाढस दिदै उसैलाई सम्झदै निदाउने अथक प्रयास गर्दै ।एक वर्षपनि पूरा राम्रो संग अंगालोमा वेरिएर नसुत्दैमा एक्लिएको यो यौवनमा सेतो सारी, सेतै व्लाउजमा लुकाईएको यो जीवन, खाटमा सुत्न आईपुगे पछि उकुसमुकुसिन थाल्दछ, आँखाको आँसुवाट भिजेको तकियामा गाला रगड्दै निदाइए छ, यो रातको जीवन ।क्रमश ……..


