सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

August 26, 2006

कतारमा साहित्यकारहरुको बाढी

Filed under: विविध


कतार प्रवेश गरेको लगभग तिन वर्षपश्चात हिजो पहिलो पटक एक साहित्यिक कार्यक्रमको दर्शन गर्ने अवसर मिल्यो नेपाल कतार पत्रकार संघको सहयोगमा । एक अनलाइन मित्र कुमार कार्किको निम्तोलाई स्विकार्दै कतारको गर्मिलाइ वास्ता नगरी दिनको बाह्रबजे कार्यक्रमस्थलमा पुग्दा भने म छक्क परेको थिएँ । छक्क पर्नुको कारण अरु केहि थिएन मात्र त्याहा उपस्थीत भएको मान्छेको भिडलाई देखेर हो । काठमाण्डौमा रहँदा धेरै साहित्यिक कार्यक्रममा मान्छे जम्मा नभएर टेवल कुर्सि मात्र कविता सुनेको धेरै पटक देखेको थिँए । प्रज्ञा प्रतिष्ठनामा भएका धेरै साहित्यिक कार्यक्रमहरुमा सँधेजसो खाली कुर्सिहरु देखेको थिँए तर कतारमा जम्मा भएको यो भिडलाई देखदा सबै लेखक तथा साहित्यकारहरु कतारमा श्रम बेच्न आएका हुन कि जस्तो पनि लाग्यो । सर्न्दर्भ थियो १४१ औं मोति जयन्तीको र साहित्यिक वाचन कार्यक्रमको आयोजना गरेको थियो नेपाल कतार पत्रकार संघले । कार्यक्रमका मुख्य अतिथी कतारका लागी कार्यवाहक राजदुत राजेन्द्र पाण्डे हुनुहुन्थ्यो भने कार्यक्रमा सभापति नेपाल कतार पत्रकार संघका सभापति रवि भट्ट हुनुहुन्थ्यो । कार्यक्रमको लागी प्राप्त तीनसय बिस भन्दा बढी रचनाहरु मध्ये एकसय छ रचनालाई छानीएपनि सबै रचनाहरु वाचन गर्न भने समयको पाबन्दीले र कतारको गर्मीको कारणले सम्भव भएन । उक्त अबसरमा वाचन गरीएका केहि कविता तथा गजललाई मैले क्यामरामा कैद गरेर ल्याएको हुदा क्रमश उक्त भिडीयोहरुलाइ यहाँ राख्दै जाने छु । अहिले चाँही उक्त कार्यक्रमा खिचेका केहि फोटोहरु यहाँ प्रस्तुत गरेको छु ।

यो चाँही आफ्नै तस्वीर हो वाँकी तस्वीरहरु भित्र छन

कतारका लागी कार्यवाहक राजदुत राजेन्द्र पाण्डे आफ्नो कविता वाचन गर्दै

नाम त टिप्न बिर्सिएछु तर उहाँको टाउकोको ढाकाको टोपीले कतारमा पनि नेपालको प्रतिनिधित्व भने गरेको छ ।

सायद उहाँ एन. आर. एन. आइ सी सी का अध्यक्ष कमल मणी गुरागाँइ हुनुहुन्छ गल्ती भए माफी

7 Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/08/26/148/trackback/

  1. everything is good.

    Comment by rackey — August 26, 2006 @ 4:54 pm

  2. धन्यबाद चहल जी । हाम्रा प्रस्तुतीहरुलाई तपाईले दिनुभएको स्थान प्रति हामी आभारी छौ । तपाईको साहित्य प्रतिको लगाब सधै उच्च रहोस् । सदा सफलता मिलोस् यहि कामना गर्दछ′’ ।

    Comment by rabi bhatta — August 27, 2006 @ 12:06 pm

  3. chahal g .namaskaar.ma arpan tamanag 25agust ko kabita tapaiko blog maa rakhidinuhunchhaki bhanne aasaale yo roman mail gardai chhu mero kabita ayojak kamiti athawa nettra khanal g sanga hola yadi sambhab bhayema rakhidinu hunchha bhanne jhino aasa gareko chhu mero kabitako sirsak prabasiko samuhik chitthi chha hasta ahilelai bida tapaiko srotaa arpan tamang yedi paunu bhayena bhane kabita yesai coment mrfat tapai lai pathhaune chhu thaks

    अर्पण तमाङ जी, तपाँइको कविता मैलेपनि सुनेको थिँए तर उक्त कविता मैले प्राप्त गर्न अलि अप्ठेरो छ तर्सथ तपाँइलेनै यही कमेन्ट बक्स अथवा इमेल गरेर पठाए म यहा प्रकाशन गर्ने थिँए । पठाँउदा नेपाली फण्ट कान्तीपुर अथवा प्रीती मा पठाउनु होला ।
    चहल सयपत्री

    Comment by अर्पण तमाङ — August 27, 2006 @ 12:49 pm

  4. chahal je jadau. ur contribution for Nepali literature is praiseworthy. as it is first attempt to picturize Nepali literature through blog, i would prefer renaming ur contribution “praiseworthy” to “outstanding”. Chahal je keep in touch.

    Comment by DeepaK Paudel — August 27, 2006 @ 2:16 pm

  5. चहल सर धन्यवाद तपाईको सहयोगको लागी आशा राखौ यस्तै सहयोग पुन पनि मिल्ने नै छ । समाचार मुलक त ब्लग त हैन तर पनि समाचारमा अलिकति ध्यान दिनु प-यो किन की समाचार अपुर्णाता छ । मलाई पनि मेरा केही गजल हरु तपाईको ब्लगमा साख्न मन छ के छ प्रवधान सर । सहयोगको आशा सहित ।गाउले गोठ खोटाङ्ग

    रमेश जी धन्यवाद प्रतिकृयाको लागी ,
    तपाँइको रचना प्रकाशन गर्नको लागी मलाइ नेपाली फण्टमा टाइप गरेर इमेल मार्फत प्रेषण गर्नुहोला अबश्य प्रकाशन हुने छ । चहल सयपत्री

    Comment by Rai Ramesh "gaunle" — August 27, 2006 @ 5:20 pm

  6. सर्ब प्रथम चहल सयपत्री ज्यु लाइ हार्दिक नमस्कार ,
    अनि अन्य साहित्यनुरागी हरुलाइ बधाई तथा धन्यवाद दिन चाहन्छु । आफ्नो जन्म भुमि बाट सात समुन्द्र पारि प्रबासमा रहेर पनि नेपाली साहित्यको संरक्षण,सम्बर्दन र जगेर्णा गरेको सुखद समाचार सुन्न र पढ्न पाउंद खुशीले गद गद भएको छु । र आगामि दिन हरुमा पनि यस्ता साहित्यिक कार्यक्रमले निरन्तरता पाइयोस भन्ने शुभकामना ब्यक्त गर्न चाहान्छु ।

    देव गुरुङ

    हङकङ

    Comment by Dev Gurung — August 28, 2006 @ 6:29 am

  7. Chahal G Namaskar
    Ma “ikhalu” Ramesh. 25 aug ko karyakram ma tapain marphat yas blog ko janakari paya paschat ma regular viewer bhayako chhu. tapainle rakhnu bhyaka sabei samagri haru man bisaune chautari bhayako chha. asa ani kamana gardachhu yasle nirantarta pairahos . agami dinma ma sanga bhayaka kavita haru pani yas blog ma bichchhyaune anumati magdai ajalai bida magdachhu. Thanks and so sorry for this roman.

    Comment by "Ikhalu"Ramesh — September 8, 2006 @ 5:50 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here