सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

August 27, 2006

श्रीमतीले यौटा छोरो पा’की भए हुन्थ्यो

१४१ औं मोति जयन्ती को उपलक्ष्यमा सम्पन्न भएको साहित्यवाचन कार्यक्रममा खिचेका केहि भिडियोहरुलाई सयपत्रीमा प्रकाशन गर्छु भनी गरेको वाचालाई पुरा गर्न आजदेखी भिडीयो हरुलाई यहा राख्न थालेको छु । पहिलो भिडीयोको रुपमा एउटा गजल वाचनलाई लिएको छु तर दुखको कुरा एस कार्यक्रममा देखेका सबै अनुहारहरु मेरालागी नयाँ भएको हुँदा भिडीयो खिच्ने सुरमा नाम टिप्नै बिर्सिएछु तर्सथ यो भिडीयो हेरेर कवि स्वंय अथवा नेपालकतार पत्रकार संघका महानुभावहरुले प्रस्तुत गजलकारको नाम यही रहेको कमेन्टमा लेखिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
भिडियो प्ले गर्न तल प्ले लेखीएको वटममा थिच्नु होला


यदी तपाँइको इन्टरनेट स्पीड स्लो छ भने एकपटक पुस वटम मा थिचेर पुरा लोड भैसकेपछी मात्र प्ले गर्नुहोला । यदी यो भिडियो प्ले गर्न सक्नु भएन भने पढ्नको लागी भित्र आउनु होला ।

श्रीमतीले यौटा छोरो पाकी भए हुन्थ्यो
सुत्केरीमा जिउ छिन्छ घीउ खाकी भए हुन्थ्यो

मोइमाग्न जाँदा पनि रित्तै र्फकनु पर्छ
यतीबेला जर्सी गाई ब्याकी भए हुन्थ्यो

अज दिनभर घरमा एक्लै मात्र थिँए
यस्तोवेला कान्छी साली आकी भए हुन्थ्यो

विहे गर्नलाई पनि धेरै खर्च लाग्छ
हेर छोरी बरु पोइला गाकी भए हुन्थ्यो

नयाँ छोरा बुहारी किन भित्रैमात्र बस्छन
यसो बुढी लम्केर च्याकी भए हुन्थ्यो

यसपालीनी दशैंमा खसी काट्न पाइएन
वोकै वोका पाउने बाख्री ल्याकी भए हून्थ्यो

1 Comment »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/08/27/video-blog/trackback/

  1. chahal g namaskar ma tapaiko srota arpan tamang mero kabita tapaiko blog ma rakhi dinu hunchha ki bhanne asa gareko chhu yedi khicheko chha bhane tara kabita alikati biddrohi khalko chha hajur lai afthero bhayema chyama chahanchhu bye arpan kabita ayojak kamiti sangai hola please

    Comment by arpan tamang — August 28, 2006 @ 8:27 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here